काठमाडौँ, १५ असार । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरूले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ। शुक्रबार न्यायाधीश डा. कुमार चुँडालको इजलासले यस्तो आदेश जारी गरेको हो ।
सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका मीनबहादुर गुरूङ, सुधिर शाह र धर्मप्रसाद गौतमले हदम्याद कटिसकेको मुद्दामा पक्राउ गर्नु अबैध रहेको भन्दै हिरासतबाट मुक्त गर्न मागसहित मुद्दा दायर गरेका थिए ।
सोही मुद्दाको सुनुवाइ गर्दै सर्वोच्चले गृह मन्त्रालयको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।