Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, असार ३२ गते ।

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित पक्राउ परेका छन् ।

आज दिउँसो कार्यालयबाटै घुस रकमसहित रंगेहात अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलिले उनलाई नियन्त्रणमा लिएको हो ।

आज दिउँसो पौने २ बजेतिर कार्यालयमै पूर्ण भुक्तानीको लागि एक उपभोक्ता समितिबाट एकलाख रकम घुस लिइरहेको बेला रंगेहात नियन्त्रणमा लिएको अख्तियार स्रोतले बताएको छ ।

उपभोक्ता समितिले रकम दिन नसकेपछि मेयर साहले योजनाको चेक दिन मानेका थिएनन् ।

एक साताको बार्गेनिङपछि मेयर साहले चेक लिनुअघि कम्तीमा १ लाख रुपैयाँ दिन र चेकको रकम खातामा आइसकेपछि बाँकी रकम दिन उपभोक्ता समितिलाई भनेका थिए ।

अहिले अख्तियारको टोलिले घटनास्थलमा मुचुल्कासहित अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *