Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, भदौ १३ गते ।

यात्रु लिएर काठमाडौं आउँदै गरेको जिपमाथि पाल्पामा पहिरोमा खस्दा तीन जनाको मृत्यु भएको छ। अन्य सातजना घाइते भएका छन् ।

बुधबार बिहान गुल्मीबाट काठमाडौंको लागि छुटेको लु १ ज ४६०० नम्बरको स्कार्पिओ जिपमाथि पहिरो खसेको हो ।
तीन जनाको घटनस्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

पाल्पाको रिब्दिकोट गाउँपालिका( २ जोर्तेमा बिहान सवा ८ बजे जिपमाथि पहिरो खसेको हो। घटनामा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक डीएसपी वीरेन्द्र थापाले जानकारी दिए।

दुर्घटनामा ज्यान गुमाउनेमा जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरीका सहायक हवल्दार ३२ वर्षीय यमबहादुर बोहरा र गुल्मीको रेसुंगा नगरपालिका ७ की ५० वर्षीया मनकला सुदारा छन्।

अर्का एकजना मृतक पुरुषको सनाखत हुन बाँकी रहेको डीएसपी थापाले जानकारी दिए।

दुर्घटनापछि प्रहरीले घाइतेलाई उद्धार गरेर अस्पताल पुर्याएको थियो। घाइतेमध्ये एकजना बालक छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *