Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, साउन १० गते ।

सप्तरीमा करेन्ट लागेर दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको रुपनी गाउँपालिका–२ पौवाटोल बस्ने ४५ वर्षीय बालेश्वर मण्डल र उनकी श्रीमती ३५ वर्षीया रामकुमारी खंग रहेका छन् ।

सप्तरी प्रहरीका अनुसार सिटी रिक्सा चार्ज गर्ने क्रममा राति करेन्ट लागरेर मृत्यु भएको भनेर आज बिहान ५ : ४५ बजे प्रहरीमा खबर पुेको थियो ।

राति नै रिक्सा चार्ज गर्ने क्रममा दुवैजनाको करेन्ट लागेर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । श्रीमानलाई करेन्ट लाग्दा श्रीमती छुटाउन जाँदा उनलाई पनि करेन्ट लागेको हुन सक्ने अनुमान गरिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *