पुडासैनीलाई राष्ट्रियसभाको उपाध्यक्ष बनाउने प्रस्ताव अस्वीकृत

काठमाडौँ, २८ चैत्र । राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवार बनेकी कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई उपाध्यक्ष बनाउने प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । बुधबार राष्ट्रियसभामा भएको मतदानमा पुडासैनीलाई उपाध्यक्ष बनाउने प्रस्तावको पक्षमा १६ मत परेको थियो भने विपक्षमा ३९ मत परेको थियो । यस प्रस्तावको मतदान प्रक्रियामा ५५ सांसदले भाग लिएका थिए । samajik_feedsamajikfeed.com
सुनसरीका विभिन्न पालिकामा लागेको कर्फ्यु हटाइयो

सुनसरी, २८ चैत्र । सुनसरीका विभिन्न स्थानमा लागेको कर्फ्यु हटाइएको छ । दुई समुदायबीचको झडपका कारण तनाव बढेपछि हरिनगरसहित पाँच पालिकामा केहीदिनदेखि जारी कर्फ्यु पूर्ण रूपमा हटाइएको हो । यद्यपि यी क्षेत्रमा भेला तथा जुलुस गर्न प्रतिबन्ध लगाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिएका छन् । स्थानीय प्रशासनले सुनसरीको हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका, […]
काठमाडौँ विश्वकै बढी वायु प्रदुषित शहर

समाजिक फीडजनकपुरधाम , चैत्र २८ गते । काठमाडौँ विश्वकै सबै भन्दा बढी वायु प्रदूषण भएको शहर बनेको छ । वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने आईक्यू एयरकाअनुसार अहिले काठमाडौँ विश्वको सबैभन्दा बढी वायू प्रदूषण भएको शहर रहेको छ । अहिले काठमाडौँको एयर क्वालिटी इन्डेक्स २४५ रहेको छ । त्यसैगरी दोस्रो स्थानमा भारतको नयाँ दिल्ली […]
चक्कु प्रहार गरी हत्या गरेको आरोपमा एक जना पक्राउ

सामाजिक फीड, जनकपुरधाम, २७ चैत्र । जनकपुरधाममा एक युवकको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सोमबार जनकपुरधाममा धारिलो हतियार प्रहार गरी महोत्तरीको एकडारा गाउँपालिकाका भटोलियाका २० वर्षीय प्रिन्सकुमार महासेठको हत्या गरिएको थियो । यही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सोमबार नै जनकपुरधाम –४ शन्तिनगरका २२ वर्षीय अर्जुन भनिने अजयकुमार साहलाई पक्राउ गरेको […]
नेपाललाई लगानी गन्तव्यको रूपमा स्थापित गर्न सहयोग गर्नुहोस्: प्रधानमन्त्री

समाजिक फीडजनकपुरधाम , चैत्र २७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने लगानी सम्मेलन सफल बनाउन नेपालस्थित कूटनीतिक नियोग र विकास साझेदारहरूलाई आग्रह गरेका छन् । सिंहदरबारमा आज आयोजित नेपालस्थित कूटनीतिक नियोग एवं विकास साझेदारहरूको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाललाई लगानी गन्तव्यको रूपमा स्थापित गर्न विकास साझेदारहरू र नेपालमा रहेका सबै देशका […]
गण्डकीको कृषि विकास निर्देशनालयका तत्कालीन निमित्त प्रमुखसहित ८ जनाविरुद्ध मुद्दा

काठमाडौँ, २७ चैत्र । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख निलकण्ठ पोखरेल, पकवादी सहकारी संस्थाका अध्यक्ष हरिलाल खनालसमेत ८ जनाविरुद्ध आरोप पत्र दायर गरेको छ । अख्तियारले स्याङ्गजाको गल्याङ्ग नगरपालिकामा रहेको पकवादी कृषि सहकारी संस्थाले भवन निर्माण गर्न भनी कृषि निर्देशनालय गण्डकी प्रदेश पोखराबाट अनुदान प्राप्त गरी भवन […]
गृहमन्त्रीले दमन गरे, राजीनामा दिनुपर्छ: अध्यक्ष लिङदेन

सामाजिक फीड, काठमाडौँ, २७ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले अब आफूहरूको आन्दोलन गृहमन्त्रीको राजीनामा मागमा केन्द्रित हुने बताएका छन् । अध्यक्ष लिङदेनले राप्रपाका वरिष्ठ नेता बुद्धिमान तामाङलाई प्रहरीले आक्रमण गरेर घाइते भएको बताउँदै अब आफूहरूले गृहमन्त्रीको राजीनामा माग्ने बताएका हुन् । उनले आफूहरूले शान्तिपूर्ण प्रदर्शन गर्न खोज्दा पनि प्रहरीले दमन […]
काठमाडौँको भ्रद्रकाली क्षेत्र तनावग्रस्त

सामाजिक फीड, काठमाडौँ, २७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएपछि काठमाडौँको भ्रद्रकाली क्षेत्र तनावग्रस्त बनेको छ । भृकुटीमण्डपबाट सुरु भएको राप्रपाको जुलुस भद्रकाली हुँदै सिंहदरबारतर्फ आउन लागेपछि प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको थियो । निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीको फोहोरा र अश्रुग्याँस प्रहार गरेर प्रदर्शनकारीलाई तितरबितर परेको छ । प्रहरीले अहिले […]
माओवादी कोशी सरकारबाट बाहिरियो

विराटनगर, २६ चैत्र । नेकपा माओवादी केन्द्र कोशी सरकारबाट बाहिरिएको छ । माओवादी केन्द्रको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै सरकारबाट बाहिरिने निर्णय गरेको हो । कोशीमा माओवादी केन्द्रका १३ सांसद रहेका छन् । ९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४६ सांसद आवश्यक पर्दछ । कोशीमा एमालेका ४०, कांग्रेसका २९, राप्रपाका […]
जनमत पार्टीका उपाध्यक्ष एवं सांसद् अब्दुल खान चढेको कार दुर्घटना

काठमाडौँ, २६ चैत्र । जनमत पार्टीका उपाध्यक्ष एवं सांसद अब्दुल खान चढेको कार दुर्घटनामा परेको छ । संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिसमेत रहेका खानलगायत बर्दिया जाने क्रममा धादिङमा दुर्घटना भएको बताइएको छ । हाल सांसद् खानसहित अन्य घाइतेको धादिङ जिल्ला राजमार्ग अस्पताल मलेखुमा उपचार भइरहेको छ । उनीहरूलाई थप […]