Samajik Feed – News Portal from Nepal

उपेन्द्र यादव प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटारमा

सामाजिक फीड, काठमाडौँ, २५ वैशाख । उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । पार्टी विभाजन पछिको परिस्थितिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न उनी अहिले बालुवाटार पुगेका हुन् । उपप्रधानमन्त्री यादव विदेश भ्रमणमा रहेका बेला उहाँ नेतृत्वको जसपा आइतबार फुटेको थियो । भ्रमण […]

नेता अभिराम शर्माको निलम्बन निर्णय सच्याउन माग

सामाजिक फीडजनकपुरधाम, वैशाख २४ गत । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सशस्त्र प्रहरीका असई थमन विका हत्या प्रकरणमा दोषी ठहर भएका आफ्ना पार्टीका मधेश सांसद अभिराम शर्माको निलम्बन निर्णय सच्याउन माग गरेको छ । लोसपा मधेश प्रदेश संसदीय दलका उपनेता उपेन्द्र महतोले सभामुखलाई एक पत्र लेख्दै दलका नेता समेत रहेका शर्माको निलम्बनको निर्णय सच्याउन माग गरेका […]

अशोक राई नेतृत्वको नयाँ दल ‘जसपा’ निर्वाचन आयोगमा दर्ता

सामाजिक फीड, काठमाडौँ, २४ वैशाख । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता दिएको छ । अशोक राईसहित ७ जना सांसद र ३० जना केन्द्रीय सदस्य हस्ताक्षरसहित आयोगमा दल दर्ताको निवेदन दिएका थिए । आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलग्गिएर राई नेतृत्वमा जनता समाजवादी पार्टीलाई दर्ता गरेको हो । आयोगले दल दर्ता सम्बन्धी […]

एकीकृत समाजवादीले बोलायो संसदीय दलको बैठक

समाजिक फीड,जनकपुरधाम , वैशाख २४ गते । नेकपा एकीकृत समाजवादीले संसदीय दलको बैठक बोलाएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आज दिउँसो १ बजे नयाँ बानेश्वरमा बस्नेगरी संसदीय दलको बैठक बोलाएका हुन् । बैठकमा संसद अधिवेशन बारे छलफल हुने बताइएको भएपनि जसपा नेपाल विभाजित भएपछि विभाजनको भय एकीकृत समाजवादीमा पनि देखिएको मिडियामा समाचार आएपछि […]

सभामुखले बोलाए शीर्ष नेताहरूको बैठक

समाजिक फीड,जनकपुरधाम , वैशाख २४ गते । सभामुख देवराज घिमिरेले मङ्गलबार प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दै गर्ने भएका छन् । सभामुखले मंगलबार बिहान साढे ११ बजे सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ । आगामी अधिवेशन सुरू हुनुअघि नै सहमति प्रयासका लागि सभामुखले शीर्ष […]

यस्तो बन्यो अशोकराई नेतृत्वको जसपाको केन्द्रीय समिति

काठमाडौं, २३ वैशाख । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व ‘जसपा’ले पार्टीका पदाधिकारी र केन्द्रीय समितिमा रहनेहरूको नाम टुंगो लगाएको छ। आइतबार विभाजनपछि निर्वाचन आयोगमा केन्द्रीय कमिटीका ३० जनाले निवेदन दिएका छन्।  पार्टीको संघीय परिषद्को अध्यक्षमा राजेन्द्र श्रेष्ठ रहने छन्। केन्द्रीय अध्यक्षमा अशोक राई रहने पार्टी संरचना रहेको छ। केन्द्रीय अध्यक्ष पार्टीको कार्यकारी […]

नेपाल र जापानका परराष्ट्र मन्त्रीबीच द्विपक्षीय वार्ता

समाजिक फीड,जनकपुरधाम , वैशाख २३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जापानी विदेशमन्त्री खामिखावा योकोबीच भेटवार्ता भएको छ । एक दिने नेपाल भ्रमणमा आएकी जापानी विदेशमन्त्रीसँगको भेटवार्तामा दुई पक्षीय हितका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा जापानी विदेशमन्त्री आज काठमाडौं आएकी हुन् । उनले आजै काठमाडौँको वसन्तपुर क्षेत्रको […]

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने

समाजिक फीड,जनकपुरधाम , वैशाख २३ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिदै छन् । गण्डकी प्रदेशको आज अपराहन्न ३ बजे बस्ने बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने कार्यसूची रहेको छ । चैत २५ गते मुख्यमन्त्री पदमा नियुक्त भएका अधिकारीले सरकार दाबि गर्दा सभामुखको मत गणना गरेको भन्दै सर्वोच्चमा रिट दायर भएकोमा […]

धनुषाको राजनीतिमा गुण्डागर्दी चल्दैन : नेता साह

सामाजिक फीड– जनकपुरधाम, वैशाख २२ गते । जनमत पार्टीका राष्ट्रिय सचिव बीपी साहले धनुषा जिल्लाको विभिन्न क्षेत्रमा केही पार्टीका नेताहरुले जनताको समस्या समाधान गर्नुभन्दा गुण्डागर्दी शैलीमा राजनीति गरिरहेको आरोप लगाएका छन्।शुक्रबार जनमत पार्टी धनुषाद्वारा औरही गाउँपालिकामा आयोजित वृहत्त पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै नेता साहले यस्तो आरोप लगाएका हुन् । ‘धनुषामा किसानहरुलाई सिंचाई । […]

लोसपा का प्रदेश सांसद अभिराम शर्मा निलम्बित

समाजिक फीड जनकपुरधाम बैशाख २१ गते । लोकतान्त्रिक समाजवादी पार्टीका मधेस प्रदेशका सांसद अभिराम शर्मा निलम्बित भएका छन्। मधेश आन्दोलनको क्रममा असई थमन विक हत्या प्रकरणमा जन्मकैदको सजाय पाएका उनलाई निलम्बन गरिएको मधेस प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै जनाएको छ । शर्मा लोसपाका संसदीय दलका नेता थिए । उनी निलम्बित भएसँगै मधेस प्रदेशसभामा १०६ जना […]