आज रक्षाबन्धन !

सामाजिक फीड-जनकपुरधाम, भदौ १४ गते ।तराई मधेशसहित मिथिलाञ्चलमा आज रक्षाबन्धन पर्व मनाइँदै छ । आज श्रावणशुक्लपक्ष पूर्णिमा अर्थात् जनै पूर्णिमा ऋषितर्पणी पनि हो । आजको दिन तागाधारीले जनै लगाउने र रक्षासूत्र डोरो बाध्ने गरिन्छ । सरकारले यस अवसरमा देशभर आज सार्वजनिक बिदा दिएको हो । वेदमन्त्रद्वारा अभिमन्त्रित यज्ञोपवित जनैं र रक्षासूत्र आफूभन्दा ठूला व्यक्ति र […]
एमाले शीर्ष नेताहरु चढेको वुद्ध एयरको विमान जनकपुर आइपुगेर अवतरण गर्न नसकी काठमाडौं फिर्ता

सामाजिक फीड-जनकपुरधाम, भदौ १३ गते । नेकपा एमाले नेताहरु चढेको बुद्ध एयरको जहाज जनकपुर विमानस्थलमा अवतरण गर्न नसकेर पुनः काठमाडौं फर्किएको छ । सिरहामा हुने सचिवालय बैठकमा सहभागी हुन शीर्ष नेताहरु वुद्धएयरको विमानबाट जनकपुर अवरतण गर्न नसकेर पुनः काठमाडौं फर्किएको हो । विमानमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु सुवास नेम्वाङ, युवराज ज्ञवाली, विष्णु पौडेल, अष्टलक्ष्मी […]
जिपमाथि पहिरो खस्दा तीनजनाको मृत्यु, सात घाइते

सामाजिक फीड-जनकपुरधाम, भदौ १३ गते । यात्रु लिएर काठमाडौं आउँदै गरेको जिपमाथि पाल्पामा पहिरोमा खस्दा तीन जनाको मृत्यु भएको छ। अन्य सातजना घाइते भएका छन् । बुधबार बिहान गुल्मीबाट काठमाडौंको लागि छुटेको लु १ ज ४६०० नम्बरको स्कार्पिओ जिपमाथि पहिरो खसेको हो ।तीन जनाको घटनस्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। पाल्पाको रिब्दिकोट […]
बरिष्ठ पत्रकार नेपालीको अन्त्येष्टि

सामाजिक फीड-जनकपुरधाम, भदौ १२ गते । बरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्र सेनानी राजेश्वर नेपालीको अन्त्येष्टि गरिएको छ । पत्रकार नेपालीको जनकपुरधामको नगर परिक्रमा गराई आज दिउँसो हिन्दु संस्कार अनुसार अन्त्येष्टि गरिएको हो । उनलाई जनकपुरको बेला पुल नजिक रहेको आफ्नै जग्गामा अन्त्येष्टि गरिएको छ । दागवती उनका छोरा जनकपुरधाम उपमहानगरपालिका वडा नं. २३ का वडाध्यक्ष […]
सर्लाहीमा करेन्ट लागेर एकजनाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, भदौ १२ गते । सर्लाहीमा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा बर्दिया घर भएका २८ वर्षीय अशोक चौधरी छन् ।सर्लाहीको हरिवन नगरपालिका २ अत्रौलीमा भइहेको मोटरेवल पुल निर्माणमा खटिएका चौधरीको हाइटेन्सन लाइनको तार छुँदा करेन्ट लागेर उनको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार करेन्ट लागेर गम्भीर घाइते […]
रहेनन् बरिष्ठ पत्रकार राजेश्वर नेपाली, दुधमती नदीमा अन्त्येष्टि गरिने

सामाजिक फीड-जनकपुरधाम, भदौ १२ गते । बरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी राजेश्वर नेपालीको निधन भएको छ । नेपाली पत्रकारिता क्षेत्रको जिउँदो इतिहासको रुपमा चिनिने नेपालीको निधन सोमबार साँझ ८ बजेर ५ मिनेटमा निधन भएको हो । लामोसमयदेखि बिरामी भएर थला परेका नेपालीको ७८ वर्षको उमेरमा जनकपुरधाम २३ लादोबेला स्थित निवासमा निधन भएको उनका छोरा […]
कस्तो रहला आजको मौसम ?

सामाजिक फीड-जनकपुरधाम, भदौ ११ गते । हाल कोशी प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी र बागमती प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा र बाँकी […]
सिरहामा बाढीले बगाउँदा एकजनाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, भदौं ११ गते । सिरहामा सर्रे खोलाको बाढीले बगाउँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको लहान नगरपालिका २४ झुटकीका ३५ वर्षीय शिवनारायण यादव छन् । शनिबार बाढीले बगाएको उनको शव नहरा-भगवानपुर स्थित बलान खोलामा आइतबार फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।उनी शारीरिकरुपमा अशक्त (अपाङ्ग) रहेका थिए । Shailendra […]
मधेश प्रदेशसहित यी स्थानमा आज भारी वर्षको सम्भावना

सामाजिक फीड-जनकपुरधाम, भदौ ९ गते । हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। कोशी, मधेश, गण्डकी र बागमती प्रदेशका केहि स्थानहरुमा साथै बाँकी प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा सामान्य देखि पूर्ण बदली रहि बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली […]
आरती साह मृत्यु प्रकरणको उच्चस्तरीय छानबिन समितिद्वारा अनुसन्धान सुरु

रासस-जनकपुरधाम, भदौ ८ गते । धनुषाकी आरती साहको मृत्यु प्रकरणको अनुसन्धान गर्न नेपाल प्रहरीले गठन गरेको उच्चस्तरीय छानबिन समितिले छानबिन सुरू गरेको छ। नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक विकास खनालको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरी आरती मृत्यु प्रकरणका सम्बन्धमा सुक्ष्म अनुसन्धान थालिएको हो। समितिले घटनास्थल, मृतकका माइती तथा ससुराली पक्षका आफन्त, छिमेकी, आरेक […]