Samajik Feed – News Portal from Nepal

गण्डकी प्रदेशका मुख्यमन्त्रीद्वारा नेपाल–भारत मित्रताको प्रशंसा

सामाजिक फीड-माघ १३ गते – जनकपुरधाम । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल र भारतबीचको सम्बन्ध साँचो मित्रता र साझेदारीमा आधारित रहेको बताएका छन्। भारतीय गणतन्त्र दिवसको ७६औँ वार्षिकोत्सवको अवसरमा भारतीय पेन्सन वितरण कार्यालय, पोखराद्वारा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले आपसी विश्वास, सम्मान र सहकार्यले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बन्ने विश्वास व्यक्त गरे। […]

७२औँ विश्व कुष्ठरोग दिवसमा महोत्तरीमा चेतना अभियान

सामाजिक फीड-माघ १३ गते – जनकपुरधाम । महोत्तरीको सिंग्याही–महोत्तरी नगरपालिकामा ७२औँ विश्व कुष्ठरोग दिवसको अवसरमा लल्गढ कुष्ठरोग अस्पताल तथा सेवा केन्द्रले भव्य कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा र्‍याली, अन्तरक्रियात्मक कार्यक्रम र कुष्ठरोग सचेतना अभियान जस्ता गतिविधिहरू उत्साहपूर्वक सम्पन्न भए। सार्वजनिक स्वास्थ्य प्रमुख, स्वास्थ्य चौकी इन्चार्ज, तथा लल्गढ अस्पतालका प्रतिनिधि कृष्णप्रसाद सुवेदी र ललिता लभको विशेष […]

तीन पुस्ताको संघर्ष र मिठास बिन्धिको दही पसल

सामाजिक फीड- जनकपुरधाम माघ १३ गते । जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धिमा अवस्थित बिन्धिको दही पसल ५० वर्षभन्दा बढी पुरानो इतिहास बोकेको एक प्रतिष्ठित नाम हो। मोहन मण्डल धानुकले पान पसलबाट सुरु गरेको व्यवसाय तीन पुस्ताको मेहनत र समर्पणले आज जनकपुरधामकै प्रख्यात दही पसलको रूपमा स्थापित भएको छ। कुराकानी गर्दै कर्ममा हामीले थाहा पायो २०२६ सालमा मोहनका […]

प्रि ओपन सेसनमा २ करोड ११ लाख ७८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार

जनकपुरधाम, माघ १३। सामाजिक फीड। प्रि ओपन सेसनमा नेप्से सूचक २.४० अंकले बढेको छ । यससँगै सूचक २६५६.७५ विन्दुमा आएको छ । २ करोड ११ लाख ७८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ७० कम्पनीको १५ हजार ३ सय ८८ कित्ता सेयर कारोबार भएको छ ।   २८ कम्पनीको भाउ बढेको छ भने […]

मुख्यमन्त्री सिंहद्वारा प्रदेशसभा सदस्यहरूको आलोचना शिक्षा र कृषिमा भाषण, काम सडक र मन्दिर निर्माणमा सीमित

समाजिक फिड – जनकपुरधाम, माघ १३ मुख्यमन्त्री सिंहद्वारा प्रदेशसभा सदस्यहरूको आलोचना: शिक्षा र कृषिमा भाषण, काम सडक र मन्दिर निर्माणमा सीमित जनकपुरधाम, शनिबार – मुख्यमन्त्री सतीशकुमार सिंहले मधेश प्रदेशका प्रदेशसभा सदस्यहरू भाषणबाजीमै सीमित रहेको टिप्पणी गरेका छन्। प्रधानाध्यापक संघद्वारा आयोजित ‘शिक्षा संवाद’ कार्यक्रममा बोल्दै उनले सदस्यहरूले शिक्षा र कृषिमा लगानीका ठूला कुरा गरे पनि बजेट […]

तराईमा हुस्सु र शीतलहरले जनजीवन प्रभावित

समाजिक फिड – जनकपुरधाम, माघ १३ l जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जानकारी दिएको छ। महाशाखाका अनुसार कोशी, बागमती, र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली भए पनि अन्य स्थानमा मौसम मुख्यतया सफा छ। तर, तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरोका कारण जनजीवन प्रभावित बनेको […]

नेपाल-भारत सिमा संवाद समूहको अवलोकन भ्रमण

समाजिक फिड – जनकपुरधाम, माघ १३ नेपाल-भारत खुला सिमाको विशेषता र यसको प्रभावलाई उजागर गर्न वरिष्ठ पत्रकार चन्द्रकिशोरको नेतृत्वमा नेपाल-भारत खुला सिमा संवाद समूहले सीमाक्षेत्रको अवलोकन गरेको छ। समूहका अध्यक्ष डा. राजीव झा, प्रवक्ता प्रमोद रंगी, बाल अभियानी आदित्य झा लगायतको टोलीले बिदेह नगरपालिका वार्ड नम्बर-२ दुहबीस्थित ऐतिहासिक दुर्गा मन्दिर र दुर्वासा ऋषिको गढको रूपमा […]

नेपालमा रड हानेर भारतमा लुकेर बसेका एक पक्राउ

जनकपुरधाम, माघ १२ । सामाजिक फीड । ज्यान मार्ने उद्योग कसुरका २ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट ककनी गाउँपालिका–४ घर भई काठमाडौं नागार्जुन नगरपालिका–१० स्युचटार बस्ने ३४ वर्षीय अजय लामा र गोरखा बारपाक सुलिकोट गाउँपालिका–७ घर भई काठमाडौं महानगरपालिका–१४ कुलेश्वर बस्ने ३२ वर्षीय दिपक बरामु रहेका छ्न् । काठमाडौं […]

अमेरिकामा ५८३ आप्रवासी पक्राउ, सैन्य विमानबाट देश निकाला प्रक्रिया शुरू

जनकपुरधाम, माघ १२ । सामाजिक फीड । डोनाल्ड ट्रम्प प्रशासनले अवैध आप्रवासीहरु विरुद्ध लगातार कारबाही गरिरहेको छ।  यसैबीच अमेरिकामा सयौं अवैध आप्रवासीलाई पक्राउ गरी देश निकाला गरिएको छ । ह्वाइट हाउसका प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले अमेरिकी अधिकारीहरूले ५३८ गैरकानुनी आप्रवासीलाई पक्राउ गरेको र सयौंलाई सैन्य विमान प्रयोग गरेर देश निकाला गरेको बताए। क्यारोलिन लेभिटले भने, […]

मिटरब्याज शोषण विरुद्ध किसान-मजदुर आन्दोलनको जनजागरण अभियान घोषणा, सरकारलाई दबाब दिन तयारी

सामाजिक फीड-माघ ११ गते – जनकपुरधाम । मिटरव्याज विरूद्ध किसान मजदुर आन्दोलन नेपालले जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै मिटरव्याज विरोधी जनजागरण अभियानको शुरुवात माघ १४ गते सोमबारबाट गर्ने घोषणा गरेको छ। आन्दोलनका केन्द्रिय अध्यक्ष अवधेश कुशवाहाले संसदमा मिटरव्याजको विरूद्ध कानूनी प्रावधान बनेपनि यसको कार्यान्वयनमा ढिलाई भइरहेको र ६० हजार निवेदनको बावजूद १० प्रतिशत मात्र मुद्दा समाधान […]