Samajik Feed – News Portal from Nepal

काठमाडाैँ, १४ कार्तिक । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वमा शान्ति स्थापनाका लागि नेपालको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

चारदिने नेपाल भ्रमणमा रहेका महासचिव गुटेरेसले मंगलबार संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा सैनिक र प्रहरी खटाएर नेपालले पनि विश्वमा शान्ति स्थापनाका लागि महत्त्वपूर्ण योगदान गरेको बताएका हुन् । उनले शान्ति स्थापनाका लागि खटिँदा ज्यान गुमाएका नेपाली सैनिक र प्रहरीको सम्मानमा संसदमै एक मिनेट मौन धारणसमेत गरेका छन् ।

उनले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउन पनि नेपालले प्रयास गरिरहेको बताए । बैठकमा गुटेरेसले इसरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपाली विद्यार्थीको परिवारप्रति समवेदना प्रकट गरेका छन् । उनले नेपाल शान्तिको देश समेत भएको बताएका छन् । सम्बोधनको क्रममा उनले नेपालमा आफ्नो दोस्रो भ्रमण भएको बताएका छन् । यसअघि सन् १९७८ मा नेपाल आएको पनि उनले जानकारी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *