Samajik Feed – News Portal from Nepal

२०२२ को नोबेल शान्ति पुरस्कार बेलारुसका मानवअधिकार अधिवक्ता एलेस बिलियात्स्कीलाई

२१ असोज, जनकपुरधाम। सन् २०२२ को नोबेल शान्ति पुरस्कार बेलारुसका मानवअधिकार अधिवक्ता एलेस बिलियात्स्की, रुसी मानवअधिकार संगठन मेमोरियल र युक्रेनी मानवअधिकार संगठन सेन्टर फर सिभिल लिबर्टिजलाई प्रदान गरिएको छ। samajik_feedsamajikfeed.com

नेकपा एमालेका नेता गंगा चौधरी सत्गौवाले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

२१ असोज, जनकपुरधाम। चौधरी दाङ १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार हुने दौडमा थिइन् । तर एमाले नेतृत्वले शान्ता चौधरीलाई उम्मेदवार बनाउने तयारी गरेपछि चौधरी असन्तुष्ट बनेकी हुन् । संघमै दाबी गरेका रेवतीरमण शर्मालाई भने प्रदेशमा उम्मेदवार बनाउने तयारी एमालेको छ । samajik_feedsamajikfeed.com

भारतको वन्दे भारत एक्सप्रेस परे दुर्घटनामा

२१ असोज, जनकपुरधाम । भारतमा वन्दे भारत एक्सप्रेस ट्रेन उदघाटन भएको १ हप्ता नहुँदै भैंसीसँग ठोकिँदा ४ भैंसीको मृत्यु भएको छ भने ट्रेनको ईन्जन क्षति भएको छ । ट्रेन भारतको मुम्बई देखि गंधिनगर जाँदै थियो। १ हफ्ता पहिले भारतका यासस्वी प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा ट्रेनलाई हरियो झन्डा देखाई उद्घाटन गरिएको थियो। samajik_feedsamajikfeed.com

महोत्तरी जिल्लाको जलेश्वर, वल्वा, पिपरा, रामगोपालपुर र बर्दिबासमा निर्वाचन आयोगले अधिकृतको कार्यालय स्थापना गरेको छ।

२१ असोज, जनकपुरधाम। प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि महोत्तरी जिल्लाको विभिन्न ठाउँमा निर्वाचन आयोगद्वारा अधिकृतका लागि कार्यालय स्थापना गरेको छ। यस अघिका निर्वाचनमा सदरमुकाम जलेश्वरमा मात्र मतगणना हुने भएता पनि आसन्न निर्वाचनको मतगणना चारै ठाउँमा हुने जिल्ला निर्वाचन आयोगले जनाएको छ । samajik_feedsamajikfeed.com

दाङ जिल्ला वर्षाको कारण प्रभावित, डुबानमा देउखुरी

२१ असोज, जनकपुरधाम। वर्षाले दाङ जिल्ला पनि प्रभावित भएकाले धेरै ठाउँको जनजीवन कष्टकर बनेको छ । देउखुरी क्षेत्रको पथरगढवा गाउँ डुबानमा परेको छ । samajik_feedsamajikfeed.com

चंदिगिरीमा पहिरो गिर्दा एउटै घरको ३ जनाको ज्यान गएको छ |

२१ असोज, जनकपुरधाम। बागमती प्रदेश स्थित चन्द्रगिरिमा हिजो मध्यराति पहिरो आएको थियो। पहिरोमा परेर एउटै घरको ३ जनाको ज्यान गएको छ। मृत्यु हुनेमा चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २ मा पर्ने रेक्की ध्यान केन्द्र पुरिंदा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी उनकी छोरी सारथिको मृत्यु भएको वडा अध्यक्ष भाइकृष्ण […]

एमाले जसपाको सहमति क्षेत्र नम्बर ३ मा अड्कियो

२१ असोज, जनकपुरधाम। नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच सहमतिको अन्तिम प्रयास भइरहेको नेताहरुले बताएका छन्।जसपा नेताहरुका अनुसार एमालेसँग गठबन्धन गर्दा आफूहरुले प्रतिनिधिसभाका २४ सिट पाउने सम्भावना छ । मधेस प्रदेशको १६ र अरु प्रदेशमा ८ सिट छ । एमाले नेताहरु भने २२ सिटसम्म दिन तयार देखिएका छन् । samajik_feedsamajikfeed.com

निर्वाचनका उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बसेको छ।

२१ असोज, जनकपुरधाम। प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै छ । बैठक आज दिउँसो १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । samajik_feedsamajikfeed.com

सत्ता गठबन्धनको बैठकमा उपेन्द्र यादवको अनुपस्तिथि

२१ असोज, जनकपुरधाम। सत्ता गठबन्धनको बैठक बिहानदेखि प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । तर जसपाका नेताहरु भने नआएको एक सहभागीले बताए । एमाले नेताहरुका अनुसार आजै अबेरसम्म सिट बाँडफाँट टुंग्याउने प्रयास जारी छ। यादवको अनुपस्थितिमा सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको थियो । samajik_feedsamajikfeed.com