Samajik Feed – News Portal from Nepal

इन्द्रजात्रा समारोहमा बालेनको तस्वीर अंकित टिसर्ट लगाएका युवायुवती, प्रहरीले बाहिर निकाल्यो

सामाजिक फीड-जनकपुरधाम, असोज १ गते । इन्द्रजात्राको अवसरमा वसन्तपुरमा आयोजित समारोहमा बालेन शाहको तस्बीर अंकित टिसर्ट लगाएर उपस्थित भएका युवायुवतीलाई  समारोहस्थलबाट निकालिएको छ ।  प्रहरीले उनीहरूलाई समारोह स्थलबाट निकालेको हो । प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने यस समारोहमा उनको विरोध हुनसक्ने विषयलाई ध्यानमा राख्दै प्रहरीले उनीहरुलाई हटाएको बुझिएको छ । काठमाडौँ महानगरले  इन्द्रजात्राको अवसरमा […]

नेपालबाट फिल्म ‘शाम्बाला’ ओस्कार अवार्डमा जाने 

सामाजिक फीड-जनकपुरधाम २८ गते। मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ ले नेपालबाट आगामी ओस्कार अवार्ड प्रतिनिधित्व गर्ने भएको छ । नेपालबाट ओस्कारका लागि शाम्बाला फिल्मले मात्र आवेदन दिएपछि अब यो फिल्म ओस्कारका लागि शिफारिस हुने निश्चित बनेको हो । आवेदन दिने विहिबार अन्तिम मिति रहेको र शाम्बाला बाहेक अन्य कुनैपनि फिल्मले आवेदन नदिएको ओस्कारको नेपाल छनोट […]

पलेशालाई सरकारले दिने नगद पुरस्कार ६५ लाख आज प्रदान गरिदै

सामाजिक फीड-जनकपुरधाम २८ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको तर्फबाट आज पारा ओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई ६५ लाख पुरस्कार रकम हस्तान्तरण गर्दै छन् । प्रधानमन्त्री ओलीले आज एक कार्यक्रममा बीच उक्त पुरस्कार हस्तान्तरण गर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ ।  बिहान साढे ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा पलेशासहित प्रशिक्षकलाई नगद पुरस्कार रकम […]

पृथ्वीबाट लगभग ७०० किलोमिटर माथि स्पेसवाक सम्पन्न

सामाजिक फीड-जनकपुरधाम २८ गते। एलन मस्कको कम्पनी स्पेसएक्सको पोलारिस डन मिशनमा दुई अन्तरिक्ष यात्रीहरूले पृथ्वीबाट लगभग ७०० किलोमिटर माथि स्पेसवाक गरेका छन् । स्पेसवाकको समयमा अन्तरिक्षयानको गति २५ हजार किलोमिटर प्रतिघण्टा थियो । निजी अन्तरिक्ष यानबाट गरिएको यो पहिलो स्पेसवाक हो । पोलारिस डन मिसन १० सेप्टेम्बरमा सुरु भएको थियो । यस मिसनमा ४ जना […]

नीजि क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने विषयमा सैद्धान्तिक रुपले स्पष्ट हुन जरुरी- गृहमन्त्री लेखक

सामाजिक फीड-जनकपुरधाम, भदौ २७ गते । गृहमन्त्री रमेश लेखकले नीजि क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने विषयमा समिति राज्य व्यवस्था तथा सुशासन समिति सैद्धान्तिक रुपले स्पष्ट हुन जरुरी रहेको बताएका छन् ।  बिहीबार सिंहदरबारस्थित प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासनको बैठकमा बोल्दै गृहमन्त्री लेखकले निजी क्षेत्रमा प्रवेश गर्ने वा नगर्ने ? भन्ने विषयमा स्पष्ट हुन समितिमा अझ […]

निगमको वाइड बडी जहाज सी चेकपछि दुई महिनापछि फर्कियो

सामाजिक फीड-जनकपुरधाम, भदौ २७ गते । नेपाल वायुसेवा निगमको वाइड बडी ३३० जहाज सी चेक सम्पन्न गरेर २ महिनापछि फर्किएको छ । निगमको वाइड बडी जहाज नियमित सी चेक मर्मत सम्पन्न गरेर विहिबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । यो विमान फर्किएसँगै निगमले लामो दुरीको जापान र अन्य अन्तर्राष्ट्रिय उडानमा तीन वटा […]

महोत्तरीको उत्तरी क्षेत्रलाई पुरातात्विक पर्यटन केन्द्र घोषणा गर्न पहल गर्छु : अध्यक्ष प्रचण्ड

सामाजिक फीड-जनकपुरधाम, भदौ २६ गते । माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महोत्तरीको उत्तरी क्षेत्रलाई  पुरातात्त्विक पर्यटन केन्द्रको रुपमा विकास गर्न पहल गर्ने वताएका छन । मंगलवार होटल तथा पर्यटन व्यवसायी माहासंघ मधेश प्रदेशले गौतम होटलमा आयोजना गरेको छलफल कार्यक्रममा वोल्दै अध्यक्ष प्रचण्डले जिल्लाको उत्तरी क्षेत्र पुरातात्त्विक हिसावले महत्त्वपूर्ण भएको हुनाले विकास […]

ओलीलाई बालेनको कटाक्ष- उहिलै मरिन् सासु, अहिले आए आँशु !

सामाजिक फीड-जनकपुरधाम, भदौ २६ गते । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सर्वोच्च अदालतले नदी किनारको मापदण्ड थप २० मिटर कायम गर्नबारे दिएको आदेशमा प्रधानमन्त्री केपी शर्मा ओलीले अवसरवादी चरित्र देखाएको कटाक्ष गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै बालेनले ५ वर्ष अघि नै सर्वोच्चले गरेको आदेशमा अहिले आएर प्रधानमन्त्रीसहितका व्यक्तिहरूले असहमति जनाउनु र सर्वोच्चको आदेश […]

भियतनाममा ‘यागी’ तुफानले ६० जनाभन्दा बढीको मृत्यु, ५० हजार मानिस सुरक्षित स्थानमा सारिए

सामाजिक फीड-जनकपुरधाम, भदौ २५ गते । भियतनाममा आएको शक्तिशाली ‘यागी’ तुफानले ठूलो जनधनको क्षति पुर्याएको छ। यस तुफानका कारण ६० जनाभन्दा बढीले ज्यान गुमाएका छन्, भने २४० भन्दा बढी मानिस घाइते भएका छन्। तुफानले भियतनामको फुथोक प्रान्तमा फोङचाउ पुल भत्काउँदा सवारी साधनहरू रेड नदीमा खस्दा कम्तिमा १३ जना बेपत्ता भएका छन्। तुफानले उत्तर भियतनामको जनजीवनलाई […]

गुगलको विज्ञापन प्रविधिमा एकाधिकार: अमेरिकी न्याय विभागले नयाँ मुद्दा दायर गर्‍यो

सामाजिक फीड-जनकपुरधाम, भदौ २५ गते । गुगलले एक महिनाअघि मात्र आफ्नो सर्च इन्जिनमा एकाधिकारको आरोपमा पराजय बेहोरेको थियो, र अब उसले आफ्नो विज्ञापन प्रविधिमा पनि अर्को कानुनी लडाईंको सामना गरिरहेको छ। अमेरिकी न्याय विभाग र विभिन्न राज्यहरूले गुगललाई अनलाइन प्रकाशकहरूलाई विज्ञापनदाताहरूसँग मिल्ने प्रविधिमा एकाधिकार बनाएको आरोप लगाएका छन्। अदालतमा पेश गरिएका कागजातहरूमा भनिएको छ कि […]