कक्षा १२ को पूरक (मौका) परीक्षा भदौ २८ र २९ मा, फारम बुझाउने सूचना सार्वजनिक
सामाजिक फीड, २० साउन । कक्षा १२ को पूरक (मौका) परीक्षा भदौ २८ र २९ मा, फारम बुझाउने सूचना सार्वजनिक राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को पूरक (मौका) परीक्षासम्बन्धी समयतालिका तथा आवेदन फारम बुझाउने प्रक्रिया सार्वजनिक गरेको छ। बोर्डका अनुसार वैशाखमा सम्पन्न वार्षिक परीक्षामा सहभागी भएका नियमित परीक्षार्थीहरूमध्ये सैद्धान्तिक विषयमा न्यूनतम म् […]
एनसेलले सुरु ग¥यो अन्तर्राष्ट्रिय भोल्टे रोमिङ सेवा, भारतबाट सुरु

सामाजिक फीड, २० साउन । एनसेल अब भोल्टे अन्तर्राष्ट्रिय रोमिङ सेवा सुरु गर्ने पहिलो नेपाली टेलिकम कम्पनी बनेको छ। यस सुविधासँगै एनसेलका ग्राहकहरूले अब विदेशमा यात्रा गर्दा पनि फोरजी नेटवर्कमार्फत स्पष्ट आवाजमा कल गर्न र उच्च गतिको डेटा चलाउन सक्नेछन्। सेवा सोमबारदेखि भारतबाट सुरु गरिएको हो, जहाँ एनसेलले एयरटेलसँगको साझेदारीमा आउटबाउन्ड भोल्टे रोमिङ सेवा प्रदान […]
मधेशमा चार स्थानमा भारी वर्षा मापन, किसानलाई राहत

टुडेपाटी-जनकपुधराम, साउन १७ गते । मधेसमा पछिल्लो २४ घण्टामा भएको वर्षाले किसानलाई राहत पुगेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार धनुषा जिल्लाका दुई स्थानमा पछिल्लो २४ घण्टामा भारी वर्षा मापन भएको हो । महाशाखाले २४ घण्टामा ५० मिलिमिटरभन्दा धेरै वर्षा भए त्यसलाई भारी वर्षा भन्ने गरेको छ । महाशाखाका अनुसार यस अवधिमा सबैभन्दा धेरै वर्षा […]
रानी जमरा सिँचाइ आयोजना: १४ हजार हेक्टर भूमि सिंचित, ४.७१ मेघावाट बिजुली उत्पादन
सामाजिक फीड-जनकपुरधाम, साउन १३ गते l प्रधानमन्त्री केपी शर्मा ओलीले आज कैलालीस्थित रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत सिँचाइ, जलविद्युत् उत्पादन र प्रसारण लाइनको उद्घाटन गरेका छन्। प्रधानमन्त्री ओलीले १४ हजार ३०० हेक्टर क्षेत्रफलमा थप सिँचाइ सुविधा उपलब्ध गराउने योजनाको उद्घाटन गर्नुका साथै ४ दशमलव ७१ मेगावाट क्षमताको जलविद्युत् परियोजना र ३३ केभी प्रसारण लाइनको पनि […]
बारामा ५२ लाखभन्दा बढीको सामानसहित ट्रक बरामद
जनकपुरधाम, ११ साउन – सामाजिक फीड – । बाराको सिमरा चोकमा प्रहरीले भन्सार छलीको आशंकामा ५२ लाख भन्दा बढीको विभिन्न सामानसहितको ट्रक नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बाराबाट प्राप्त जानकारीअनुसार विशेष सूचनाका आधारमा शुक्रवार राति १० बजे ईलाका प्रहरी कार्यालय सिमराबाट डिएसपी वेद प्रकाश जोशीको कमाण्डमा खटिएको प्रहरी टोलीले वीरगञ्जबाट नारायणगढतर्फ जाँदै गरेको ना […]
सप्तरीमा करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, साउन १० गते । सप्तरीमा करेन्ट लागेर दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको रुपनी गाउँपालिका–२ पौवाटोल बस्ने ४५ वर्षीय बालेश्वर मण्डल र उनकी श्रीमती ३५ वर्षीया रामकुमारी खंग रहेका छन् । सप्तरी प्रहरीका अनुसार सिटी रिक्सा चार्ज गर्ने क्रममा राति करेन्ट लागरेर मृत्यु भएको भनेर आज बिहान ५ : ४५ बजे […]
कुरा राख्दै रास्वपा र राप्रपाले आजको बैठक पनि बहिष्कार गरे

सामाजिक फीड-जनकपुरधाम, साउन ७ गते। आज पनि प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद बैठक बहिस्कार गरेका छन् । भिजिट भिषा प्रकरणलगायतका भ्रष्टचारको बिषयमा उच्चस्तरीय छानबिन माग गरिरहेका रास्वपा र राप्रपाले आजको बैठक पनि बहिस्कार गरेका हुन् । भिजिट भिषालगायत भ्रष्टचारका बिषयमा उच्चस्तरीय छानिबन आयोग गठन नभएसम्म संसदमा हाम्रो बिरोध रहिरहनेछ, संसदबाट […]
संघ सरकारद्वारा मधेश प्रदेश संकटग्रस्त क्षेत्र घोषणा

सामाजिक फीड-जनकपुरधाम, साउन ७ गते । सरकारले मधेश प्रदेशलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा १ बमोजिम यस्तो निर्णय गरेको हो । सरकारका एक मन्त्रीका अनुसार “नेपाल राजपत्रमा सूचना प्रकाशित भएको मितिले लागू हुने […]
नेपालको वन क्षेत्र ४६.८ प्रतिशत पुग्यो, सरकारले सार्वजनिक गर्यो नक्सा

सामाजिक फीड-जनकपुरधाम, साउन ६ गते। राष्ट्रपति रामचन्द्र पौडेलले नेसनल ल्याण्ड कभर म्याप २०२०– २०२२ राष्ट्रिय भू– ढकान नक्शा आज राष्ट्रपति भवन शीतलनिवासमा सार्वजनिक गरेका छन् । वन तथा वातावरण मन्त्रालय वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रद्धारा प्रकाशित सो भू क्षेत्र नक्शा केन्द्रका निर्देशक डा राजेन्द्र केसीले राष्ट्रपति पौडेललाई प्रदान गरेका हुन । सो अवसरमा राष्ट्रपति पौडेलले […]
जितको लक्ष्यसहित नेपाली महिला फुटबलर बंगलादेशसँग भिडदैँ

जनकपुरधाम, ५ साउन । नेपाली महिला फुटबलरले आज शक्तिशाली मानिएको बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछन् । नेपाली यू–२० महिला फुटबल टोली साफ यू–२० महिला च्याम्पियनसिपको उपाधि लागि आज बंगलादेशसँग भिडन लागेका हो । यस प्रतियोगिताको अन्तिम खेल आज ढाकास्थित बसुन्धरा किंग्स एरेनामा हुदैँछ । सो खेल साँझ ६ः४५ बजेवाट सुरू हुनेछ । हालसम्म बंगलादेशले सबै ५ खेलमा […]