शिक्षकविरुद्ध नक्कली प्रमाणपत्र प्रकरणमा कानूनी मुद्धा

सामाजिक फीडजनकपुरधाम, जेष्ठ २२ गते महोत्तरीस्थित श्री राष्ट्रिय प्राथमिक विद्यालयका अनुदान कोटा (राहत) शिक्षक अशोक कुमार साहविरुद्ध नक्कली प्रमाणपत्रको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार साहले कामेश्वर सिंह दरभंगा संस्कृत विश्वविद्यालय, बिहार, भारतबाट नवीन उत्तर मध्यमा तह उत्तीर्ण गरेको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेका थिए। साह २०६९ […]
भारतमा बिजेपीले बहुमत गुमाउने निश्चित !

सामाजिक फीडजनकपुरधाम, जेष्ठ २२ गते भारतको लोकसभा निर्वाचनको मतगणना जारी रहेको छ । आज बिहान ८ बजेदेखि शुरु भएको मतगणनाको अहिलेसम्मको गणनामा भारतीय जनता पार्टीले बहुमत नल्याउने निश्चित भएको छ । ५४३ सदस्यीय लोकसभामा बहुमतको लागि २७२ सांसद आवश्यक हुनेमा भाजपा अहिलेसम्म २४१ सिटमा मात्र अगाडी रहेको छ । २०१९ को निर्वाचनमा भाजपाले ३०३ सिट […]
अर्थमन्त्री पुन र एमसीसी उपाध्यक्ष ब्रुक्सबीच भेट

सामाजिक फीड, काठमाडौं, २२ जेठ । अर्थमन्त्री वर्षमान पुन र मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष जोनाथन ब्रुक्सबीच भेट भएको छ । नेपाल भ्रमणमा रहेका उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोलीले मन्त्री पुनलाई मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गरेको हो । भेटमा मन्त्री पुनले एमसीसी परियोजनाको काम पूर्वनिर्धारित मितिमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले आयोजना […]
घाँटी रेटेर भारतीय नागरिकको हत्या

सामाजिक फीडजनकपुरधाम, जेष्ठ २२ गते भारतीय सिमानासँग जोडिएको रौतहट जिल्लाको राजपुर नगरपालिकामा एक जना भारतीय नागरिकको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ। राजपुर-१ पिपरा भगवानपुरको पूर्वपट्टी इद्रिस गेटछेउ हुलाकी सडक खण्डमा ४५ वर्षीय भारतीय नागरिकको हत्या गरिएको अवस्थामा शव फेला परेको हो। घटना प्रकृतिअनुसार धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको प्रहरीको प्रारम्भिक […]
एमाले सचिव भट्टराईको आरोप: मेयर बालेन्द्र साहले संयमता गुमाउँदै

सामाजिक फीडजनकपुरधाम, जेष्ठ २२ गते नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले संयमता गुमाउँदै गएको आरोप लगाउनुभएको छ। मंगलवार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सचिव भट्टराईले मेयर साहलाई संयमता र सद्भावको प्रतीकका रुपमा अध्यक्ष ओलीले तबला उपहार दिए पनि प्रमुख साहले त्यसको विपरीत आचरण देखाएको बताउनुभयो। सचिव भट्टराईले मेयर साहलाई संविधानले […]
बागमती नदीमा मेयरकै सहमतीमा मापदण्ड विपरित उत्खनन हुँदै

सामाजिक फीडजनकपुरधाम,जेष्ठ २२ गते । रौतहटमा पर्ने बागमती नदीमा मापदण्ड विपरित उत्खनन भइरहेको पाइएको छ । बृन्दावन नगरपालिकाका मेयर विनोदप्रसाद कुर्मीको सहमतीमा बागमतीमा गैरकानुनी उत्खनन् भइरहेको छ। बृन्दावन नगरपालिकास्थित बागमती नदीबाट नदीजन्य पदार्थ निकाल्ने विषयमा दुई पक्षबीच सोमवार उत्खननको विषयलाई लिएर विवाद समेत भएको छ । मेयर कुर्मी पक्षले नदीजन्य पदार्थ उठाउने र पूर्वमेयर रामस्नेही […]
भारतको लोकसभा निर्वाचनमा सुरुवाती रुझानमा भाजपा नेतृत्वको गठबन्धनलाई बहुमत

सामाजिक फीडजनकपुरधाम , जेष्ठ २२ गते । भारतको लोकसभा चुनावको मतगणना जारी छ। लोकसभाको ५४३ सिटमध्ये ५४२ सिटमा मंगलबार साँझसम्म नतिजा आउनेछ। भारतको लोक सभा निर्वाचनको मत गणना चलिरहेको छ । सुरुआती रुझानमा नरेन्द्र मोदी नेतृत्वको गठबन्धन एनडीएले बहुमत सिटमा अग्रता लिएको छ । ५४३ सदस्यीय लोक सभामा बहुमतका लागि २७२ चाहिन्छ । समाचार तयार […]
पहिलो खेलको जित हाम्रो लक्ष्य : कप्तान रोहित पौडेल

सामाजिक फीडजनकपुरधाम, जेष्ठ २२ गते नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले टी-२० विश्वकप-२०२४ को पहिलो खेललाई लिएर उच्च उत्साह प्रकट गरेका छन्। आज राति साढे ९ बजे नेपालले नेदरल्याण्ड्ससँग खेल्दै विश्वकप-२०२४ को यात्रा सुरु गर्नेछ। प्रिम्याच कन्फ्रेन्समा कप्तान पौडेलले भने, “हामी सबैजना यो खेलको लागि निकै उत्साहित छौं। यो प्रतियोगिता हाम्रो लागि अत्यन्त महत्वपूर्ण […]
दैलेख केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प

सामाजिक फीडजनकपुरधाम, जेष्ठ २२ गते आज बिहान १०:३० बजे दैलेख केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार यस भूकम्पको धक्का दैलेखका साथै आसपासका जिल्लाहरुमा पनि महसुस गरिएको छ। हालसम्म भूकम्पले के कति क्षति पुर्याएको छ भन्ने बारेमा जानकारी प्राप्त भएको छैन। samajik_feedsamajikfeed.com
काठमाडौँ महानगरले तीन ठाउँमा टी-२० विश्वकप निःशुल्क देखाउने

सामाजिक फीड, काठमाडौँ, २२ जेठ । खेलप्रेमीहरूले काठमाडौँका टुँडिखेल, तीनकुने र हाँडीगाउँमा ठूलाे पर्दामा टी-२० विश्वकप क्रिकेट खेल हेर्न पाउने भएका छन् । काठमाडाैँ महानगरले यी तीन ठाउँमा खेलको लाइभ देखाउन लागेको हो । नेपाली समयअनुसार आज साँझ सवा नौ बजेदेखि खेल हुनेछ । यो खेल हेर्नका लागि ठूला एलईडी स्क्रीन राखिनेछन् । महानगरपालिकाले ओपन […]