Samajik Feed – News Portal from Nepal

धनुषामा पोखरीमा बालक मृत फेला

सामाजिक फीड-जनकपुरधाम, साउन ८ गते । धनुषामा पोखरीमा एक बालकको शव फेला परेको छ । बुधबारदेखि बेपत्ता भएका धनुषाको सबैला नगरपालिका १० खरियानी बस्ने खुसिया कापरका ७ वर्षीय छोरा सचिन कापरको शव घर नजिकै पोखरीमा फेला परेको हो । धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहका अनुसार आज बिहान १० बजेतिर बालक घर नजिकैको पोखरीमा तैरिहेको […]

महिनाथपुर बोर्डरमा एसएसबीमाथि आक्रमण, बन्दुक खोस्ने प्रयास गर्दा गोली चल्यो

सामाजिक फीड-जनकपुरधाम, साउन ७ गते । नेपाल भारत सीमाको धनुषा स्थित महिनाथपुर नाका पारी एसएसवी जवानमाथि आक्रमण भएको छ । भारत तर्फ जयनगर अनुमण्डलको बासो पट्टी थाना अन्तर्गत महिनाथपुर बोर्डरमा बिहान १० बजे एसएसबी जवानको बन्दुक खोस्न खोज्दा गोली चलाएको छ । त्यस क्रममा आक्रमण गर्ने एकजनाको कम्मरमा गोली लागेको भारतीय प्रहरीले जनाएको छ । […]

संघ सरकारद्वारा मधेश प्रदेश संकटग्रस्त क्षेत्र घोषणा

सामाजिक फीड-जनकपुरधाम, साउन ७ गते । सरकारले मधेश प्रदेशलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा १ बमोजिम यस्तो निर्णय गरेको हो । सरकारका एक मन्त्रीका अनुसार “नेपाल राजपत्रमा सूचना प्रकाशित भएको मितिले लागू हुने […]

सर्लाहीको कबिलासी नगरपालिका कार्यालयमा चोरी, सामानसहित पाँच युवक पक्राउ

सामाजिक फीड-जनकपुरधाम, साउन ६ गते । जनकपुरधाम, साउन ६ गते । सर्लाहीको कबिलासी नगरपालिका कार्यालयबाट चोरी भएको सामानसहित पाँच युवक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा कबिलासी नगरपालिका ८ का २२ वर्षीय रोहित मिश्र, ४० वर्षीय सुरेन्द्र राय, वर्ष २० का राजु पासवान, बर्ष २२ का ललका पासवान र वर्ष १९ का दिपक पासवान रहेको […]

धनुषामा मिटरब्याजीको मानसिक यातनाले ऋणीको आत्महत्या

सामाजिक फीड-जनकपुरधाम, साउन ५ गते । धनुषामा मिटरब्याजीको मानसिक यातनाको कारण एक ऋणीले आत्महत्या गरेकी छन् । मिथिला नगरपालिका–८, जमुनिबासकी ३४ वर्षीया विमला कुमारी ध्रोङचिङ मगरले विद्यालयको कक्षाकोठामा झुन्डिएर ज्यान दिएकी हुन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मगरले साउन १ गते बिहान करिब ४ः४५ बजे जमुनिबासस्थित श्री जनता राष्ट्रिय आधारभूत विद्यालयको बाल विकास कक्षामा […]

रौतहटका पत्रकार प्रजापति आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला

सामाजिक फीड-जनकपुरधाम, साउन ४ गते । रौतहटका पत्रकार रविन्द्र प्रजापति आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । कटहरिया नगरपालिका–५ निवासी अन्दाजी ३० वर्षीय प्रजापति शनिबार राति करिब ९ बजे घरभित्रै झुण्डिएको अवस्थामा फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपक रायका अनुसार गम्भीर अवस्थामा उनलाई उद्धार गरी परिवारका सदस्यले स्थानीय स्वास्थ्य चौकी […]

जनकपुरधाम ११ का वडाध्यक्ष चौधरी धनुषा प्रहरीको नियन्त्रणमा

सामाजिक फीडजनकपुरधाम, साउन २ गते । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष अर्जुन चौधरीलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार साँझ चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको धनुषा प्रहरी स्रोतले जनाएको छ । प्रहरी स्रोतका अनुसार महिला प्रहरी सेलमा परेको उजुरीको आधारमा चौधरीलाई नियन्त्रणमा लिइएको हो । तर प्रहरीले पक्राउको अन्य कारण भने खुलाएको […]

सर्लाहीमा ट्रकमा करेन्ट लाग्दा एकको मृत्यु, दुई घाइते

सामाजिक फीड-जनकपुरधाम, साउन १ गते । सर्लाहीमा ट्रकमा ११ हजार भोल्टको विद्युत् तारमा करेन्ट लाग्दा एक जनाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । लालबन्दी नगरपालिका–१ स्थित लखनदेही पुल नजिक धानको भुस लोड गर्ने क्रममा आज बिहान पौने ७ बजेतिर ट्रकमा करेन्ट लागेको हो । करेन्ट लागेर ट्रक सहचालक रौतहटको बृन्दावन […]

कल्याणपुर नगरपालिकाका मेयर एक लाख रुपैयाँ घुससहित पक्राउ

सामाजिक फीडजनकपुरधाम, असार ३२ गते । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित पक्राउ परेका छन् । आज दिउँसो कार्यालयबाटै घुस रकमसहित रंगेहात अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलिले उनलाई नियन्त्रणमा लिएको हो । आज दिउँसो पौने २ बजेतिर कार्यालयमै पूर्ण भुक्तानीको लागि एक उपभोक्ता समितिबाट एकलाख रकम घुस लिइरहेको बेला रंगेहात […]

सडक निर्माणको लागि खनेको खाल्डोमा डुबेर बालकको ज्यान गयो

सामाजिक फीड-जनकपुरधाम, असार ३२ गते । सर्लाहीमा सडक निर्माणको खनेको खाल्डोमा डुबेर एक बालकको ज्यान गएको छ । सर्लाहीको हरिपुर नगरपालिका १ जानकीनगर टोल बस्ने दिनेश यादवका ६ वर्षीय छोरा सुशान्त यादवको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलबार बिहान १० बजेदेखि खेल्दाखेल्दै बालक बेपत्ता भएका थिए । खोजतलासको क्रममा घरबाट अन्दाजी पाँचसय मिटर […]