Samajik Feed – News Portal from Nepal

आज यी वर्ष प्रदेशहरुमा भारी वर्षाको सम्भावना

सामाजिक फीड-जनकपुरधाम, साउन ८ गते । मनसुनी वायुको प्रभावले आजदेखि देशका विभिन्न भूभागहरूमा भारी वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार आज मनसुनी वायुको प्रभावका कारण चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहँदा राति गण्डकी र […]

नेपाल भारतसीमा दशगजामा गोली दागेर एक महिलाको हत्या

सामाजिक फीड-जनकपुरधाम, साउन ७ गते । धनुषा नजिक नेपाल भारत सीमा क्षेत्रमा गोली दागेर एक महिलाको हत्या भएको छ । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका २ बेल्ही स्थित दशगजा पारी एक ३५ वर्षीया महिलाको गोली दागेर हत्या भएको हो । घटना राति ८ः२० को हो । मोटरसाइकलमा सवार भएर दुईजनाको समूहमा आएका अज्ञात व्यक्तिले दुई राउन्ड […]

सचिव राउतलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडाैँ, ४ असार । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई रिहा गर्न आदेश दिएको छ। अदालतले उनलाई थुनामा राख्नुपर्नेसम्मको प्रकृति नदेखिएको हुनाले तारेखमा राखेर थप अनुसन्धान गर्न र अनुसन्धान कार्य नसकिएसम्म देशबाहिर जान नपाउने भनेर परमादेश जारी गरेको हो । यसअघि भौतिक योजना मन्त्रालयको शाखा […]

सय किलो सुन बरामद प्रकरणमा ६ जना पक्राउ

रासस-काठमाडौं, साउन ४ गते । राजस्व अनुसन्धान विभागले झण्डै सय किलो सुन बरामद प्रकरणमा हालसम्म ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक जना एजेन्टसमेत छन् । विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ। पक्राउ परेकाको पहिचान खुलाइएको छैन। बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको […]

मधेश प्रदेशका तीनसहित २१ जिल्लामा ट्राफिक नियमको अभिलेख प्रणाली सुरु

रासस-काठमाडौं, साउन २ गते । प्रहरीले ट्राफिक नियम उल्लङ्घन गरे नगरेको बारे जानकारी राख्ने तथा जरिवानासमेत बैङ्किङ प्रणालीमा जोड्ने प्रणाली जिल्लामा समेत विस्तार गरेको छ । आजदेखि सात प्रदेशका २१ जिल्लामा उक्त प्रणाली लागू भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । उक्त प्रणालीलाई ‘ट्राफिक भ्यालुलेसन रेकर्ड सिस्टम सफ्टवयेर’ भनिएको छ । नयाँ आर्थिक वर्ष […]

कस्तो रहला आजको मौसम ?

सामाजिक फीड-जनकपुरधाम, साउन २ गते । मौसम पूर्वानुमान महाशखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । गण्डकी र बागमती प्रदेशका धेरै तथा बाँकी प्रदेशहरुका थोरै भू–भागहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा गण्डकी, लुम्बिनी, बागमती र […]

भारत सरकारद्वारा ३४ एम्बुलेन्स र ५० स्कूल बस उपहारस्वरूप प्रदान

काठमाडाैँ, ३१ असार । भारत सरकारले नेपालका विभिन्न संघसंस्थालाई ३४ वटा एम्बुलेन्स र ५० वटा स्कूल बस उपहारस्वरूप प्रदान गरेको छ । आइतबार भारतीय राजदूतावासमा भएको समारोहमा नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने संघसंस्थालाई एम्बुलेन्स र बस प्रदान गरिएको हो । नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार […]

आजदेखि जयनगर-भंगहा रेल सेवा सुरु

सामाजिक फीड-जनकपकुरधाम, असार ३१ गते । आजदेखि महोत्तरीको भंगहादेखि जयनगरसम्म रेल सेवा विस्तार भएको छ । आज दिउँसो भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भंगहा जयनगर रेल सेवाको उद्घाटन गरेका हुन् । मन्त्री ज्वालाले हरियो झण्डा हल्लाएपछि रेल जयनगरका लागि गुडेको हो । नेपालको एक मात्र जनकपुर–जयनगर ब्रोडगेज रेल थप १७ किलोमिटर सेवा विस्तार गरेको […]

जनकपुर-जयनगर रेल आजदेखि भंगहासम्म चल्ने

सामाजिक फीड-जनकपुरधाम, असार ३१ गते । नेपालको एक मात्र जनकपुर–जयनगर ब्रोडगेज रेल सेवा आजदेखि महोत्तरीको भंगहासम्म चल्ने भएको छ ।जनकपुरधामको कुर्थादेखिदेखि महोत्तरीको भंगहासम्म थप १७ किलोमिटर दुरीमा संचालन हुन लागेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए । थप १७ किलोमिटर रेल सेवाको उद्घाटन गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला आज महोत्तरी आउन लागेका […]

कोशी ब्यारेज पुलमा बस र ट्रक ठोक्कियो, ट्रक नदिमा खस्यो

सामाजिक फीड– जनकपुरधाम, असार २९ गते सप्तकोशीको नदीको कोशी ब्यारेज पुलबाट ट्रक नदीमा खसेको  छ। सुनसरी र सप्तरीको सिमानामा पर्ने कोसी ब्यारेजको पुलमा बिहान बससँग  ठोक्किएर ट्रक नदीमा खसेको प्रहरीले जनाएको छ । नदीमा खसेको ट्रक बेपत्ता छ । प्रहरीले ट्रकमा सवार तीन जनालाई भने सकुशल उद्धार गरेको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे […]