Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम,माघ ७ गते ।

बुधबार एकैदिन सुनको मूल्य तोलामा १० हजार ४ सय रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ तोकिएको छ, जुन हालसम्मकै उच्च मूल्य हो। अघिल्लो दिन सुन प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य तीव्र रूपमा बढेपछि त्यसको प्रभाव नेपाली बजारमा पनि देखिएको हो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४ हजार ८ सय ५० अमेरिकी डलर नाघेको छ।

यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ४० रुपैयाँ बढ्दै आज ५ हजार ९ सय २० रुपैयाँ पुगेको छ। यसअघि चाँदी प्रतितोला ५ हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *