Samajik Feed – News Portal from Nepal

सामाजिक फीड

जनकपुरधाम, जेष्ठ ३ गते ।

राष्ट्रिय सभाको बैठक अपराह्न ४ः३० बजे बस्ने भएको छ। यसअघि अपराह्न १ः१५ बजेका लागि तय भएको बैठक साढे ४ बजेका लागि सारिएको हो।

बैठक विशेष कारणबस तोकिएको समयमा बस्न नसकेको सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयद्वारा आज जारी सूचनामा उल्लेख छ।

राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ उपनियम (३) बमोजिम राष्ट्रिय सभा अध्यक्षले बैठक सारेको सूचनामा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *