Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, चैत २० गते ।

हुण्डी कारोबारमा संलग्न भएको आरोपमा बारा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका–१ बनकटवा बस्ने वर्ष ३४ का हरिकिशोर पटेल र बारा जिल्ला महागढीमाई नगरपालिका–१ बस्ने ४२ वर्षका रमेशप्रसाद कुसवाहा छन् । 

भारतबाट स्रोत नखुलेको रु १३ लाख ५० हजार नेपाली लिएर आइरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले विश्रामपुर गाउँपालिका–४ मुसहर्वास्थित सडकबाट नगद सहित पटेललाई पक्राउ गरेको  जिल्ला प्रहरीका प्रवक्ता दधीराम न्यौपानेले जानकरी दिएका छन् । 

पटेल सवार २–०३–०१६ प २३३७ नम्बरको मोटरसाइकल बरामद गरिएको छ । पटेलको बयानका आधारमा आरके मनी चेन्जर बरियारपुरका सञ्चालक रमेश कुसवाहा पक्राउ परेका हुन् ।  बरामद भएको पैसा कुसवाहाको रहेको बताइएको छ । 

पक्राउ परेका व्यक्तिले पछिल्लो दुई दिनमा करिब आठ करोड रकम हुण्डी कारोबारमार्फत नेपाल भित्र्याएको अनुसन्धानमा देखिएको प्रहरीले जानाएको छ ।  पक्राउ परेका दुई जनालाई जिल्ला अदालत बाराबाट म्याद थप गरी प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!