सिरहामा अवैध रुपमा नदी उत्खननमा संलग्न रहेको आरोपमा पक्राउ परेका वडाध्यक्ष रिहा

सामाजिक फीड-जनकपुरधाम, पुस १५ गते । अवैध रुपमा नदी उत्खननको सिफारिस दिएको आरोपमा पक्राउ परेका परेका सिरहाको कर्जन्हा नगरपालिका–१ का वडाध्यक्ष नगर प्रमुखको जमानतमा रिहा भएका छन् । उनलाई कानुनी प्रक्रियाअन्तर्गत् आवश्यक परेका बेला उपस्थित हुने गरी नगर प्रमुख भोलाप्रसाद पोखरेलको जमानतमा आइतबार वन डिभिजन वन कार्यालय लहानले रिहा गरेको हो । उनलाई गत शुक्रबार डिभिजन […]
राष्ट्रिय सभा सदस्य पद उम्मेदवारका लागि काँग्रेसले मधेशबाट पठायो सातजनाको नाम

सामाजिक फीड जनकपुरधाम, पुस १५गते । नेपाली काँग्रेसले मधेश प्रदेशबाट राष्ट्रिय सभाको सदस्य पदका लागि सम्भावित उम्मेदवारको सूची तय गरेर केन्द्रीय कार्यालयलाई पठाएको छ । वरिष्ठता, कार्यक्षमता, समावेसी समानुपातिक तथा बैठकमा सहभागी भएका सदस्यहरुले व्यक्त गरेको भावनालाई समेत ध्यानमा राखी प्राथमिकताक्रम निर्धारण गरेर सात जनाको नाम केन्द्रीय कार्यालयमा सिफारिस गरी पठाउने निर्णय गरेको हो । […]
रुसमा युक्रेनको हवाई आक्रमणमा २० जनाको मृत्यु, सय बढी घाइते

एजेन्सी-जनकपुरधाम, पुस १५ गते । रुसमा युक्रेनले गरेको हवाई हमलामा २० जनाको मृत्यु भएको छ । अन्य १०० जना बढी घाइते भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ । रुसको दक्षिण (पश्चिम क्षेत्रमा पर्ने सिमावर्ती शहर बेलगोरोडमा शनिबार हवाई हमला भएको थियो । आक्रमणबाट तीन बालबालिकासहित २० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । यसअघि गत शुक्रबार […]
सिरहाबाट स्रोत खुलेको ८ लाख रुपैयाँसहित दुई युवक सशस्त्र प्रहरीको फन्दामा

सामाजिक फीड-जनकपुरधाम, पुस १४ गते । सिरहाबाट श्रोत नखुलेको ८ लाख रुपैयाँसहित दुई युवकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । सिरहाको बरियारपट्टीबाट बरियारपट्टि गाउँपालिका ३ बरियारपट्टीका १९ वर्षीय ओमनाथ नारायण मण्डल र धनगडीमाई नगरपालिका ७ का १९ वर्षीय ओम प्रकाश महतोलाई सशस्त्र प्रहरीले पक्रेको हो । भारतबाट नेपाल तर्फ साईकलमा आउँदै गरेको अवस्थामा दुबैजनालाई सशस्त्र […]
सरकारले बालकुमारी घटनाका दुबै मृतक परिवारलाई १०-१० लाख रुपैयाँ राहत दिने

सामाजिक फीड-जनकपुरधाम, पुस १४ गते । सरकारले ललितपुरको बालकुमारी घटनामा ज्यान गुमाएको दुई युवकका परिवारलाई १०–१० लाख रुपैयाँ राहत दिने भएको छ । शनिबार बसेको मन्त्री परिषद बैठकले बालकुमारी घटनामा मृतकका परिवारलाई १०-१० लाख रुपैयाँ राहत दिने सरकारको निर्णय गरेको हो । शुक्रबार बालकुमारीमा प्रदर्शनको क्रममा दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको […]
सिरहामा नदी दोहनमा संलग्न रहेको आरोपमा एक वडाध्यक्ष पक्राउ

सामाजिक फीड– जनकपुरधाम, पुस १४ गते । सिरहामा नदीजन्य पदार्थको अवैध तरिकाले दोहनमा संलग्न रहेको आरोपमा एक वडाध्यक्ष पक्राउ परेका छन् ।कर्जन्हा नगरपालिका– १ का अध्यक्ष फणीन्द्रप्रसाद पोखरेललाई जिल्ला डिभिजन वन कार्यालयले पक्राउ गरेको हो । डिभिजन वन कार्यालयका अनुसार चुरे तथा वन क्षेत्रमा ढुङ्गा, गिट्टी र बालुवा उत्खननमा ऐन, कानुन विपरीत सिफारिस गरेको आरोपमा […]
क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर

सामाजिक फीड-जनकपुरधाम, पुस १३ गते । बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई दोषी ठहर गरेको हो । घटना भएको भनिएको दिन सन्दीप र पीडित ‘गौशला २६’ नगरकोट गई होटल काठमाडौं इनको एउटै कोठामा बसेको विषयमा कुनै विवाद नभएको अदालतको ठहर छ । उनलाई […]
मिटरब्याज पीडित जिल्ला प्रशासन कार्यालय सिरहामा हुने छलफलमा नबस्ने

सामाजिक फीड-जनकपुरधाम, पुस १३ गते । मिटरब्याज पीडितहरुले जिल्ला प्रशासन कार्यालय सिरहामा हुने छलफ बहिस्कार गर्ने भएका छन् । प्रहरी प्रशासन मिटरब्याजीबाट प्रभावित भइ पीडितहरुको विपक्षमा देखिने गरेको भन्दै मिटरब्याज पीडितहरुले छलफलमा नबस्ने निर्णय गरेको हो । बिहीबार सिरहामा बसको संर्ष समिति सिरहाको बैठकले यस्तो निर्णय गरेको हो ।जिल्ला प्रशासन कार्यालयहरुमा अनुचित लेनदेन तथा (मिटरब्याज) […]
महोत्तरीमा ४० कठ्ठामा लागइएको गाँजा खेती नष्ट

सामाजिक फीड-जनकपुरधाम, पुस १२ गते । महोत्तरीमा ४० कठामा लगाइएको अवैध गाँजा खेती प्रहरीले नष्ट गरेको छ । एकडारा पालिका–५ बहेरामा दुई विघामा लगाइएको अवैध गाँजा खेती जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट पुगेको २५ जनाको प्रहरी टोलिले बिहीबार नष्ट गरेको हो । दुई विघा जग्गामा लगाइएको अन्दाजी ४० हजार गाँजाको बोट फडानी गरी स्थानीय भरभलादमीको उपस्थितिमा […]
महोत्तरीमा एक महिला बलात्कृत

सामाजिक फीड-जनकपुरधाम, पुस १२ गते । महोत्तरीमा एक महिला बलात्कृत भएकी छिन् । गौशाला नगरपालिका वडा नं. १ रामनगर घर भएकी एक ३५ बर्षिया महिला बलात्कृत भएकी हुन् । शनिवार रामनगर जंगलमा घाँस काट्न गएको समयमा सुनसान मौका छोपी स्थानिय ४३ बर्षिय विरेन्द्र यादवले बलात्कार गरेको उजुरी परेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । […]