पारिवारिक तनावमा थिए पत्रकार प्रजापति, मेयरले थप तर्साईदिए

जनकपुरधाम, ४ साउन। रौतहटको कटहरिया नगरपालिका–५ कटहरिया गाउँ घरभएका पत्रकार रवीन्द्र प्रजापतिले घरायसी विवादको कारण झुण्डिएर आत्महत्या गरेका छन् । ३० वर्षीय पत्रकार प्रजापति शनिबार राती आफ्नै घरमा झुण्डिएको अवस्थामा फेलापरेका थिए। उनको बुवा हरी पण्डित लगायत परिवारको मानिसले तत्कालै पासो काटेर उपचारको लागि प्राथमिक स्वास्थ केन्द्र कटहरियामा लागेका थिए। तर अस्पतालका डाक्टरले प्रजापती लाई […]
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री

सामाजिक फीडजनकपुरधाम, साउन २ गते l प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको मित्रतालाई नयाँ पुस्तासम्म विस्तार गर्नुपर्ने बताएका छन् ।उनले सम्बन्धलाई अझ अगाडि बढाउने सवालमा नेपाल सरकारका तर्फबाट गर्नुपर्ने काममा कुनै कसर बाँकी नराखिने स्पष्टसमेत गरेका छन् । नेपाल र चीनबीच कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठका अवसरमा फिनिक्स इन्स्पिरेशनद्वारा आज आयोजित नेपाल–चीन सांस्कृतिक शिखर […]
कल्याणपुर नगरपालिकाका मेयर एक लाख रुपैयाँ घुससहित पक्राउ

सामाजिक फीडजनकपुरधाम, असार ३२ गते । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित पक्राउ परेका छन् । आज दिउँसो कार्यालयबाटै घुस रकमसहित रंगेहात अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलिले उनलाई नियन्त्रणमा लिएको हो । आज दिउँसो पौने २ बजेतिर कार्यालयमै पूर्ण भुक्तानीको लागि एक उपभोक्ता समितिबाट एकलाख रकम घुस लिइरहेको बेला रंगेहात […]
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइनेछः प्रधानमन्त्री

जनकपुरधाम, असार ३१ गते- प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्ताङको कोराला नाका अब पूर्ण रूपमा सञ्चालनमा ल्याइने स्पष्ट संकेत दिएका छन्। भौतिक पूर्वाधार निर्माण र वैकल्पिक मार्गको विकासमार्फत कोराला नाकालाई व्यापारिक तथा पर्यटकीय केन्द्रका रूपमा विकसित गर्ने सरकारको योजना रहेको ओलीको भनाइ छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार राति मुस्ताङबाट प्रतिनिधित्व गर्ने संघीय सांसद तथा स्थानीय तहका […]
जहाँ सरकार त्यहाँ भ्रष्टचार र बेथिति: प्रचण्ड

सामाजिक फीड-जनकपुरधाम, असार ३० गते। संसदमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार जहाँ जहाँ छ त्यहा सरकार भएको बताउँदै वर्तमान सरकारले सत्तालाई विचौलियाको स्वार्थ र भ्रष्टाचारीको संरक्षणमा चलाएको बताएका छन् । उनले विशेष गरी भूमिहीन सुकुमवासीका विषयमा उदाहरण दिँदै भने, “मेरो नेतृत्वको सरकारले यसै आर्थिक वर्षमा […]
समयमा नै बिहे गरेर सन्तान जन्माउन प्रधानमन्त्रीको आग्रह
जनकपुरधाम, २७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगसँगै जनसङ्ख्याको समान विकास नभए मानव अस्तित्व खतरामा पर्ने भएकाले समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न आग्रह गरेका छन् । विश्व जनसङ्ख्या दिवसका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले विकास र जनसङ्ख्याको गति सँगै हुनुपर्नेमा जोड दिँदै […]
त्रिविको वार्षिक साधारणसभा सम्पन्न, ८९ हजार बढी दिक्षित हुने

जनकपुरधाम २६ असार – त्रिभुवन विश्वविद्यालयको आजको वार्षिक साधारणसभा बैठकले विभिन्न संकाय र तहमा उत्तिर्ण भएका ८९ हजार एक सय ९१ विद्यार्थीहरुसहितको ६३ औँ ग्रेसलिष्ट पारित गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकले प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकले रजिष्ट्रार प्रा डा केदारप्रसाद रिजालद्वारा प्रस्तुत ग्रेस लिष्ट पारित गरेको हो । […]
मधेश सरकारको अहिलेसम्मकै उच्च बजेट खर्च ७१ %

सामाजिक फीड-जनकपुरधाम, असार २५ गते । मधेश सरकारको विगतको तुल्नामा अहिलेसम्मकै उच्च बजेट खर्च भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा मधेश सरकारको कुल बजेटको ७१.४८ प्रतिशत खर्च भएको हो । यो खर्च परिणाम असार २५ गते मध्यरातिसम्मको अन्ति भुक्तानी विवरण हो । मधेश सरकारले चालु आवका लागि ४३ अर्ब ८९ करोड २१ लाख […]
मधेशमा पानी संकट: सांसद हजारा द्वारा संसदमा दीर्घकालीन समाधानको माग
सामाजिक फीड, जनकपुरधाम – म यो सदनमार्फत ध्यानाकर्षण गराउन चाहन्छु कि हाल मधेश प्रदेशका पर्सा, बारा, रौतहट लगायतका जिल्लाहरूमा खानेपानीको गम्भीर समस्या देखिएको छ। विशेषगरी २०७२ को भूकम्पपछि भूमिगत पानीको सतह अत्यधिक तल झरेको छ, जसका कारण अहिले स्थानीयवासीहरूलाई दैनिक रुपमा पानी लिन निकै कठिनाइ भएको छ। मैले विगतमा तीन पटकसम्म खानेपानी तथा सरसफाइ मन्त्रीहरू […]
चीनतिरबाट आएको बाढीमा रसुवामा १८ जना बेपत्ता, सय बढी गाडी बगेको अनुमान

सामाजिक फीड-जनकपुरधाम, असार २४ गते । चीनतिरबाट आएको भीषण बाढीमा रसुवामा १८ जना बेपत्ता भएका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले ९ जनाको उद्धार गरेको छ । सशस्त्र प्रहरी बलका अनुसार, बेपत्ता हुनेमा नेपाल प्रहरी अन्तरगत इलाका प्रहरी कार्यालय, टिमुरेमा कार्यरत् प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर […]