Samajik Feed – News Portal from Nepal

नेपाली कांग्रेसको मधेश चुनावी सभा स्थगित

सामाजिक फीड-जनकपुरधाम, माघ ११ गते । नेपाली कांग्रेसले यही माघ १६ गते जनकपुरधाममा आयोजना गर्ने भनिएको मधेशको चुनावी सभा स्थगित गरेको छ। मधेश प्रदेश प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताका अनुसार निर्वाचन आयोगको निर्देशन तथा आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने भएकाले उक्त कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको हो। उनले परिस्थितिअनुसार आगामी मिति र कार्यक्रम तालिका पछि सार्वजनिक […]

गगन थापालाई कांग्रेस आज प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै

सामाजिक फीडजनकपुरधाम, फागुन ९ गते । नेपाली कांग्रेस आगामी फागुन २१ मा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टी सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा घोषणा गर्न लागेको छ । आज कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ। दिउँसो १ बजे बस्नेगरी केन्द्रीय कार्यसमिति बैठक बोलाइएको हो।केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको बैठकका लागि विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति र […]

आज विद्याकी देवी सरस्वतीको पूजा गरिँदै

सामाजिक फीडजनकपुरधाम, फागुन ९ गते । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी पर्व आज विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लागेको छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै […]

आज उम्मेदवारको नामावली सार्वजनिक हुँदै

सामाजिक फीड-जनकपुरधाम,माघ ८ गते । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरुको नामावाली आज प्रकाशन गर्दैछ । आयोगले पूर्व निर्वाचन कार्यतालिका अनुसार मंगलबार मनोनयन दर्ता गरेका उम्मेदवारको नामावली प्रकाशन गर्न लागेको हो ।मंगलबार साँझसम्म मनोनय दर्ता भएपछि आयोगले बुधबार उम्मेदवारविरुद्ध उजुरी लिएको थियो । बुधबार साँझ नै दर्ता भएका उजुरीबारे जाँचबुझ गर्ने काम भइसकेकोले आज नामावली प्रकाशन गर्ने […]

प्रतिनिधिसभा निर्वाचनस् ५८३ जना युवा बने उम्मेदवार

सामाजिक फीड-जनकपुरधाम,माघ ७ गते । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि प्रत्यक्ष तर्फ ५८३ जना युवाले उम्मेदवारी दिएका छन् ।प्रत्यक्षबाट निर्वाचित हुने १६५ सदस्यका लागि ३ हजार ४८४ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगका प्रवक्ता नारायाणप्रसाद भट्टराईले जनाएका हुन् । कुल उम्मेदवारमध्ये महिलाको संख्या ३९५ र पुरुषको संख्या ३ हजार ८८ रहेको छ । उमेर […]

एकैदिन सुन तोलामा १० हजारभन्दा बढी महँगियो

सामाजिक फीड-जनकपुरधाम,माघ ७ गते । बुधबार एकैदिन सुनको मूल्य तोलामा १० हजार ४ सय रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ तोकिएको छ, जुन हालसम्मकै उच्च मूल्य हो। अघिल्लो दिन सुन प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय […]

भुक्तानी संकट चुलिँदा शहीद गंगालाल हृदय केन्द्रद्वारा स्वास्थ्य बीमा सेवा बन्द

सामाजिक फीड-जनकपुरधाम, माघ १ गते । स्वास्थ्य बीमा कार्यक्रम चरम आर्थिक संकटमा फसेसँगै ठूला अस्पतालहरुले धमाधम यो सेवा रोक्न थालेका छन् । बीमा बोर्डबाट समयमै भुक्तानी नआएपछि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले स्वास्थ्य बीमा अन्तर्गतका सेवा अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ।अस्पताल प्रशासनका अनुसार शोधभर्ना बापत पाउनुपर्ने रकम लामो समयदेखि नआएकाले बीमा कार्यक्रम प्रभावकारी […]

कारबाहीपछि कांग्रेस विवाद नयाँ चरणमा

सामाजिक फीड-जनकपुरधाम, पुस ३०गते । नेपाली कांग्रेसले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गर्ने निर्णय गरेसँगै पार्टीभित्रको विवाद नयाँ चरणमा प्रवेश गरेको छ। बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले विशेष महाधिवेशन पक्षधर यी तीन पदाधिकारीले पार्टी हितविपरीत गतिविधि गरेको ठहर गर्दै कारबाहीको निर्णय गरेको हो। तर, कारबाहीको […]

विशेष महाधिवेशन विवादले कांग्रेस फुट्यो

सामाजिक फीड-जनकपुरधाम, पुस ३०गते । नेतृत्व परिवर्तन र पार्टी रुपान्तरणको मागलाई सम्बोधन गर्न संस्थापन पक्ष तयार नभएपछि नेपाली कांग्रेस औपचारिक रूपमा विभाजित भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको समूहले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई पाँच वर्षका लागि कारबाही गर्ने निर्णय गरेको छ। यसैबीच, विशेष महाधिवेशन पक्षले सभापतिमा गगन थापालाई चयन […]

माघ ५ गते जनकपुरधाम आइरहेका बालेनलाई महोत्तरीबाट चुनाव लडन आग्रह

सामाजिक फीड-जनकपुरधाम, पुस ३०गते । मेयरको रुपमा देशमै चर्चित रहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई महोत्तरी बाटै लडन नेता तथा कार्यकर्ता तथा आफन्तले आग्रह गरेका छन् ।महोत्तरीको एकडारामा पुर्ख्यौली घर रहेका बालेनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीको रुपमा अगाडि सारेपछि उनलाई महोत्तरीबाट चुनाव लडन उनका आफन्त एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताहरूले आग्रह गरेका छन्। आफ्नै […]