टुडेपाटी-
जनकपुधराम, साउन १७ गते ।
मधेसमा पछिल्लो २४ घण्टामा भएको वर्षाले किसानलाई राहत पुगेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार धनुषा जिल्लाका दुई स्थानमा पछिल्लो २४ घण्टामा भारी वर्षा मापन भएको हो ।
महाशाखाले २४ घण्टामा ५० मिलिमिटरभन्दा धेरै वर्षा भए त्यसलाई भारी वर्षा भन्ने गरेको छ । महाशाखाका अनुसार यस अवधिमा सबैभन्दा धेरै वर्षा धनुषाको तुलसी र हर्दिनाथमा मापन गरिएको छ । तुल्सीमा ६३.८ मिलिमिटर वर्षा भएको छ भने हर्दिनाथमा ५१ मिलिलिटर वर्षा मापन गरिएको छ ।
यस्तै रौतहटको गौरमा ४४.६ र बाराको अमलेखगन्जमा ४६.४ मिलिमिटर वर्षा भएको छ । मधेस प्रदेशका सर्लाही, महोत्तरी लगायतका जिल्लामा पनि हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ ।