Samajik Feed – News Portal from Nepal

भारत र पाकिस्तानबीच युद्धविराम

एजेन्सी-जनकपुरधाम, बैशाख २७ गते । भारत र पाकिस्तानबीच पूर्ण युद्धविरामको सहमति भएको छ। दुवै देशका उच्च अधिकारीहरूले यो सहमति तत्काल लागू हुने गरी गरिएको बताएका छन् । भारतका विदेश सचिव विक्रम मिस्री र पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेश मन्त्री इसाक डारले युद्धविरामको औपचारिक जानकारी दिएका हुन्। मिस्रीका अनुसार, पाकिस्तानका सैन्य अपरेशन्स निर्देशक (डीएमजीओ) ले भारतीय समकक्षीसँग […]

भारतद्वारा पाकिस्तानमा मिसाइल हमला, ३० जनाको मृत्यु

एजेन्सी-जनकपुरधाम, बैशाख २४ गते । पहलगाम आक्रमणको १५ दिनपछि भारत सरकारले पाकिस्तानमा मिसाइल हमला गरेको छ । भारतीय सेनाका अनुसार पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मिरका आतंकवादी क्षेत्रलाई लक्षित गरी मिसाइल आक्रमण गरिएको हो । यो आक्रमणलाई भारतीय सेनाले ‘अपरेशन सिन्दूर’ नाम दिएको छ । भारत सरकारले जारी गरेको बयानमा भनिएको छ, ‘यस अपरेशनमा पाकिस्तान र […]

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु

एजेन्सीजनकपुरधाम, बैशाख १६ गते । भारतको मध्य प्रदेशमा इनारमा गाडी खस्दा १२ जनाको मृत्यु भएको छ । मध्य प्रदेशको मन्दसौर क्षेत्रमा दुर्घटना भएको हो । मन्दिरतिर जाँदै गरेका भक्तजनहरू दुर्घटनामा परेको त्यहाँको प्रहरीले जनाएको छ । गाडी पहिले मोटरसाइकलसँग ठोक्किएको थियो । त्यसपछि अनियन्त्रित भएर नजिकैको इनारमा खसेको हो । दुर्घटनामा मोटरसाइकल चालकको पनि घटनास्थलमै […]

जम्मुकश्मिरमा आतंककारी आक्रमणमा एक नेपालीसहित २७ जना मारिए

एजेन्सी-जनकपुरधाम, वेशाख १० गते । भारतको जम्मुकश्मिरको पहलगाममा आतंककारीहरुको आक्रमणमा नेपालीसहित २७ जना मारिएका छन् । दैनिक भाष्करले पर्यटकहरुलाई लक्षित गरी भएको आक्रमणमा एक नेपाली, एक यूएई र दुई स्थानीयसहित २७ जना मारिएको जनाएको छ । मृतकहरुको विवरणमा सन्दिप न्यौपाने र उनको देश नेपाल उल्लेख छ । त्यसभन्दा मुनि बितन अधिकारीको नाम समेत छ । […]

युएईमा अब सांसदले होइन, एआईले बनाउनेछ कानून! 

जनकपुरधाम, संयुक्त अरब इमिरेट्स (यूएई) ले अब नयाँ कानून निर्माण तथा विद्यमान कानूनहरूको समीक्षा र संशोधनमा  (AI) को प्रयोग गर्ने निर्णय गरेको छ। यस कदमलाई यूएई सरकारले “AI-सञ्चालित नियमन प्रणाली” को रूपमा घोषणा गरेको छ, जसले विधायन प्रक्रियालाई ७० प्रतिशत छिटो बनाउने दाबी गरिएको छ। यूएईले यसका लागि ‘रेगुलेटरी इन्टेलिजेन्स अफिस’ स्थापना गर्दैछ, जुन एआईमार्फत […]

सांसद विमलेन्द्र निधिको कटाक्ष: ‘साधुसन्तले भनेको भरमा राजतन्त्र फर्किँदैन’

