Samajik Feed – News Portal from Nepal

पोखरामा प्रधानमन्त्रीलाई कालोझण्डा !

सामाजिक फीडजनकपुरधाम, जेष्ठ २३ गते मधेस प्रदेश; प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पोखराममा कालोझण्डा देखाइएको छ । पोखरामा पार्टी कार्यकर्तालाई सम्बोधन गर्न पोखरा सभागृह आउनेक्रममा सूर्यदर्शन सहकारी पीडितले प्रधानमन्त्री प्रचण्डलाई कालो झन्डा प्रदर्शन गरेका थिए ।  प्रहरीले कालोझण्डा देखाउने केहि सहकारी पिडितलाई पक्राउ गरेको छ । आफुलाई कालोझन्डा देखाएपछि उनले सरकार सरकार पीडितहरूको पक्षमा रहेको र ५ […]

निजगढ नगरपालिकाको बजेट निर्माणमा सरोकारवालासँग सहमति, सुझाव र सल्लाहका लागि छलफल

सामाजिक फीडजनकपुरधाम, जेष्ठ २३ गते मधेस प्रदेश ;निजगढ नगरपालिकाले आगामी वर्षको बजेट निर्माणमा शिक्षा, स्वास्थ्य, कृषि, र खानेपानिलाई प्राथमिकता दिने तथा नगरवासीको राय र सुझाव संकलन गर्ने तिर्था प्रक्रिया सुरु गरेको छ। निजगढ नगरपालिकाले सोमबारबाट छलफलमा सहमति प्राप्त सरोकारवालासँग सरोकारको तयारीमा अग्रसर गरिरहेको छ। बजेट निर्माणमा पहिलो पटक नगरवासीको राय र सुझाव संकलनका लागि नगरपालिकाले […]

चाबहिलमा पुरुषको पेट्रोल छर्केर आगो लाग्दा, ५ जना घाइते

सामाजिक फीडजनकपुरधाम, जेष्ठ २३ गते काठमाडौँ महानगरपालिका–७ चाबहिल स्थित सरस्वती नगरमा एक पुरुषले पेट्रोल छर्केर आफैँलाई आगो लगाएपछिको घटनामा ५ जना घाइते भएका छन् । बुधबार ५५ वर्षीय चञ्चल बहादुर सिंहले आफ्नै शरीरमा आगो लगाउँदा उनीसहित रिवारका ५ जना घाइते भएका हुन् ।घाइते हुनेमा सिंहसहित उनका ३ जना छोरी र पत्नी छन् । घाइतेहरूलाई उपचारको […]

मोदीले गठबन्धन सरकारको सम्भावना सञ्चालित गर्न सक्छन्?

सामाजिक फीडजनकपुरधाम, जेष्ठ २३ गते भारतमा भएको आम निर्वाचनको नतिजामा सत्तारुढ दल भारतीय जनता पार्टीले बहुमत हासिल गर्न नसकेपछि गठबन्धनको सरकार बनाउनु पर्ने बाध्यता बनेको छ। भाजपाले यस निर्वाचनमा २४० सिट मात्र जितेपछि अब सरकार बनाउन अन्य दलमा भर पर्नुपर्ने भएको हो। भाजपा नेतृत्वको एनडीए गठबन्धनले २९२ सिट जितेपनि भाजपा सहयोगी दल भरपर्दो नभएको भन्दै […]

सर्लाहीमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

सामाजिक फीड, सर्लाही, २३ जेठ । सर्लाहीमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा बाग्मती नगरपालिका २ डुमरी टोल बस्ने २० वर्षीय दिपशरण चालिसे र बाराको कोल्हबी नगरपालिका १ बस्ने ६५ वर्षीय निलबहादुर प्रसाईको मृत्यु भएको हो । हरिवन नगरपालिका १० सुखेपोखरीस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जादैँ गरेको ना. ६ ख ४९८९ नम्बरको […]

मधेस प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने

सामाजिक फीडजनकपुरधाम, जेष्ठ २३ गते मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज पाँचौँ पटक विश्वासको मत लिदै छन् । केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीले सरकार छोडदै समर्थन फिर्ता लिएपछि यादव नेतृत्वको सरकार अल्पमतमा रहेको छ । कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार […]

बिहीबार मिथिलाञ्चलमा विशेष पूजा: मनाइँदै वटसावित्री पर्व

सामाजिक फीडजनकपुरधाम, जेष्ठ २३ गते धनुषासहित समस्त मिथिलाञ्चलमा पतिका दीर्घ जीवन र सुस्वास्थ्यको कामना गर्दै भोलि बिहीबार वटसावित्री पर्व मनाइँदैछ । ज्येष्ठ कृष्णपक्षको आमावस्यामा मिथिलाञ्चलका विवाहित महिलाले पतिको दीर्घायुको कामना गर्दै  वटसावित्री पर्व मनाउने पण्डित दिगम्बर झा बताउछन् । वटसावित्री पर्वमा पतिको दीघार्युको कामना वर र पीपलको पूजा गरिन्छ । पान, सुपारी, केरालगायत फलफूल चढाएर […]

कच्चा तेलको मूल्यमा ठूलो गिरावट: एक सातामा औसत ८ प्रतिशतको कमी

सामाजिक फीडजनकपुरधाम, जेष्ठ २३ गते पछिल्लो एक सातामा कच्चा तेलको मूल्यमा औसत ८ प्रतिशतको गिरावट आएको छ। डब्लूटीआई कच्चा तेलको मूल्य ८.३ प्रतिशतले घटेर, जेठ १५ गते प्रतिब्यारेल ७९.८३ डलरबाट बुधबार बिहान १० बजे ७३.२० डलरमा झरेको छ। ब्रेन्ट तेलको मूल्यमा पनि उल्लेखनीय गिरावट देखिएको छ। यो मूल्य प्रतिब्यारेल ८३.९४ डलरबाट घटेर ७७.४९ डलरमा झरेको […]

टी-२० विश्वकप: नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित हुँदै नेपालको निराशाजनक शुरुवात

सामाजिक फीडजनकपुरधाम, जेष्ठ २३ गते टी-२० विश्वकपको शुरुवात नेपालका लागि निराशाजनक रह्यो, जसमा मंगलबार राति सम्पन्न खेलमा नेदरल्याण्ड्ससँग ६ विकेटको पराजय भोग्नु पर्‍यो। नेपालले दिएको १०७ रनको लक्ष्य नेदरल्याण्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो। नेदरल्याण्ड्सको जितमा म्याक्स ओ डाउडले अविजित ५४ रनको योगदान दिए। नेपाली बलर सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, र अविनाश […]

मधेश प्रदेशसभा: दुई वटा विधेयक दफाबार छलफलका लागि समितिमा पठाउन स्वीकृति प्रदान

सामाजिक फीड, जनकपुरधाम, २२ जेठ । मधेश प्रदेशसभाले दुई वटा विधेयक दफाबार छलफलका लागि समितिमा पठाउन स्वीकृति दिएको छ । मंगलबार बसेको मधेश प्रदेशसभाको तेश्रो अधिवेशनको दोश्रो बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेका तर्फबाट खेलकुद तथा समाज कल्याणमन्त्री सरिताकुमारी साहले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० लाई दफाबार छलफलका […]