Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, साउन २२ गते ।

सर्लाहीमा समयमा उपचार नपाउँदा विषालु सर्पले टोकेका एक बालकको ज्यान गएको छ । ज्यान जानेमा सर्लाहीको चन्द्रनगर गाउँपालिका ५ महोनपुर घर भएका नजामुद्दिन अन्सारीका १२ वर्षीय छोरा नुरसैद्द रहेका छन् ।

चन्द्रनगरकै श्रीनगरस्थित मावली घरमा बसेर पढ्दै आएका बालकलाई आइतबार राति सुतेकै ठाउँमा करेट प्रजातिको विषालु सर्पले टोकेको थियो ।

राति बालकसँगै सुतेका अन्य बालबालिकाले नुरसैद्दलाई कालो सर्पले कानमा टोकेको जानकारी अभिभावलाई गराएपछि उनलाई उपचारको लागि सुरुमा नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा लगिएको थियो। त्यतिबेलासम्म बालक सर्पको विषले लठ्ठ परिसकेका थिए ।

बालकलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्था देखेपछि नवपुरका स्वास्थ्यकर्मीले उनलाई तुरुन्तै प्रादेशिक अस्पताल जनकपुर लैजान सुझाव दिएका थिए ।

जनकपुरमा उपचारकै क्रममा राति नै बालकको मृत्यु भएको हो। बालकको उपचारमा ढिलाई भएकाले उनको मृत्यु भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

सर्पदंश उपचार केन्द्र नवलपुरमा पनि आईसीयू र भेन्टिलेटर मेसिन भने छ। तर, दक्ष प्राविधिक जनशक्तिको अभाव हुँदा त्यो भेन्टिलेटर चार वर्षदेखि कोठामा थन्क्याएर राख्ने गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!