Samajik Feed – News Portal from Nepal

१५ दिने मिथिला मध्यमा परिक्रमा सम्पन्न, मिथिलाञ्चलमा भोलि होली

सामाजिक फीडजनकपुरधाम, चैत १ गते । मिथिला माध्यमिकी परिक्रमा आज समापन भएको छ । आज बिहानैदेखि जनकपुरधामको अन्तरगृह परिक्रमा गरी १५ दिने पद यात्रा मिथिला मध्यमा परिक्रमा आज सम्पन्न भएको हो । मध्यमा तथा अन्तगृहम परिक्रममा यसवर्ष पनि लाखौ श्रद्धालुह सहभागि भएका थिए । अन्तरगृहम परिक्रममा तिर्थालु तथा श्रद्धालुको झनै भीड देखिएको थियो । विभिन्न […]

मलंगवाको १९ अस्पतालको अनुगमन गर्दा १५ वटा अवैध, बन्द गर्न निर्देशन

सामाजिक फीड-जनकपुरधाम, फागुन १९ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले सर्लाही सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालसहित १९ वटा निजी अस्पताल तथा पोलिक्लिनिकको अनुगमन गरेका छन्। अनुगमनका क्रममा १५ वटा स्वास्थ्य संस्था अवैध रूपमा सञ्चालनमा रहेको पाइएपछि मुख्यमन्त्री सिँहले तिनलाई तत्काल बन्द गर्न निर्देशन दिएका छन्। मुख्यमन्त्री सिँहले सेवा सञ्चालन अनुमति लिएका तीन निजी अस्पताल तथा […]

मधेशको महाकुम्भः मिथिला माध्यमिकी परिक्रमा आज जनकपुरधाम फर्किंदै, भोलि अन्तरगृह

सामाजिक फीड-जनकपुरधाम, फागुन २९ गते । पन्ध्रदिने मिथिला माध्यमिकी परिक्रमा आज जनकपुरधाम फर्किंदै छ। १४ औं दिन भारतको विसौलमा विश्राम गरेका तीर्थयात्रीहरू आज १५ औं दिन जनकपुरधाम आइपुगेका छन्। परिक्रमा यात्रीहरू आज जनकपुरधामको ऐतिहासिक बाह्रविघा रंगभूमि मैदान, तिरहुतिया गाछी तथा अन्य स्थानहरूमा बास बस्नेछन्। फागु औँसीको दिन, अर्थात् गत फागुन १५ गते, धनुषाको मिथिला नगरपालिका–८, […]

वीरगञ्जको मुख्य सडक विस्तारविरुद्धको रिट सर्वोच्चद्वारा खारेज

सामाजिक फीड-वीरगञ्ज, फागुन २८ गते । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तारविरुद्ध दायर रिट सर्वोच्च अदालतले खारेज गरेपछि सडक विस्तारका लागि बाटो खुलेको छ। वीरगञ्जका पाँच जना घरधनीले सडकको दायाँबायाँ २५–२५ मिटर नबिस्तार गर्नुपर्ने भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। २०७६ सालमा लक्ष्मण साह रौनियारसहितका निवेदकहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर सडक विस्तार रोक्न […]

सर्लाहीमा नक्कली नेपाली नोटसहित पाँच जना प्रहरीको फन्दामा

सामाजिक फीड-जनकपुरधाम, फागुन २८ गते । सर्लाहीबाट नक्कली नेपाली नोटसहित पाँच जना पक्राउ परेका छन् । मलङ्गवा नगरपालिका–८, गोरखकाली नाकाबाट पक्राउ परेका उनीहरू नक्कली नोट बनाउन र फैलाउन संलग्न रहेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरका ४२ वर्षीय खुर्सैद भन्ने सुल्तान मंसुर, रौतहटको गढीमाई नगरपालिका–९, चिलमिलियाका ५६ वर्षीय रामनारायण सहनी, सर्लाहीको धनकौल […]

