Skip to main content

जनकपुरसहित देशभर खाना पकाउने ग्यासको अभाव, यस्तो छ कारण

सामाजिक फीड– जनकपुरधाम, साउन १९ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाममा खाना पकाउने एलपी ग्यासको अभाव चर्किँदै गएको छ। डिलर र पसलहरूले ‘ग्यास छैन, नाम टिपाएर जानुस्’ भन्दै उपभोक्तालाई फर्काउन थालेपछि सर्वसाधारण खाली सिलिन्डर बोकेर डिलर-डिलर धाउन बाध्य भएका छन्। जनकपुर मात्र होइन, काठमाडौंसहित देशका विभिन्न जिल्लामा पनि यस्तै समस्या देखिएको छ। एक सिलिन्डर ग्यासका लागि हप्तौँसम्म कुर्नुपर्ने […]

सिरहामा गणेश यादवको मृत्यु घटनाको छानबिन गर्न गृह मन्त्रालयद्वारा उच्चस्तरीय समिति गठन

सामाजिक फीड– जनकपुरधाम, साउन १८ गते । आन्दोलनको क्रममा सिरहाका गणेश यादवको गोली लागेर मृत्यु भएको घटनापछि निष्पक्ष अनुसन्धानको लागि भन्दै गृह मन्त्रालयले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ।गृहमन्त्री सुदन गुरुङ काठमाडौं फर्किएलगत्तै मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयका सहसचिव पुष्पराज शाहीको संयोजकत्वमा समिति गठन गरिएको हो। गृह मन्त्रालयका उपसचिव कुलशेखर अर्यालका अनुसार समितिको सदस्य–सचिवमा उनी स्वयं आफै पनि रहेका छन् […]

सुनसरी घटनापछि मधेशका आठै जिल्लामा सुरक्षा निकाय ‘हाइ अलर्ट’ मा सामाजिक सद्भाव कायम राख्न सर्वपक्षीय अपिल

सामाजिक फीड– जनकपुरधाम, साउन १३ गते । सुनसरीमा भएको घटनापछि उत्पन्न हुन सक्ने सम्भावित प्रभावलाई मध्यनजर गर्दै मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षाव्यवस्था कडा पारिएको छ। जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायले सदरमुकाम तथा प्रमुख बजार क्षेत्रमा प्रहरी परिचालन बढाउनुका साथै सामाजिक सद्भाव कायम राख्न राजनीतिक दल, नागरिक समाज र धार्मिक अगुवासँग समन्वय तीव्र बनाएका छन्। प्रदेशका आठवटै जिल्लामा […]

कुटपिटपछि साडीले झुन्ड्याएर श्रीमतीको हत्या गर्न खोज्ने युवक पक्राउ

सामाजिक फीड– जनकपुरधाम, साउन १२ गते । सर्लाहीको बागमती नगरपालिका-५ टेकानीस्थित ससुरालीमा आफ्नै श्रीमतीमाथि कुटपिट गरी साडीको पासो लगाएर हत्या गर्ने प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनकौल गाउँपालिका-१ शेखौना निवासी २१ वर्षीय बसन्ता बैठा धोबी रहेका छन्। प्रहरीले जनाएअनुसार सोमबार राति करिब ८ बजे उनले आफ्नी १८ वर्षीया श्रीमती चिन्ता देवीलाई कुटपिट गरेपछि […]

मधेसमा बढ्यो अपराधका मुद्दा, आर्थिक अपराधमा सबैभन्दा ठूलो उछाल

सामाजिक फीड– जनकपुरधाम, साउन ८  गते । मधेस प्रदेशमा अपराधसँग सम्बन्धित मुद्दाको संख्या निरन्तर बढ्दै गएको देखिएको छ। प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२र८३ मा प्रदेशका आठ जिल्लामा १० हजार ७५० वटा मुद्दा दर्ता भएका छन्। यो संख्या अघिल्लो आर्थिक वर्ष २०८१र८२ को तुलनामा १ हजार १५१ ९करिब १२ प्रतिशत० ले बढी हो। आर्थिक वर्ष […]

धनुषामा एकै दिन ४४ जना फरार प्रतिवादी पक्राउ, सबैलाई जेल पठाइँदै

सामाजिक फीड– जनकपुरधाम, साउन ७ गते । धनुषा प्रहरीले अदालतबाट कैद तथा जरिवानाको सजाय सुनाइएपछि फरार रहेका ४४ जना प्रतिवादीलाई एकै दिन पक्राउ गरेको छ। अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएको विशेष अभियानअन्तर्गत उनीहरूलाई बुधबार जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार फरार प्रतिवादीको खोजतलासका […]

धान रोपाइँ गर्न भारतबाट मल ल्याउन गएका सर्लाहीका दुई किसान २१ दिनदेखि जेलमा, जेलबाट निकाल्न बालेन सरकारले बेवास्ता गरेको आरोप

सामाजिक फीड– जनकपुरधाम, साउन ६ गते । नेपाली बजारमा मल नपाएपछि आफ्नै खेतमा धान रोपाइँका लागि मल ल्याउन पुगेका सर्लाहीका दुईजना किसान २० दिनदेखि भारतीय जेलमा थुनिएका छन्। बलरा नगरपालिका-५ का ५५ वर्षीय सुरेशप्रसाद सिंह र ६० वर्षीय नागेन्द्रप्रसाद सिंह आफ्नै साढे दुई बिघा खेतमा धान रोप्न भारतको सोनवर्षाबाट दुई बोरा युरिया र छ बोरा डीएपी खरिद […]

जनकपुरबाट पैदलमार्चमा हिँडेका आन्दोलनरत मिटरब्याज पीडित र सरकारबीच आजै सहमतिपत्रमा हस्ताक्षरको तयारी, को को पुगे सिंहदरबार ?

सामाजिक फीड-जनकपुरधाम, साउन ०१ गते। जनकपुरबाट पैदलमार्चमा हिँडेका आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी भएको छ। बाराको सिमरामा सरकारी टोली र पीडित प्रतिनिधिबीच भएको मौखिक सहमतिलाई लिखित सम्झौताको रूप दिँदै औपचारिकता प्रदान गर्ने तयारी भएको हो। यसका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय (सिंहदरबार) मा सरकारी वार्ता टोली […]

जनकपुरसहित मधेशभर एलपी ग्यासको चरम अभाव, उपभोक्ता मर्कामा

सामाजिक फीड– जनकपुरधाम,असार २६ गते । जनकपुरधामसहित मधेश प्रदेशका अधिकांश जिल्लामा खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएको छ । पछिल्ला केही सातायता ग्यासको नियमित आपूर्ति नहुँदा धनुषा, सिरहा, सप्तरी, महोत्तरी, सर्लाही, रौतहट, बारा तथा पर्सासम्मका उपभोक्ताले ग्यासका लागि डिलर धाउनुपर्ने अवस्था बनेको छ। विशेषगरी कोशी, नोबेल, ग्यास प्रयोग गर्ने उपभोक्ता सबैभन्दा बढी प्रभावित भएका छन्। पर्याप्त […]

सिरहाका वन कार्यालय प्रमुख १२ हजार घुससहित रंगेहात पक्राउ

सामाजिक फीड– जनकपुरधाम,असार २४ गते । सिरहाको सब-डिभिजन वन कार्यालय बन्दीपुरका कार्यालय प्रमुख रामकेवल राय यादव घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासबाट खटिएको टोलीले मंगलबार उनलाई कर्जन्हा नगरपालिका–४मिर्चैयाबाट बाट १२ हजार रुपैयाँ घुससहित रंगेहात नियन्त्रणमा लिएको हो। अख्तियारका अनुसार कर्जन्हा नगरपालिका–२ मा रहेको एक काठ उद्योगले विभिन्न स्थानबाट ल्याएको तीन ट्रक काठको […]