सामाजिक फीड
जनकपुरधाम, पुस १५गते ।
नेपाली काँग्रेसले मधेश प्रदेशबाट राष्ट्रिय सभाको सदस्य पदका लागि सम्भावित उम्मेदवारको सूची तय गरेर केन्द्रीय कार्यालयलाई पठाएको छ ।
काँग्रेसको मधेश प्रदेश कार्यालय जनकपुरमा शनिबार बसेको बैठकले सभापति कृष्ण प्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले उम्मेदवारको लागि ७ जनाको सूचि पठाउने निर्णय गरेको हो ।
वरिष्ठता, कार्यक्षमता, समावेसी समानुपातिक तथा बैठकमा सहभागी भएका सदस्यहरुले व्यक्त गरेको भावनालाई समेत ध्यानमा राखी प्राथमिकताक्रम निर्धारण गरेर सात जनाको नाम केन्द्रीय कार्यालयमा सिफारिस गरी पठाउने निर्णय गरेको हो ।
वरिष्ठताको आधारमा पठाइएको सम्भावित सूचीको पहिलो नम्वरमा आनन्द प्रसाद ढुंगाना धनुषा, फरमुल्लाह मंसुर बारा, नागेन्द्र कुमार सर्लाही, राधेचन्द्र यादव वारा, रामचन्द्र तिवारी महोत्तरी, रजिन्द्रबहादुर अमात्य पर्सा र हृदयनारायण यादव रौतहट लगायतको सूचि पठाएको हो ।
८ जिल्लाबाट आएका सबै उमेदवारहरुको नाम सिफारिस गरेर पठाइएको काँग्रस मधेश प्रसार विभागको प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए ।