Samajik Feed – News Portal from Nepal

रास्वपा सभापति रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २ गते।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । कास्की जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । सहकारी ठगीका विषयमा छानविन गर्न गठित संसदीय समितिले लामिछानेमाथि कारवाही सिफारिस गरेको थियो । शुक्रबार कास्की प्रहरी प्रमुख आफैं रविलाई पक्राउ पुर्जी […]

सलमान खानलाई फेरी ज्यान मार्ने धम्की

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २ गते। बाबा सिद्दिकीको हत्या भएको ६ दिनपछि अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की आएको छ । यो धम्की मुम्बईको ट्राफिक कन्ट्रोल रुममा व्हाट्सएप म्यासेज मार्फत पठाइएको हो । धम्की दिने व्यक्तिले आफूलाई लरेन्स गिरोहको सदस्यको रूपमा वर्णन गरेको छ। मुम्बई पुलिसका अनुसार धम्कीपूर्ण सन्देशमा लेखिएको थियो- ‘यसलाई हल्का रूपमा नलिनुहोस् । […]

विपक्षी दलहरुले सरकारलाई जनसरोकारका विषयमा ध्यानाकर्षण गराउने

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २ गते। प्रतिपक्षी दहरुले सरकारलाई जनसरोकारका विभिन्न विषयमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ । विपक्षी दलहरुले उठाएका जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउने निष्कर्ष निकालेको नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले जानकारी दिएका छन् । नेता बस्नेतले सरकारले जनसरोकारका विषयमा सरकारले प्रभावकारी काम नगरेमा संसदको विशेष अधिवेशन बोलाउने विषयमा समेत छलफल भएको बताए […]

जनकपुरधाममा कोजाग्रत पूर्णिमा भव्य रुपमा मनाइँदै, जानकी मन्दिरमा पुरानो परम्परागत ‘भार’ चढाइयो

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १ गते। जनकपुरधामसहित मिथिलाञ्चलमा आज कोजाग्रत पूर्णिमा भव्य रूपमा मनाइँदै छ। यो पर्वमा धार्मिक र सांस्कृतिक परम्पराहरूलाई विशेष महत्व दिइन्छ। महोत्तरीको रतौलीबाट जानकी मन्दिरसम्म १ सय १ भार (धार्मिक सामग्री) ल्याउने पुरानो परम्परा यस वर्ष पनि निरन्तरता दिइएको छ। यो भारमा भगवान सीतारामका लागि पान, मखान, लड्डु, खाजा, चामल, दाल, तरकारी, र […]

पोस्ट मनसुनको प्रभावले चिसो बढ्दै, काठमाडौंमा तापक्रम ५ डिग्रीले घट्यो

सामाजिक फीड-जनकपुरधाम, असोज २९ गते। नेपालमा मनसुन सकिएर ‘पोस्ट मनसुन’ सुरु भएसँगै देशका विभिन्न स्थानहरूमा चिसो बढ्न थालेको छ। पछिल्ला केही दिनमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावले कतिपय क्षेत्रमा बदली र वर्षा भइरहेको छ। मौसमविद्हरूले चिसो मौसमको प्रारम्भिक चरणमा प्रवेश भएको र यस अवधिमा तापक्रम घट्दै गएको जनाएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार असोज […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा, फ्लाई दुबई र थाई एयर एशियाको उडान सुरु हुने

सामाजिक फीड-जनकपुरधाम, असोज २८ गते। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले आगामी महिनादेखि तीन प्रमुख अन्तर्राष्ट्रिय एयरलाइन्समार्फत व्यावसायिक उडान सुरु गर्ने तयारी गरेको छ। कुवेतको जजिरा एयरवेज, दुवईको फ्लाई दुबई, र थाइल्याण्डको थाई एयर एशियाले आफ्नो उडान सेवा सञ्चालनको अनुमति लिइसकेका छन्। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार, जजिरा एयरवेजले २०७९ जेठ २ गते नै यहाँबाट […]

अझै पाँच राजमार्ग पुर्णरुपमा अवरुद्ध, सडकतर्फको क्षति २० देखि ३० अर्ब

सामाजिक फीड-जनकपुरधाम, असोज १७ गते। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अझै बाढी र पहिरोका कारण क्षति भएका पाँच वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध रहेको जानकारी दिएको छ ।  मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर देशका पाँच प्रमुख राजमार्ग खुलाउन बाँकी रहेको जानकारी दिएको हो । जसमा अरनिको राजमार्गको लार्चा-कोदारी खण्डको पुल बगाएको बताएको छ । त्यस्तै मन्त्रालयले […]

महोत्तरीको प्रसिद्ध राजदेवी मन्दिर बाढीले डुब्यो, दसैँ पूजामा अवरोध

सामाजिक फीड-जनकपुरधाम, असोज १७ गते। महोत्तरीको जलेश्वर–२ स्थित प्रसिद्ध माता राजदेवी मन्दिर बाढीका कारण डुबानमा परेको छ। मन्दिरको गर्भगृहमा चार फिटसम्म पानी जमेको छ, जसका कारण बडा दसैँको घटस्थापनामा मन्दिरमा जमरा राख्न सकिएको छैन। मन्दिरका पूजारी रामप्रित गिरीका अनुसार, मन्दिरको गुफा, बाहिरी सतह, र मन्दिर जाने बाटोसमेत पानीले भरिएको छ। पानीले माताको प्रतिमा समेत डुबाएको […]

लेबनानमा रहेका नेपाली सुरक्षित, सहयोग तथा जानकारी चाहिएमा सम्पर्क गर्न सकिने

सामाजिक फीड-जनकपुरधाम, असोज १६ गते। सरकारले विकसित पछिल्लो घटनाक्रमपछि लेबनानमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुलाई अधिकतम सतर्कता तथा सचेतना अपनाउन अनुरोध गरेको छ । लेबनानमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरुपमा सचेत रहेको उल्लेख गर्दै परराष्ट्र मन्त्रालयले हालसम्म त्यहाँ रहेका नेपाली नागरिकहरु सुरक्षित रहेको जानकारी दिएको छ । साथै […]

सबै संयन्त्रलाई हाइअलर्ट रहन गृहमन्त्री लेखकको निर्देशन

सामाजिक फीड-जनकपुरधाम, असोज १६ गते। गृहमन्त्री रमेश लेखकले कोशी र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरिएकाले सोही अनुसार हाइअलर्ट रहन सुरक्षा निकायका प्रमुखहरु, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण, प्रमुख जिल्ला अधिकारी, प्रदेशका सबै सुरक्षा संयन्त्र, र स्थानीय तहहरुलाई निर्देशन दिएका छन् । गृहमन्त्री लेखकले जल तथा मौसम विज्ञान विभाग, मौसम […]