नेपालमा टिकटकमा कडाइ गर्दै सरकार

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १९ गते । सरकारले सामाजिक संजाल टिकटकलाई नेपालमा कडाई गरिने भएको छ । पछिल्लो समय टिकटकमा प्रयोगकर्ताले नराम्रो तथा समाजमा अपच हुने, चरित्रहत्या गर्नेखालको सामग्री हाल्न थालेपछि त्यसलाई नेपाल सरकारले लगाम लगाउने प्रयास थालेको हो । यस विषयमा सरकारले टिकटकका अन्तर्राष्ट्रिय प्रतिनिधिहरुसँग छलफल गर्दै टिकटकमा प्रकाशन तथा प्रसारण हुने गैरकानूनी सामग्री स्वतः […]
इजरायलमा मारिएका आनन्दको शव नेपाली सेनाले घर ल्याइदियो

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १८ गते । इजरायलमा मारिएका धनुषा लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीका आनन्द साहको शव शनिबार घर ल्याइएको छ । नेपाली सेनाको विशेष विमानबाट उनको शव शनिबार अपराह्न ४ बजेर ३० मा जनकपुरधाम विमानस्थलमा ल्याइएको थियो । त्यहीँबाटनेपाली सेनाकै टोलीले स्कर्टिङ गरेर आनन्दको शवलाई उनको घर सपही लगेको हो । शव सपही पुग्दा गाउँ भावविह्वल […]
भूकम्पमा परी नलगाडकी उपमेयर सरिता सिंहको निधन

जाजरकोट, १८ कार्तिक । भूकम्पमा परी जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको निधन भएको छ । सदरमुकाम खलंगामा सिंह बसेको घर भत्किँदा उनको निधन भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तोष रोकाले जानकारी दिएका छन् । भूकम्पमा परी गम्भीर घाइते भएकी उनलाई उद्धार गरेर अस्पताल पठाउँदै गर्दा बाटोमा मृत्यु भएको थियो । सिंह गत स्थानीय निर्वाचनमा […]
भूकम्पमा परि जाजरकोट र रुकुममा ३६ जनाको मृत्यु, ४० बढी घाइते

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १८ गते । गए राति गएको भूकम्पमा परि जाजरकोट र रुकुममा ३६ जनाको मृत्यु भएको छ । ४० जना भन्दा बढी घाइते भएका छन् ।अहिलेसम्मको अद्यावधिक सूचना संकलन गर्दा ३६ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले जानकारी दिए । घाइते भएकाहरूलाई उपचारको लागि जिल्ला अस्पतालमा पु¥याइएको छ । […]
राष्ट्रपति पाैडेल फ्रान्स, जर्मनी र इटालीको भ्रमणमा जाँदै

काठमाडाैँ, १७ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेल फ्रान्स, जर्मनी र इटालीको भ्रमणमा जाने भएका छन् । राष्ट्रपति पौडेल फ्रान्सको पेरिसमा हुने ‘पेरिस पीस फोरम’ मा भाग लिन यही कात्तिक २२ गते त्यसतर्फ प्रस्थान गर्ने सरकारले जनाएको हो । त्यस पश्चात् पौडेलको जर्मनी र इटालीको भ्रमण जाने कार्यक्रम स्वीकृत भएको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता […]
पूर्व प्रेमिका राधाको योजनामा प्रिन्सीपल स्वर्णकारको हत्या भएको खुलासा

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १५ गते । पूर्व प्रेमिकाको योजनामा बाराको कलैया नगरपालिका ६ स्थित बाल एकता बोर्डिंग स्कुलका प्रिन्सीपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्या भएको खुलेको छ । उनको हत्या आरोपमा पूर्व प्रेमिका २२ वर्षीया राधा गुप्तासहित ५ जनालाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । विवाहेत्तर प्रेम सम्बन्धका कारण स्वर्णकारको हत्या भएको निष्कर्ष […]
यूएनका महासचिव गुटेरेस नेपालको भ्रमण पूरा गरी फर्किए

काठमाडौँ, १५ कार्तिक । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने भ्रमण पूरा गरी फर्किएका छन् । बुधबार उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महासचिव गुटेरेसको बिदाइ गरेका छन् । यस अवसरमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयका प्रतिनिधिलगायत उपस्थित थिए । महासचिव गुटेरेसको बिदाइमा नेपाली सेनाले सम्मान गारत पनि अर्पण […]
डिजेल र मट्टी तेलको भाउ घट्यो

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १४ गते । डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर ४ रुपैयाँले घटेको छ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर आएको नयाँ मूल्यपछि डिजेलको मूल्य घटाएको हो । निगममा प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार राति १ बजेदेखि नयाँ मूल्य लागु हुने छ । निगम व्यवस्थापन समितिको निर्णयअनुसार स्वचालित मूल्य समायोजन कार्यविधिलाई […]
गुटेरेसले भने– ‘विश्वमा शान्ति स्थापनाका लागि नेपालको भूमिका महत्वपूर्ण’

काठमाडाैँ, १४ कार्तिक । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वमा शान्ति स्थापनाका लागि नेपालको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । चारदिने नेपाल भ्रमणमा रहेका महासचिव गुटेरेसले मंगलबार संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा सैनिक र प्रहरी खटाएर नेपालले पनि विश्वमा शान्ति स्थापनाका लागि महत्त्वपूर्ण योगदान गरेको बताएका हुन् । उनले शान्ति […]
बाराका प्रिन्सीपल हत्या प्रकरणमा पूर्व शिक्षिकासहित ६ जना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १४ गते । बाराको कलैयास्थित बाल एकता इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश स्वर्णकारको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले तीनजना भारतीयसहित ६ जनालाई पक्राउ गरेको छ । ६ हत्यामा संलग्न हुन सक्ने आशंकामा अनुसन्धानका लागि ६ जनालाई पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता डिएसपी दधीराम न्यौपानेले जानकारी दिए । पक्राउ पर्ने एकजना महिला उनकै […]