Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, असोज २५ गते ।

पछिल्लो समय सम्प्रदायिक सद्भाव भड्किएको जिल्लाका सुरक्षा निकायका प्रमुखको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले बाँके र सर्लाहीका एसपीलाई काज सरुवा गरेको छ । बाँकेमा सुवास चन्द्र बोहरा र सर्लाहीमा प्रविण धिताललाई पठाइएको प्रहरी प्रधान कार्यालय श्रोतले जनाएको छ ।

यस्तै बाँकेमा कार्यरत सन्तोष सिंह राठौरलाई प्रहरी प्रधान कार्यालय स्थित कार्य विभागमा फिर्ता बोलाइएको छ । सर्लाहीमा नरेशराज सुवेदी कार्यरत थिए ।

सामाजिक र धार्मिक सद्भाव भड्किने संकेत देखिएपछि असोज १६ बाट बाँकेमा लगातार कफ्र्यू लगाइएको थियो । हिन्दु र मुस्लिम समुदायबिच तनाव सिर्जना भएपछि नेपालगञ्ज क्षेत्रमा सुरुवाती दिनमा नै स्थानीय प्रशासनले सेनाको सहयोग लिएको थियो ।

सर्लाहीमा पनि हिन्दु र मुस्लिम समुदायको बिचमा विवाद भएको थियो । बाँकेमा सरुवा गरिएका एसपी बोहरा र सर्लाहीमा पठाइएका धिताल प्रहरीभित्र व्यवसायीक छविका अधिकृत मानिन्छन् ।

गृह मन्त्रालयले बिहीबार नै दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । सर्लाहीको प्रमुख जिल्ला अधिकारीमा कोमल प्रसाद धमला र बाँकेको प्रजिअमा श्रवण कुमार पोखरेललाई सरुवा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *