राष्ट्रियसभा उपाध्यक्ष घिमिरेले लिइन् शपथ

काठमाडौँ , चैत २८ गते । राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा राष्ट्रियसभाका नवनिर्वाचित उपाध्यक्ष विमला घिमिरेले पद तथा गोपनीयताको शपथ लिएकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित एक समारोहकाबीच राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष उपाध्यक्ष घिमिरेले पद तथा गोपनीयताको शपथ लिएकी हुन् । राष्ट्रियसभा नियमावली, २०७५ को नियम २१७ ‘क’को अनुसूची २ बमोजिम उपाध्यक्ष घिमिरेले […]
महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति अभियानको उद्देश्य बहुल राष्ट्रिय राज्य : पाण्डे (अन्तरबार्ता )

जनकपुरधाम, चैत २३ गते । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति अभियानले देशका विभिन्न सहरमा पछिल्लो समय सक्रियता बढाउँदै प्रदर्शन गरिरहेको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट अलगिएर अभियान हाँकिरहेका महतोले अहिले मधेशवादको मुद्दा मात्रै नभई नेवा मण्डल, लिम्बुवान, तम्वुवान, थारुवान लगायतका विभिन्न पहिचानका मुद्दाहरु उठाएका छन् ।मुक्ति, संघर्ष र क्रान्तिका कुरा गरिरहेका नेता […]
रौतहटबाट ७ लाख बढी मूल्यका भन्सार छलिका सामान बरामद

रौतहट, चैत २१ गते । रौतहट जिल्लाको परोहा नगरपलिका–९ खाँप ईलाकाबाट सशस्त्र प्रहरीले ७ लाख ५५ हजार ५ सय ७० रुपैयाँ बराबरको विभिन्न सामान बरामद गरेको छ । भारतबाट अबैध रुपमा भन्सार छली नेपालतर्फ ल्याई सीमा ईलाका नजिकै लुकाई छिपाई राखेको अवस्थामा बिभिन्न किसिमका लत्ताकपडा, औषधी, सुर्तिजन्य पदार्थ र चप्पलहरु सशस्त्र प्रहरी बल नेपाल नं। […]
सुनसरीमा बन्दुकधारीले गरे लाखौंको लुटपाट

मोरङ, २१ चैत । सुनसरीमा बन्दुक पड्काउँदै पाँच लाखभन्दा बढी रूपैयाँ लुटपाट भएको छ। बुधबार दिउँसो करिब सवा २ बजे हरिनगरा गाउपालिका र ईनरूवा नगरपालिकाको सीमामा पर्ने नहर क्षेत्रमा बन्दुक पड्काएर लुटपाट भएको विराटनगरस्थित कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक दीपक पोखरेलले बताए। उनका अनुसार हरिनगरा गाउँपालिका–२ का ३० वर्षीय आशिफ अन्सारीको साथमा […]
हुण्डी कारोबारी आरोपमा साढे १३ लाख रुपैयाँसहित बाराबाट दुईजना पक्राउ

सामाजिक फीडजनकपुरधाम, चैत २० गते । हुण्डी कारोबारमा संलग्न भएको आरोपमा बारा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका–१ बनकटवा बस्ने वर्ष ३४ का हरिकिशोर पटेल र बारा जिल्ला महागढीमाई नगरपालिका–१ बस्ने ४२ वर्षका रमेशप्रसाद कुसवाहा छन् । भारतबाट स्रोत नखुलेको रु १३ लाख ५० हजार नेपाली लिएर […]
डिएसपी ठगबहादुर भ्रष्टारचारी ठहर

सामाजिक फीड-जनकपुरधाम, चैत २० गते । विशेष अदालतले इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन डीएसपी ठगबहादुर केसीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीशहरू टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रितेन्द्र थापाको संयुक्त इजलासले मंगलबार फैसला सुनाउँदै दोषी ठहर गरेको हो । अदालतले केसीलाई २ वर्ष कैद र साढे ८ लाख रुपैयाँ बिगो तथा जरिवानाको […]
घुस लिने भूमिसुधार महोत्तरीका सुब्बा र लेखापढी व्यवसायी दोषी ठहर

सामाजिक फीड जनकपुरधाम, चैत २० गते । विशेष अदालतले भ्रष्टाचार मुद्दामा दुई जनालाई सजाय सुनाएको छ। भूमिसुधार कार्यालय महोत्तरीका नायव सुब्बा र लेखापढी व्यवसायीलाई घुस लिएको अभियोगमा दोषी ठहर गरेको हो। विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजालसले गत वैशाखमा दायर मुद्दामा फैसला गरेको हो। घुस लिइ भ्रष्टाचार गरेको […]
बाराबाट साढे ९ लाख भारतीय रुपैयाँ बरामद

जनकपुरधाम, भदौ २० गते । सशस्त्र प्रहरीले सोमबार दिउँसो बाराबाट साढे ९ लाख भारतिय रुपैयाँ बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ बारा गण मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्बाले रकमसहित बारा पचरौता नगरपालिका-३ बस्ने श्यामबाबु सहनी र भुलन पटेललाइ नियन्त्रणमा लिएको हो। मधेश प्रदेश ०३-०२५ प ३९३६ नम्बरको मोटरसाइकलमा नेपालबाट भारततर्फ जानलागेका […]
मधेशका प्रमुख सचिव घिमिरेको सरुवा

सामाजिक फीड-जनकपुरधाम, चैत १९ गते । मधेश प्रदेशका प्रमुख सचिव दिनेश कुमार घिमिरेको सरुवा भएको छ । उनको उनको उद्योग, वाणिज्य तथा आपूति मन्त्रालयमा (वाणिज्य) सचिवमा सरुवा भएको हो। सरकारले सोमबार एकै पटक गरेको ११ जना सचिवको सरुवामा मधेशका प्रमुख सचिव घिमिरे पनि परेका छन् । घिमिरेको सरुवासंगै मधेश प्रदेशमा प्रदेश सचिवको पद रिक्त भएको […]
रौतहटको वनमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

रौतहट, १९ चैत । रौतहटस्थित वन क्षेत्रभित्र भिषण आगलागी भएको छ। आगो नियन्त्रणको प्रयास जारी रहे पनि नियन्त्रण हुन नसकेको प्रहरीले जनाएको छ। डिवीजन वन कार्यालय रौतहटको क्षेत्रअन्तर्गत घाटगद्दी गरी राखिएको काठमा भिषण आगलागी भएको हो। आगलागीबाट लाखौंको काठ दाउरा जलेर नष्ट भएको छ। पूर्व-पश्चिम महेन्द्र राजमार्गको लमाहा क्षेत्र आसपास घाटगद्दी गरी राखिएको काठ दाउरामा […]