एजेन्सी-
जनकपुरधाम, असोज ३० गते ।
उत्तरी नाइजेरियामा इन्धन ट्यांकर विस्फोट हुँदा सय जनाभन्दा बढीको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् ।
प्रहरी प्रवक्ता लवान शिसु आदमका अनुसार यो घटना मंगलबार राति उत्तरी जिगावा राज्यको माजिया शहरमा भएको हो। ट्यांकर दुर्घटनामा परेपछि सडकमा पोखिएको इन्धन संकलन गर्ने क्रममा आगो लाग्दा धेरैले ज्यान गुमाएका छन्। ट्यांकर एक ट्रकसँग ठोक्किनबाट बच्ने क्रममा पल्टिएको थियो ।
स्थानीय बासिन्दा दुर्घटनापछि सडकमा पोखिएको इन्धन संकलन गर्न जुटेका थिए, जसका कारण उनीहरू आगलागीको चपेटामा परेका हुन्। बीबीसीका अनुसार उद्धार टोलीले थप शव भेटिरहेको छ र मृतकको संख्या १०४ पुगेको छ। थप ५० जनालाई अस्पतालमा उपचार भइरहेको छ भने घाइतेको संख्या १०० पुगेको छ।