Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, पुस १२ गते ।

महोत्तरीमा एक महिला बलात्कृत भएकी छिन् । गौशाला नगरपालिका वडा नं. १ रामनगर घर भएकी एक ३५ बर्षिया महिला बलात्कृत भएकी हुन् ।

शनिवार रामनगर जंगलमा घाँस काट्न गएको समयमा सुनसान मौका छोपी स्थानिय ४३ बर्षिय विरेन्द्र यादवले बलात्कार गरेको उजुरी परेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

पिडित महिलाका परिवारले ईलाका प्रहरी कार्यालयमा घटनाको सम्बन्धमा उजुरी दिएपछि सो घटना बाहिरिएको हो ।
घटनापश्चात आरोपित यादव फरार रहेकोले उनको खोजविन भईरहेको प्रहरी निरीक्षक मनोज कुमार यादवले जानकारी दिए । यता प्रहरीले घटनाको सम्बन्धमा सुक्ष्म तरिकाले अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक यादवले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *