Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम,जेष्ठ २२ गते ।

रौतहटमा पर्ने बागमती नदीमा मापदण्ड विपरित उत्खनन भइरहेको पाइएको छ । बृन्दावन नगरपालिकाका मेयर विनोदप्रसाद कुर्मीको सहमतीमा बागमतीमा गैरकानुनी उत्खनन् भइरहेको छ।

बृन्दावन नगरपालिकास्थित बागमती नदीबाट नदीजन्य पदार्थ निकाल्ने विषयमा दुई पक्षबीच सोमवार उत्खननको विषयलाई लिएर विवाद समेत भएको छ ।

मेयर कुर्मी पक्षले नदीजन्य पदार्थ उठाउने र पूर्वमेयर रामस्नेही यादव पक्षले उठाउन नदिने पक्षमा अडान लिएको कारण विवाद हुँदा अवस्था तनावग्रस्त बनेको थियो।

र्इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओमप्रकाश खनालको नेतृत्वमा सोमबार राति गएको टोलीले दुवै पक्षलाई सम्झाई बुझाई अवस्था साम्य पारेको थियो।

दुवै पक्षबाट जम्मा भएका सयौं मानिस पटक९पटक घम्साघम्सी गर्न थालेपछि अवस्था नियन्त्रणमा लिन निकै कठिनाई भएको थियो। तर, जसोतसो सम्झाएर पठाएपछि कुनै अप्रिय घटना भएन डिएसपी खनालले जानकारी दिएका छन्।
मेयर पटेलले बागमती नदीको टेण्डर आहृवान नगरी बृन्दावन नगरपालिका १ बलेरीस्थित बागमती नदीबाट अमानतमा आफ्ना मानिसमार्फत् नदीजन्य वस्तु निकाल्न थालेपछि विवाद उत्पन्न भएको थियो।

मेयर कुर्मीले आर्थिक लाभको लागि आफ्नै नजिकका मिनिस तथा आफन्तलाई अमानतमा बागमती नदीको ठेक्का दिएर गैरकानुनी रूपमा नदीजन्य पदार्थ निकाल्न थालेको पूर्वमेयर रामस्नेही ले दाबी गर्दै आएका छन्।

गत आइतबारदेखि नदीजन्य पदार्थ निकाल्न सुरू गरेपछि ठूलो संख्यामा गाउँलेहरू नदीमै पुगेर केही समय रोक लगाएका थिए।

लगत्तै मेयर कुर्मीले प्रहरीको सहयोगमा बागमतीमा पुनः उत्खनन् सुरु गरेको पूर्वमेयर यादवले आरोप लगाएका छन्।

नियमविपरीत पालिकाले बागमतीमा स्काभेटर प्रयोग गरेर टिपरबाट नदीजन्य वस्तु निकाल्न थालेको पूर्वमेयर यादवको भनाइ छ। तर, गैरकानुनी रुपमा उत्खनन् भइरहेको आरोप लागे पनि प्रहरीसमेतले मेयर पटेललाई सहयोग गरिरहेको छ।

बागमती नदी उत्खनन् नगर्न गाउँलेले पटक–पटक गरेको आग्रहविपरीत मेयर पटेलले प्रहरी परिचालन गराएर नदीजन्य पदार्थ निकाल्ने गरेको बृन्दावन नगरपालिका९१ का पूर्ववडाध्यक्ष सुबोध पटेलले गुनासो गरेका छन्। मेयर कुर्मीले सोमबार साँझ पिकनिकको निहुँमा ठूलो संख्यामा मानिस जम्मा गरेर नदी उत्खनन् गराइरहेको गाउँलेहरूले बताएका छन्।

जेठ महिनाको अन्तिम साता नदी उत्खनन् बन्द गर्ने समयमा मेयर कुर्मीले उत्खनन् गराइरहेको आरोप लागेको छ।

अनियन्त्रित रूपमा बागमती नदीमा भइरहेको उत्खननले रमौली, हरैया, समनपुरलगायत आधा दर्जन गाउँहरू जोखिममा पर्ने ठूलो खतरा रहेको गाउँलेहरूले बताएका छन्।


मेयर पटेल भने यस विषयमा प्रतिक्रिया दिन सम्पर्कमा आउन चाहेनन्। उता जिल्ला समन्वय समिति रौतहटका सभापति राम अयोध्या यादवले उत्खनन विषयमा अनभिज्ञता प्रकट गरेका छन्।

‘गैरकानुनी रुपमा उत्खनन गर्नु हुँदैन, कारबाही गर्न हामीसँग स्रोतसाधन छैन’ भन्दै सभापति यादवले ‘के साँच्तै बागमती नदीमा अवैध उत्खनन् भइरहेको हो तरु’ भन्दै उल्टै प्रश्न गरे।
पछिल्लो समय समन्वय समितिसँगै नियमनकारी निकायको मौनताको कारण बागमती, लालबकैया, चाँदी लगायतको नदीबाट व्यापक रुपमा नदीजन्य पदार्थको दोहन भएको छ। तर, जिल्ला समन्वय समितिसँगै नियमनकारी निकायहरू मौन बसेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!