Samajik Feed – News Portal from Nepal

मधेश सरकारको अहिलेसम्मकै उच्च बजेट खर्च ७१ %

सामाजिक फीड-जनकपुरधाम, असार २५ गते । मधेश सरकारको विगतको तुल्नामा अहिलेसम्मकै उच्च बजेट खर्च भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा मधेश सरकारको कुल बजेटको ७१.४८ प्रतिशत खर्च भएको हो । यो खर्च परिणाम असार २५ गते मध्यरातिसम्मको अन्ति भुक्तानी विवरण हो । मधेश सरकारले चालु आवका लागि ४३ अर्ब ८९ करोड २१ लाख […]

जनकपुरमा छुरा प्रहार गरी ससुराको हत्या गर्ने ज्वाइँ पक्राउ

सामाजिक फीड-जनकपुरधाम, असार २५ गते । जनकपुरमा आफ्नै ससुराको छुरा प्रहार गरी हत्या गरेको अभियोगमा ज्वाइँलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थाका ४८ वर्षीय बेचन महासेठ छन् । उनले गत असार १८ गते बिहान जनकपुरधाम उपमहानगरपालिका–१५, कुवारामपुरका ६५ वर्षीय बासुदेवप्रसाद साह विमलको छुरा प्रहार गरी हत्या आरोप अभियोग छ । […]

चीनतिरबाट आएको बाढीमा रसुवामा १८ जना बेपत्ता, सय बढी गाडी बगेको अनुमान

सामाजिक फीड-जनकपुरधाम, असार २४ गते । चीनतिरबाट आएको भीषण बाढीमा रसुवामा १८ जना बेपत्ता भएका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले ९ जनाको उद्धार गरेको छ । सशस्त्र प्रहरी बलका अनुसार, बेपत्ता हुनेमा नेपाल प्रहरी अन्तरगत इलाका प्रहरी कार्यालय, टिमुरेमा कार्यरत् प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर […]

जनकपुर जयनगर रेलको लिकमा कटेर एकजनाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, असार २३ गते । जनकपुर जययनगर रेलमा कटेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषाको लक्ष्मिनीयाँ गाउँपालिका २ सिनरजोडा बस्ने विकरु साहको ४५ वर्षीय छोरा बिनोद साह रहेको प्रहरीले जनाएको छ । आज दिउँसो १२: ३० बजेको समयमा धनुषाको औरही गाउँपालिका २ देउरी प्रवाहा स्थित रहेको रेलको लिकमा लिकमा ठक्कर लागेर उनको मृत्यु […]

महोत्तरीमा ११ हजार भोल्टको तार खसेर करेन्ट लाग्दा युवकको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, असार २२ गते। महोत्तरीको औरहीमा ११ हजार भोटको तार चुडिएर खस्दा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं ५ कञ्चनपुरका ३२ वर्षीय छटु मुखिया रहेका छन् । औरही नगरपालिका वडा नं ७ भोयल टिमकिया स्थित कृषि सडकमा कलभर्ट निर्माणको काम गरिरहेका उनको जिउमा माथिबाट ११ हजार भोल्टको […]

जनकपुरमा नेपाल पत्रकार महासंघ मधेश प्रदेशको कार्यालय उदघाटन

सामाजिक फीडजनकपुरधाम, असार २१ गते । नेपाल पत्रकार महासंघ मधेश प्रदेशको कार्यालय जनकपुरमा स्थापना गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका–२, भानुचोक नजिकै भाडाको घरमा स्थापना गरिएको कार्यालयको एक समारोहबीच महोत्तरीको भंगहा नगरपालिकाका मेयर संजिवकुमार साहले उदघाटन गरेका हुन् । कार्यालय व्यवस्थापनमा भंगहा नगरपालिकाले फर्निचर, एसी, इन्भर्टर लगायत सामग्री उपलब्ध गराएको छ भने जनकपुरधाम उपमहानगरपालिकाले कम्प्युटर, प्रिन्टर […]

धनुषामा तस्करसँगको भीडन्तमा ६ सशस्त्र प्रहरी घाइते, ४ राउण्ड गोली हवाई फायर

सामाजिक फीड-जनकपुरधाम, असार २० गते । धनुषाको नेपाल–भारत सीमाक्षेत्रमा सशस्त्र प्रहरी र तस्करबीच भीडन्त हुँदा ६ जना प्रहरी घाइते भएका छन् । सशस्त्र प्रहरीले १३ राउण्ड अश्रुग्यास र चार राउण्ड हवाई फायर गरोक छन् । विदेह नगरपालिका–२, वैदेही दुहबीस्थित दशगजा नजिक बिहीबार साँझ करीब ७ बजे भीडन्त भएको हो । सशस्त्र प्रहरी उपरीक्षक (एसपी) निर्मल […]

महोत्तरीमा क्रसर माफियाले खनेको खाल्डोमा डुबेर बालिकाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, असार १८ गते । महोत्तरीको गौशालामा क्रसर माफियाले खनेको खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौशाला नगरपालिका–१०, जलिल टोली निवासी दिनेश मण्डलकी ११ वर्षीया छोरी करिना कुमारी मण्डल रहेको प्रहरीले जनाएको छ । आज दिउँसो साढे ४ बजेतिर घर नजिकै रहेको मरहा खोलाको किनारमा गिट्टी–बालुवा खनिएको स्थानमा पानी जमेको […]

जनकपुरमा ज्वाइँले गरे ससुराको हत्या

सामाजिक फीड-जनकपुरधा, असार १८ गते । जनकपुरमा छुरा प्रहार गरी एकजनाको हत्या भएको छ । आज बिहान जनकपुरधाम उपमहानगरपालिका १५ कुवारामपुर बस्ने ६५ वर्षीय बासुदेव प्रसाद विमलको हत्या भएको हो । बासुदेवलाई उनकै ज्वाइँ जनकपुरधाम २१ कुर्थाका ४८ वर्षीय बेचन महासेठले आज बिहान पौने १० बजे घरमै चक्कु प्रहार गर्दा मृत्यु भएको हो । धनुषा […]

स्रोत नखुलेको २८ लाख रुपैयाँसहित तीन जना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, असार १७ गते । वीरगन्जबाट स्रोत नखुलेको २८ लाख रकमसहित प्रहरीले  तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्साको पकहामैनपुर गाउँपालिकाका अनिल कुमार वर्णवाल, वीरगन्ज महानगरपालिका वडा नम्बर ३ का विनित श्रीवास्तव र बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ४ का दीपक कुमार सोनार छन् । वीरगन्जको विभिन्न ठाउँबाट तीनै जनालाई पक्राउ गरिएको […]