तनहुँको आँबुखैरेनीमा यात्रुबस मर्स्याङ्दी नदीमा खस्यो, ४० यात्रु सवार, उद्धार कार्य तीव्र

सामाजिक फीड जनकपुरधाम, भाद्र ७ तनहुँको आँबुखैरेनी नजिक ऐना पहराबाट यात्रु बाहक बस मर्स्याङ्दी नदीमा खसेको छ । प्रारम्भिक जानकारी अनुसार बसमा भारतीय पर्यटक रहेको र बसमा अनुमानित ४० जना यात्रु रहेको बताइएको छ । अहिले प्रहरीको उद्धार टोली घटनास्थल पुगेर उद्धार जारी रहेको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ । गतिमान […]
कमला पुल निर्माणको सहमतिपछि आमरण अनसन स्थगित

सामाजिक फीड जनकपुरधाम, भाद्र ७ धनुषा र सिरहा जोड्ने नयाँ कमला पुल निर्माणका लागि जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि आमरण अनसनमा बसेका अभियन्ता र प्रदेश सरकारबीच सहमति भएको छ । दुवै पक्षबीच चारबुँदे सहमतिलगत्तै अनसनकारीहरूले आन्दोलन स्थगन गरेका छन् । मुख्यमन्त्री सतिशकुमार सिँहको उपस्थितिमा आन्दोलनकारीहरूले जुस खाएर अनसन स्थगन गरेका हुन् । सहमतिअनुसार नयाँ कमला […]
भलिबलमा नयाँ उचाइ: अन्तर्राष्ट्रिय खेलाडी येव्गिनिया कालिनोभा र योस्रा जेराम्डिनी मधेश युनाइटेडबाट खेल्ने

सामाजिक फीड जनकपुरधाम, भाद्र ७ भलिबलप्रति नेपालमा बढ्दो रुचिको प्रमाणस्वरूप दुई चर्चित अन्तर्राष्ट्रिय खेलाडी येव्गिनिया कालिनोभा र योस्रा जेराम्डिनीले आगामी एभरेस्ट महिला भलिबल लिगमा मधेश युनाइटेडबाट प्रतिनिधित्व गर्ने भएका छन्। काजाकिस्तानकी कालिनोभा र ट्युनिसियाकी जेराम्डिनीले मधेश युनाइटेडको तर्फबाट प्रतियोगितामा खेल्ने घोषणा गरिसकेका छन्। यस निर्णयसँगै मधेश युनाइटेडले आफ्नो टोलीलाई अन्तर्राष्ट्रिय स्तरमा थप मजबुत बनाएको छ। […]
डा. मुकुल ढकालको प्रतिवेदनको अपनत्व नलिएको रास्वपाले प्रस्तावित कार्यक्रम गर्दै

सामाजिक फीड जनकपुरधाम, भाद्र ७ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पुरक महामन्त्री डा. मुकुल ढकालले आफुले पार्टीमा पेश गरेको प्रतिवेदनको अपनत्व नलिने बताएपनि सो प्रतिवेदनमा उल्लेख गरिएका कार्यक्रम भने कार्यान्वयनको प्रयास गरेको टिप्पणी गरेका छन् । ढकालले आफुले प्रतिवेदनमा आत्मनिर्भर नेपाल अभियान चलाउने उल्लेख गरेको बताउदै रवि लामिछाने क्लवले प्रतिवेदनको अपनत्व नलिने निर्णय गरे पनि […]
सहकारी ठगि प्रकरणमा आज संसदीय समितिले रवि लामिछानेको बयान लिदै

सामाजिक फीड जनकपुरधाम, भाद्र ७ सहकारी संस्था बचत रकम दुरुपयोग छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान लिदै छ । समितिले अहिलेसम्म ४४ पटक बैठक बसेर विभिन्न सहकारी संचालक, ठगीको आरोप लागेका दर्जनौं व्यक्तिहरुको बयान लिइसकेको छ । त्यस्तै समितिले सरकारका बिभिन्न निकायका अधिकारीहरुसँग पनि […]
नेपाल उद्योग वाणिज्य महासंघले स्टार्टअप प्रवर्द्धनका लागि १० अर्ब पुँजीको लगानी कम्पनी स्थापना गर्यो

सामाजिक फीड जनकपुरधाम, भाद्र ६ नेपाल उद्योग वाणिज्य महासंघले स्टार्टअप व्यवसायहरूको प्रवर्द्धन र विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले १० अर्ब रुपैयाँको पुँजीसहित नयाँ लगानी कम्पनी स्थापना गरेको छ। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुधबार राजधानीमा आयोजित ‘स्टार्टअप नेसन २०३०’ कार्यक्रममा यसबारे घोषणा गरेका हुन्। अध्यक्ष ढकालका अनुसार यो लगानी कम्पनीले विभिन्न स्टार्टअपहरूमा स्वतन्त्र रूपमा लगानी गर्नेछ। उनले […]
साफ यू-२० च्याम्पियनसिपमा आज नेपाल र बंगलादेशबीच खेल हुदै

सामाजिक फीड जनकपुरधाम, भाद्र ६ काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आज समुह ए अन्तर्गत नेपाल र बंगलादेशबीच खेल हुदै छ ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपराहन्न ३ बजेदेखि शुरु हुने छ । नेपाल र बंगलादेश समुह ए बाट सेमिफाइनलमा पुगिसकेका छन् । दुवैले आ-आफ्नो खेलमा श्रीलंकालाई पराजित गरेर सेमिफाइनलमा स्थान पक्का गरेका हुन् […]
घाँसी कुवाको पहिरो पन्छाउन शुरु, सडक सुचारु हुन समय लाग्ने

सामाजिक फीड जनकपुरधाम, भाद्र ६ तनहुँको घाँसी कुवा नजिक बुधबार साँझ खसेको पहिरोको कारण मुग्लिन-पोखरा सडक अहिले पनि अवरुद्ध रहेको छ । पृथ्वीराजमार्ग अन्तर्गत व्यास नगरपालिका-१२ घाँसीकुवामा ठुलो पहिरो खसेका कारण मुग्लिन- पोखरा सडक पुर्णरुपमा अवरुद्ध रहेको हो । हिजो खसेको पहिरो पन्छाउने काम भने आज केहीबेर अघिदेखि पन्छाउने शुरु गरिएको प्रहरीले जनाएको छ । […]
नेप्सेमा सामान्य वृद्धि, १८ अर्बको कारोबार

सामाजिक फीड जनकपुरधाम, भाद्र ५ आज नेप्सेमा सामान्य वृद्धि भएको छ । बुधबार नेप्से परिसूचक २.११ अङ्कले बढेर २९६८.४४ बिन्दुमा कायम भएको हो । आज ३३७ कम्पनीको ४ करोड १४ करोड ५४ हजार ६११ कित्ता शेयर २ लाख १४ हजार ३ सय १९ पटक खरिदबिक्री हुँदा १८ अर्ब ९० करोड ६३ लाख ७३ हजार ९९२ […]
श्रीमतीको हत्या गरेको अभियोगमा प्रक्राउ

सामाजिक फीड जनकपुरधाम, भाद्र ५ आफ्नै श्रीमती ३० वर्षीया रन्जना गौतम अधिकारीको हत्या गरेको अभियोगमा शिवसताक्षी नगरपालिका-८ शिवालय टोल बस्ने ४७ वर्षीय ओम प्रकाश अधिकारीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । ओम प्रकाशले घरायसी बिवादको कारण खुकुरी प्रहार गर्दा रन्जनाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले ओम […]