समाजिक फीड,
जनकपुरधाम , जेठ ३ गते
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बेलुकी हजयात्रीलाई बिदाइ गर्न गएका बेला उनले विमानस्थलको अनुगमन गरेका हुन् ।
हिजरी सम्वत् १४४५ को हजका लागि पहिलो टोली बुधबार बेलुकी साउदी अरब प्रस्थान गरेको छ । उनीहरुलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र नेपालका लागि साउदी अरबका राजदूत साद नसिर अब्दुल्लाह अबु हमिदले खादा लगाइदिएर बिदाइ गरे । यस वर्ष जम्मा ७६४ जना नेपाली हजयात्री साउदी अरबको मक्कामदिना पुग्ने छन् ।
बिदाइ गर्न गएको बेला गृहमन्त्री लामिछानेले बुधबार राति विमानस्थलको प्रस्थान र आगमन कक्ष, बोर्डिङ काउण्टर, अध्यागमन काउन्टर, स्टेपलाइज क्षेत्र, अध्यागमन र प्रहरीका कार्यालय, भन्सार जाँचपास, लगेज व्यवस्थापन लगायत क्षेत्रको अनुगमन गरेका हुन्।
अनुगनमा क्रममा गृहमन्त्री लामिछानेलाई विमानस्थल सुरक्षाका अधिकारी, विमानस्थल अध्यागमन कार्यालयका प्रमुख र विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रमुखले आ–आफ्ना निकायका जिम्मेवारी, जनशक्ति, कार्य प्रणाली र समस्याबारे अवगत पनि गराएका थिए।