Samajik Feed – News Portal from Nepal

विराटनगर, २६ चैत्र । नेकपा माओवादी केन्द्र कोशी सरकारबाट बाहिरिएको छ ।

माओवादी केन्द्रको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

कोशीमा माओवादी केन्द्रका १३ सांसद रहेका छन् । ९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४६ सांसद आवश्यक पर्दछ । कोशीमा एमालेका ४०, कांग्रेसका २९, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपाका एक सांसद् रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *