Samajik Feed – News Portal from Nepal

आज पनि देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

सामाजिक फीड-जनकपुरधाम, साउन २६ गते । आज पनि देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालनजिक रहनुका साथै भारतको बिहारको उत्तरपश्चिम भूभाग तथा आसपासमा रहेको न्यूनचापीय प्रणालको प्रभावका कारण भारी वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चिम […]

मिटरब्याजी आरोपमा सिरहामा एक महिला पक्राउ

सामाजिक फीड-जनकपुरधाम, साउन २५ गते । सिरहामा चर्को मिटरब्याजको धन्दा चलाएको आरोपमा एकजना महिला पक्राउ परेकी छन् ।पक्राउ पर्नेमा मिर्चैया नगरपालिका ६ की ३५ वर्षीया सुजाता साह छन् । उनलाई बुधबार साँझ पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । ममता देवी रायले प्रहरीमा दर्ता गराएको अनुचित लेनदेन सम्बन्धि मुद्दामा अदालतबाट पक्राउ अनुमति लिएर साहलाई पक्राउ […]

बाढी तथा डुबान पीडितका लागि मधेशकम आठै जिल्लालाई १०/१० लाख राहत

रासस-जाकपुरधाम, साउन २५ गते । मधेश प्रदेश सरकारले बाढी तथा डुबान पीडितलाई राहत तथा उद्धारका लागि आठै जिल्लामा १० १० लाख रुपैयाँ पठाउने भएको छ ।  प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री मोहम्मद समिमको अध्यक्षतामा बुधबार बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले बाढी तथा डुबान पीडितलाई राहत तथा उद्धारका लागि रकम उपलब्ध गराउने निर्णय गरेको […]

कमला नदीमा बगेका महिलाको शव फेला, श्रीमान अझै बेपत्ता

सामाजिक फीड-जनकपुरधाम, साउन २४ गते । कमला नदीले बगाएको दम्पती मध्ये श्रीमतीको शव २४ घण्टापछि फेला परेको छ । बुधबार दिउँसो धनुषाको गणेशमान चारनाथ नगरपालिका–९, बरमझियास्थित कमला नदीमा आज दिउँसो श्रीमती ३० वर्षीय माया पजियारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । श्रीमान ३५ वर्षीय साजन परियार अझै बेपत्ता छन् । मङ्गलबार […]

महोत्तरीमा खोलाले बगाउँदा एकजना बेपत्ता

रासस-जलेश्वर, साउन २४ गते । महोत्तरीको सोनमा गाउँपालिकामा खोलाले बगाउँदा एकजना बेपत्ता भएका छन् । मरहा खोलाले मङ्गलबार साँझ बगाउँदा सोनम-१ का ३८ वर्षीय जाबिर अन्सारी बेपत्ता भएका हुन्  । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीका अनुसार मरहा खोला तर्ने क्रममा जाबिरलाई बाढीले बगाएको हो ।नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले उनको […]

सर्लाही र रौतहटमा बाढीले बगाउँदा दुई जनाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, साउन २३ गते । रौतहट र सर्लाहीमा बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ। रौतहटको गढीमाई नगरपालिका-२ समनपुरमा खेतबाट घर फर्किने क्रममा खोलामा आएको बाढीले बगाउँदा ६५ वर्षीय सहिद भाटको मृत्यु भएको हो। यसैगरी सर्लाहीको हरिपुर्वा नगरपालिकाको वसन्तपुर गाउँका ६० वर्षीय भोला चौधरीलाई बाके खोलाले बगाएर लगेकोमा दिउँसो शव भेटिएको जिल्ला प्रहरी कार्यालय […]

आज मधेश प्रदेश लगायत यी स्थानहरुमा अति भारी वर्षाको सम्भावना

सामाजिक फीड-जनकपुरधाम, साउन २३ गते । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो  देशभर सामान्य देखि पूर्ण बदली  रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका […]

डेन्टल एसोसिएशन धनुषको अध्यक्षमा डा. निमु यादव निर्वाचित

सामाजिक फीड-जनकपुरधाम, साउन २२ गते । नेपाल डेन्टल एसोसिएशन धनुषाको अध्यक्षमा डा. निमु यादव निर्वाचित भएकी छन् । नव नेतृत्व चयनको लागि आज भएको निर्वाचनमा डा. यादव ४७ मत प्राप्त गरि अध्यक्ष पदमा निर्वाचित भएकी हुन् । अर्का अध्यक्ष पदका उम्मेदवार डा. रामसरोज साह केवल १ मत मात्र प्राप्त गरे ।  निर्वाचन समितिका निर्वाचन अधिकृत […]

महोत्तरीबाट ८० किलो गाँजा बरामद

सामाजिक फीड-जनकपुरधाम, साउन २२ गते । महोत्तरीबाट सशस्त्र प्रहरीले ८० किलो गाँजा बरामद गरेको छ । महोत्तरीको एकडाडा गाउपालिका- ३ अजमरट्टीबाट आज बिहान राढे ४ बजे सशस्त्र प्रहरी ६ वटा पोका अवैध गाँजा बरामद गरेको हो । गस्तीमा रहेका प्रहरीदेखेपछि नेपालबाट भारततर्फ टाउँकोमा बोकी लैजाँदै गरेको गाँजा अपरिचित व्यक्तिहरुले फालेर भागेको सशस्त्र प्रहरी बल नेपाल […]

समयमा उपचार नपाउँदा सर्लाहीमा विषालु सर्पले टोकेका बालकको ज्यान गयो

सामाजिक फीड-जनकपुरधाम, साउन २२ गते । सर्लाहीमा समयमा उपचार नपाउँदा विषालु सर्पले टोकेका एक बालकको ज्यान गएको छ । ज्यान जानेमा सर्लाहीको चन्द्रनगर गाउँपालिका ५ महोनपुर घर भएका नजामुद्दिन अन्सारीका १२ वर्षीय छोरा नुरसैद्द रहेका छन् । चन्द्रनगरकै श्रीनगरस्थित मावली घरमा बसेर पढ्दै आएका बालकलाई आइतबार राति सुतेकै ठाउँमा करेट प्रजातिको विषालु सर्पले टोकेको थियो […]