धनुषा प्रहरीद्वारा ७ वटा मोटरसाइकलसहित १० लाख मूल्यको भन्सार छलिको सामान बरामद

सामाजिक फीड-जनकपुरधाम, असोज २९ गते । धनुषा प्रहरील १० लाख मूल्य बरारबको भन्सार छलिका विभिन्न समामान बरामद गरेको छ । भारतबाट नेपाल तर्फ भन्सार छली गरी ल्याउदै गरेको सर–सामानहरु सहित ओसारपसारमा संलग्न ७ वटा मोटरसाइकलसहित १० लाख ३८ हजार ७४० बराबरको सामानहरु बरामद गरेको धनुषा प्रहरीले जनाएको छ । बरामद गरिएको उक्त सामानहरु आवश्यक कारवाहीको […]
बडा दसैँको दोस्रो दिन आज भगवती ब्रह्मचारिणीको पूजाअर्चना गरिँदै

सामाजिक फीड-जनकपुरधाम, असोज २९ गते । नेपालीको महान चाड बडादसैँको दोस्रो दिन आज देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको पूजाअर्चना गरिँदै छ । ब्रह्मचारिणीदेवीलाई ब्रह्म विद्या शक्तिकी माताको रूपमा पूजाअर्चना गर्ने प्रचलन छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, […]
आजदेखि दसैं सुरु, घटस्थापना गरिँदै

रासस-जनकपुरधाम, असोज २८ गते । आजदेखि नवरात्र प्रारम्भ भएको छ।नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ। आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैंसुरु भएको मानिन्छ। आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र […]
धनुषामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

सामाजिक फीडजनकपुरधाम, असोज २७ गते । धनुषाको बटेश्वर गाउँपालिका-२ स्थित सडकमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अन्य एकजना गम्भीर घाइते भएका छन् । ज.१ त ८६७१ नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा ट्याक्टरमा सवार महोत्तरी भङ्गाहा नगरपालिका-३ सीतापुर बस्ने ३५ वर्षीय पहाडी सदाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका […]
३० महिना भित्र सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजनाको प्रतिवेदन तयार पार्ने सहमति

रासस-काठमाडौं, असोज २६ गते । नेपाल र भारतबीच आगामी ३० महिनाभित्र सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) तयार पार्ने सहमति भएको छ । सो आयोजनाको भौगर्भिक अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन र पुनर्वास तथा पुनःस्थापन अध्ययन, बाढी नियन्त्रणबाट हुने लाभजस्ता विषयको महत्वपूर्ण बाँकी अध्ययनलाई प्राथमिकीरण गरी ३० महिनामा विस्तृत आयोजना प्रतिवेदन तयार गर्ने […]
धनुषा प्रशासनले जन्मजात आपांग रामबाबुलाई घरमै पुगेर दियो नागरिकता

सामाजिक फीड-जनकपुरधाम, असोज २६ गते । जन्मजात पूर्ण अपांग रामाबाबुलाई जिल्ला प्रशासन कार्यायल धनुषाले घरमै पुगेर नागरिकता उपलब्ध गराएको छ । धनुषाको बटेश्वर गाउँपालिका–१ चित्ररपुरका स्वर्गीय रामसागर महतोका २१ वर्षीय छोरा रामबाबु महतोलाई प्रशासनले घरमै पुगेर नागरिकता दिएको हो । शुक्रबार रामबाबुलाई धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपानी पाण्डे, सहायक प्रजिअ अनुज भण्डारी लगायत अधिकारीले नागरिकता […]
इजरायलबाट २५३ नेपाली स्वदेश आइपुगे

सामाजिक फीड-जनकपुरधाम, असोज २६ गते । युद्धग्रस्त बनेको इजरायलबाट २५३ जना नेपाली स्वदेश फर्किएका छन् । नेपाल वायु सेवा निगमको नाइनएन–एएलजेड एअरबस ३३० विमानबाट उनीहरु गए राति १ बजे स्वदेश फर्किएका हुन् । द्वन्द्वग्रस्त गाजासँग सीमाना जोडिएको इजरायलको दक्षिणी क्षेत्रमा शनिबार बिहानदेखि हमास समूहको आक्रमण सुरु भएपछि त्यहाँ रहेका नेपाली विद्यार्थीहरू अलपत्र परेका थिए । […]
‘नेपाल-भारतको खुल्ला सीमा नयाँ परिवेश अनुसार व्यवस्थापन हुनुपर्छ’

सामाजिक फीड-जनकपुरधाम, असोज २५ गते । कार्यक्रममा मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री चन्दन सिंहले नेपाल भारतको खुल्ला सीमाको नयाँ परिवेश अनुसार व्यवस्थापन हुनुपर्ने बताएका छन् । नेपाल भारत खुला सीमा संवाद समूहले बिहीबार जनकपुरधाममा आयोजना गरेको “नेपाल–भारत खुल्ला सीमा” विषयक अन्तर संवादमा बोल्दै मन्त्री सिंहले यस्तो बताएका हुन् । सांस्कृतिक सम्बन्ध र घनिष्ठ मित्रतालाई ध्यानमा […]
सम्प्रदायिक सद्भाव भड्किएको जिल्लाका सिडिओ र एसपीको सरुवा

सामाजिक फीड-जनकपुरधाम, असोज २५ गते । पछिल्लो समय सम्प्रदायिक सद्भाव भड्किएको जिल्लाका सुरक्षा निकायका प्रमुखको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले बाँके र सर्लाहीका एसपीलाई काज सरुवा गरेको छ । बाँकेमा सुवास चन्द्र बोहरा र सर्लाहीमा प्रविण धिताललाई पठाइएको प्रहरी प्रधान कार्यालय श्रोतले जनाएको छ । यस्तै बाँकेमा कार्यरत सन्तोष सिंह राठौरलाई प्रहरी प्रधान […]
उपराष्ट्रपति यादवलाई डेंगी संक्रमण, अस्पताल भर्ना

सामाजिक फीड-जनकपुरधाम, असोज २५ गते । उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगी संक्रमण भएको छ । उनलाई डेंगी लागेपछि उपचारको लागि अस्पताल भर्ना गरिएको उनका सचिवालयले जनाएको छ । उपराष्ट्रपति यादव सिभिल अस्पतालमा उपचार गराइरहेका छन्। यसैबीच राष्ट्रपति पौडेलले उपराष्ट्रपति यादवको स्वास्थ्यलाभको कामना गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार राष्ट्रपति पौडेलले टेलिफोन गरी उपराष्ट्रपति यादवलाई स्वास्थ्यलाभको […]