सामाजिक फिडजनकपुरधाम नेपाल कांग्रेसका सांसद विमलेन्द्र निधिले नेपालमा राजतन्त्र फर्किने कुनै सम्भावना नै नभएको बताएका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले देशी-विदेशी साधु-सन्तहरूको भनाइको आधारमा राजतन्त्र फर्किन्छ भन्ने सोच्नु गलत हुने बताएका छन्। निधिले संविधान निर्माणका क्रममा नेपालले विभिन्न चुनौतीहरू सामना गरिसकेको उल्लेख गर्दै अब फेरि राजतन्त्र फर्कने सम्भावना नरहेको स्पष्ट पारे। उनले भने, […]

सिरियामा १४ वर्ष यताकै ठूलो हिंसामा एक हजारभन्दा बढीको मृत्यु

एजेन्सी-जनकपुरधाम, फागुन २६ गते । सिरियामा सरकारी सुरक्षा फौज र पूर्वराष्ट्रपति बसर अल असदका समर्थकबीच शुक्रबार र शनिबार भएको भिडन्तरमा एक हजारभन्दा बढीको मृत्यु भएको छ। यस हिंसामा ७४५ जना सर्वसाधारणका साथै पूर्वराष्ट्रपति असद समर्थक १४८ र सरकारी फौजका १२५ जनाले ज्यान गुमाएको बेलायतस्थित ‘सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स’ (एसओएचआर) ले जनाएको छ ।यो सिरियामा […]

अमेरिकाले युक्रेनलाई सैन्य सहयोग रोकेपछि रुसको प्रतिक्रिया ‘शान्तिको लागि सबैभन्दा ठूलो योगदान’

एजेन्सी-जनकपुरधाम, फागुन २१ गते । युक्रेनलाई अमेरिकी सैन्य सहयोग रोकिएपछि रुसले प्रतिक्रिया जनाएको छ । बीबीसीसँग कुरा गर्दै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले युक्रेनी सरकारलाई शान्ति प्रक्रियामा सामेल गराउन दबाब दिने बताएका छन् । उनले भने- ‘यदि यो (अमेरिकी सैन्य सहायताको निलम्बन) सत्य हो भने, यसले निश्चित रूपमा युक्रेनी सरकारलाई शान्ति प्रक्रियामा सामेल […]

नयाँदिल्ली रेलवे स्टेशनमा भागदौड हुँदा १८ जनाको मृत्यु

एजेन्सीजनकपुरधाम, फागुन ४ गते। भारतको राजधानी नयाँदिल्लीस्थित रेलवे स्टेशनमा भागदौड हुँदा १८ जनाको ज्यान गएको छ । घटनामा पाँच बालबालिका, नौ महिला र तीन पुरुष परेका छन् भन्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। शनिवार राति साढे ९ बजे महाकुम्भ मेला हेर्न उत्तरप्रदेशतर्फ जाने यात्रुको भीडले भागदौड मच्चाएको हो। रेल मन्त्रालयका प्रवक्ता दिलिप कुमारका अनुसार, प्रयागराज एक्सप्रेस […]

अमेरिकाले युएसएआईडीको वेबसाइट बन्द गर्‍यो, कर्मचारीहरू बिदामा

सामाजिक फीड-जनकपुरधाम, माघ २१ गते । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) को वेबसाइट बन्द गरिएको छ। विश्वव्यापी विदेशी सहायता र विकास सहयोग रोक लगाएपछि अमेरिकी सरकारले शनिबारदेखि वेबसाइट अनलाइनबाट हटाएको हो। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार युएसएआईडीका १०० भन्दा धेरै कर्मचारीलाई बिदामा पठाइएको छ भने झण्डै ३० जना कर्मचारीले आफ्नो इमेल पहुँच गुमाएका छन्। यसैबीच, […]