मालपोत कार्यालय महोत्तरीका कर्मचारीसहित दुईजना घुससहित पक्राउ

सामाजिक फीड-जनकपुरधाम, फागुन २७ गते गते । भूमिसुधार तथा मालपोत कार्यालय महोत्तरीका खरिदार मुन्नुकुमार दास र लेखापढी व्यवसायी जिवछ महतो ३५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासको टोलीले उनीहरूलाई कार्यालयबाटै रंगेहात पक्राउ गरेको हो । आयोगका अनुसार, पुख्र्यौली जग्गाको नक्सा सुधार र ट्रायल चेकमार्फत नयाँ कायम भएको जग्गाको पुर्जा बनाउन […]

मधेशका गृहमन्त्रीको पीएसओ यादवको मृत्यु

सामाजिक फीड– जनकपुरधाम, फागुन २७ गते मधेश सरकारका गृह, संचार र कानुन मन्त्री राजकुमार लेखीका सुरक्षा व्यवस्थामा कार्यरत प्रहरी सहायक निरीक्षक बिरेन्द्रकुमार यादवको मृत्यु भएको छ। आइतबार राति ११ बजेको समयमा अचानक पेट र छातीमा दुखाइ भएपछि यादवलाई स्थानीय अस्पतालमा पुर्‍याइएको थियो। त्यसपछि थप उपचारको लागि उनलाई नोवेल अस्पताल विराटनगर लैजानु परेको थियो, जहाँ उपचारको […]

नागरिक उन्मुक्ति पार्टीसहितका विचार मिल्नेसँग एकीकरण गर्न जनमतले बनायो कार्यदल

सामाजिक फीड-जनकपुरधाम, फागुन २६ गते । जनमत पार्टीले नागरिक उन्मुक्ति पार्टीसहितका विचार तथा सिद्धान्त मिल्ने पार्टीहरूसँग एकीकरण गर्न कार्यदल गठन गरेको छ । बर्दिबासमा दुईदिन चलेको जनमतको बैठकबाट अब्दुल खान, डा. शरदसिंह यादव र बालगोविन्द चौधरी सम्मिलित कार्यदल गठन गर्ने निर्णय गरिएको हो । बैठकले केन्द्रीय सदस्यहरू तथा पर्यवेक्षकहरूको कार्यप्रगति मूल्याङ्कन गरी आगामी दिनमा उनीहरूलाई […]

सिरियामा १४ वर्ष यताकै ठूलो हिंसामा एक हजारभन्दा बढीको मृत्यु

एजेन्सी-जनकपुरधाम, फागुन २६ गते । सिरियामा सरकारी सुरक्षा फौज र पूर्वराष्ट्रपति बसर अल असदका समर्थकबीच शुक्रबार र शनिबार भएको भिडन्तरमा एक हजारभन्दा बढीको मृत्यु भएको छ। यस हिंसामा ७४५ जना सर्वसाधारणका साथै पूर्वराष्ट्रपति असद समर्थक १४८ र सरकारी फौजका १२५ जनाले ज्यान गुमाएको बेलायतस्थित ‘सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स’ (एसओएचआर) ले जनाएको छ ।यो सिरियामा […]

मधेशको ५८ वटा निजी अवैध अस्पताल बन्द

सामाजिक फीड-जनकपुरधाम, माघ २५ गते । मधेश प्रदेश सरकारको निर्देशनमा अवैध ५८ जटा निजी अस्पताल बन्द भएको छ । मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पाँच जिल्लाका ९६ अस्पतालको अनुगमन गर्दा कानून विपरीत सञ्चालित ५८ अस्पताल बन्द भएको हो । मुख्यमन्त्री सिंहले धनुषा, महोत्तरी, सर्लाही, रौतहट तथा पर्सा जिल्लाका ९६ वटा निजी क्षेत्रबाट सञ्चालित अस्पतालको अनुगमन गरेका […]