जनकी मन्दिरमा धोती, कुर्ता र सारी पहिरणमा युवायुवतीको भेला

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ३ गते । मिथिलाको परम्परागत पहिरनलाई संरक्षण र प्रचारप्रसार गर्ने उद्देश्यले युवाहरूले धोती, कुर्ता, र सारी जुलुस निकालेका छन्। हालका दिनमा मिथिलाको मौलिक पोसाकप्रति घट्दो आकर्षणप्रति चिन्ता व्यक्त गर्दै, जनकपुरधाममा सयौं युवाहरूले यो सांस्कृतिक पहिरनको महत्त्व उजागर गर्न जनजागरणको लागि जुलुस आयोजना गरेका हुन्। सयभन्दा बढी सहभागीहरूले धोती, कुर्ता र सारीमा सजिएर […]
सिरहाबाट आठजना सडक मानवको उद्धार

रासस-सिरहा, कार्तिक ३ गते । मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको छैटौँ दिन आज सिरहाका विभिन्न ठाउँबाट आठ जना सडकआश्रित सहयोगापेक्षी मानवको उद्धार गरिएको छ । यहाँको लहानबाट चार पुरुष र एक महिला, गोलबजारबाट एक पुरुष र एक महिला तथा मिर्चैयाबाट एक पुरुष गरी आठ जनाको उद्धार गरिएको मानवसेवा आश्रमका महासचिव सुमन बर्तौलले जानकारी दिए । ‘यो […]
चारदिनदेखि बेपत्ता युवक बारामा मृत फेला

सामाजिक फीडजनकपुरधाम, कार्तिक १ गते । चार दिनदेखि बेपत्ता रहेका वीरगन्जका एक पुरुष बारामा मृत अवस्थामा फेला परेका छन्। वीरगन्ज महानगरपालिका–३ छपकैया निवासी २६ वर्षीय वीरेन्द्र साह सोनार गण्डक नहरको किनारमा मृत भेटिएका हुन् । बाराको प्रसौनी गाउँपालिकास्थित नहर किनारमा उनको शव भेटिएको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले पुष्टि गरेका छन्। सोनार असोज २७ गतेदेखि […]
महोत्तरीबाट स्रोत नखुलेको आठलाख रकमसहित एकजना पक्राउ

सामाजिक फीडजनकपुरधाम, कार्तिक १ गते । महोत्तरीमा स्रोत नखुलेको आठ लाख पाँच हजार पाँच सय रुपैयाँसहित एक व्यक्ति पक्राउ परेका छन् । बुधबार दिउँसो जलेश्वर–सम्सी सडकखण्डको भोल्ही चोकमा २८ वर्षीय रामस्नेही साहलाई प्रहरीले उक्त नगदसहित पक्राउ गरेको हो । साह सम्सी गाउँपालिका–७ का बासिन्दा हुन् । महोत्तरी प्रहरी प्रवक्ता डिएसपी सन्तुलालप्रसाद जैसवारका अनुसार बीआर ३० […]
नाइजेरियामा इन्धन ट्यांकर विस्फोट हुँदा सय जनाभन्दा बढीको मृत्यु

एजेन्सी-जनकपुरधाम, असोज ३० गते । उत्तरी नाइजेरियामा इन्धन ट्यांकर विस्फोट हुँदा सय जनाभन्दा बढीको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् । प्रहरी प्रवक्ता लवान शिसु आदमका अनुसार यो घटना मंगलबार राति उत्तरी जिगावा राज्यको माजिया शहरमा भएको हो। ट्यांकर दुर्घटनामा परेपछि सडकमा पोखिएको इन्धन संकलन गर्ने क्रममा आगो लाग्दा धेरैले ज्यान गुमाएका […]
मिथिलाञ्चलमा ‘कोजाग्रत पर्व’को तयारी

रासस-महोत्तरी, असोज ३० गते । मिथिलाञ्चलमा ‘कोजाग्रत पर्व’को तयारी सुरु भएको छ । असोज शुक्ल पूर्णिमाको रात मनाइने यो पर्वमा सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरिन्छ । पूर्णिमा तिथि आज साँझ सुरु भएपछि कोजाग्रतका विधि प्रारम्भ गरिनेछन् । असोज शुक्लपक्षको साँझ सम्पन्नताकी देवी महालक्ष्मी पृथ्वीको विचरणमा आउने र ‘को जागैछन् ?’ भनेर हेर्ने हुँदा यस दिनलाई […]
लागुऔषध र भन्सार छली नियन्त्रण आवश्यक छ : मुख्यमन्त्री सिँह

सामाजिक फीड-जनकपुरधाम, असोज ३० गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले सीमित साधनस्रोतका बाबजुद पनि नेपाल प्रहरीले शान्तिसुरक्षा व्यवस्थापन, अपराध अनुसन्धान तथा कानुन कार्यान्वयन लगायतका काममा देखाउँदै आएको क्रियाशीलताको सराहना गरेका छन् । ६९ औँ प्रहरी दिवसका अवसरमा मधेश प्रहरी कार्यालय जनकपुरधामद्वारा यहाँ आयोजित कार्यक्रममा मुख्यमन्त्री सिँहले कानुन कार्यान्वयनसँग सम्बद्ध धेरैवटा कामको जिम्मेवारी रहेको नेपाल […]
वीरगञ्जमा नेपाल भूमिमा छिरेर भारतीय एसएसबीले चलाए गोली

सामाजिक फीड-वीरगञ्ज, असोज २९ गते । वीरगन्ज–रक्सौल नाका नजिक नेपाल–भारत सीमा क्षेत्रमा मंगलबार गोली चलेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन् । घटनाबारे अनुसन्धान गरिरहेको नेपाल प्रहरीका अधिकारीका अनुसार एसएसबी जवानहरूले सोधपुछका क्रममा आत्मरक्षाको लागि गोली चलाएको स्वीकार गरेका छन् । ती अधिकारीले भने, “सीमामा वादविवाद भएपछि बचाउको […]
बारामा हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, असोज २८ गते । बारामा हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोल्हवी नगरपालिका–२ बस्ने ६३ वर्षीय हस्तबहादुर ठोकर छन् । आज बिहान घाँस काट्न गएका उनको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिए । अबेर सम्म घाँस लिएर घर नफर्केपछि परिवारका सदस्य […]
जनकपुरधामको शक्तिपीठहरुमा खोइँच भर्ने श्रद्धालुको भीड

सामाजिक फीड-जनकपुरधाम, असोज २४ गते । बडाँ दसैँको सतमीको अवसरमा अवसरमा विभिन्न शक्तिपीठमा आज बिहानैदेखि खोइँच भराई तथा लड्डु चढाउने कार्यक्रम चलिरहेको छ । खोइँच भर्न तथा लड्डु चढाउन जनकपुरका प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिर, रामानन्दचोकमा दुर्गापूजा स्थान, धनुषा रमदैयाको राजदेबी मन्दिर, महोत्तरीको सोनामाइ मन्दिर, सप्तरीको छिन्नमस्ता भगवती मन्दिर, कंकालिनी मन्दिर लगायत शक्तिपीठहरुमा श्रद्धालुभक्तजनको भीड लागेको […]