सामाजिक फीड-
जनकपुरधाम, पुस १४ गते ।
सरकारले ललितपुरको बालकुमारी घटनामा ज्यान गुमाएको दुई युवकका परिवारलाई १०–१० लाख रुपैयाँ राहत दिने भएको छ । शनिबार बसेको मन्त्री परिषद बैठकले बालकुमारी घटनामा मृतकका परिवारलाई १०-१० लाख रुपैयाँ राहत दिने सरकारको निर्णय गरेको हो ।
शुक्रबार बालकुमारीमा प्रदर्शनको क्रममा दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो । यस्तै घाइतेहरुको उपचार खर्च सरकारले ब्यहोर्ने भन्दै शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।