Samajik Feed – News Portal from Nepal

जनकपुरधाम, भदौ २० गते ।

सशस्त्र प्रहर‍ीले सोमबार दिउँसो बाराबाट साढे ९ लाख भारतिय रुपैयाँ बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ बारा गण मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्बाले रकमसहित बारा पचरौता नगरपालिका-३ बस्ने श्यामबाबु सहनी र भुलन पटेललाइ नियन्त्रणमा लिएको हो।

मधेश प्रदेश ०३-०२५ प ३९३६ नम्बरको मोटरसाइकलमा नेपालबाट भारततर्फ जानलागेका उनीहरूलाई शंका लागि चेकजाँच गर्ने क्रममा ५ सय दरको १ हजार ९ सय थान भारतीय रुपैयाँसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

हुन्डीको रकम भएको आशंकामा उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ।

One Response

  1. सर मलाई झुटा अास्वासन दिई म बाट 6लाख 50 हजार ढगि गेकाले मेराे पैसा फिर्ता गर्न सहयाेग गरिदिन र कारवाहि गरिदिन अनुराेधछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!