Samajik Feed – News Portal from Nepal

रौतहटमा मोर्निङ्गवाकमा निस्केका पौडेलको बसको ठक्करबाट मृत्यु

सामाजिक फीडजनकपुरधाम, माघ १३ गते । रौतहटमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको चन्द्रपुर नगरपालिका ५ का ५५ वर्षीय बोधनाथ पौडेल रहेको प्रहरीले जनाएको छ । मोर्निंगवकमा निस्केका पौडेललाई सर्लाहीबाट नारायण गढ तर्फ जान लागेको बा ३ खा ३४५५ नम्बरको बसले आज बिहान चन्द्रपुरमा उनलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको जिल्ला […]

महोत्तरी प्रहरीद्वारा एक कठा अवैध गाँजा खेती नष्ट

सामाजिक फीड-जनकपुरधाम, माघ १२ गते । महोत्तरीको सोनमा गाउँपालिकामा एक कठा जग्गामा लुकार गरिएको अवैध गाँजा खेती प्रहरीले नष्ट गरेको छ । सोनमा गाउँपालिका ५ खैरवनी स्थित एक कठ्ठा मा लगाइएको गाँजा खेती प्रहरीले शुक्रबार फडानी गरेको हो । विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय खैरवनी, महोत्तरीबाट ५ जनाको प्रहरी टोलीले गाँजाको ७५ वटा बोट […]

सप्तरीबाट ८ किलो गाँजासहित दुई युवक प्रहरीको फन्दामा

सामाजिक फीड-जनकपुरधाम, माघ १२ गते । सप्तरीबाट आठ किलो लागूऔषध गाँजासहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा तिलाठी कोईलाडी गाउँपालिका वडा न.६ बस्ने ३१ वर्षीय सचिन यादव र अजय प्रसाद यादव छन् ।दुबैजनालाई कञ्चनरुप नगरपालिका वडा न. ७ आदर्श टोलबाट ८ किलो गाँजासहित पक्राउ गरेको सप्तरी प्रहरीले जनाएको छ । प्रहरी चौकी धरमपुरबाट […]

बन्द गारउँदै हिड्ने आजपाका ६६ नेताकार्यकर्ता जनकपुरबाट पक्राउ

सामाजिक फीड- जनकपुरधाम, माघ ११ गते । जनकपुरधामबाट प्रभु साह नेतृत्वको आम जनता पार्टीका ६६ नेताकार्यकर्ता पक्राउ परेका छन् । आज आह्वान गरेको बन्द सफल पार्न बन्द गराउँदै हिड्ने ६६ जनालाई पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । डिएसपी अवाका अनुसार उनीहरुलाई जनकपुरको रामानन्दचोकबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको […]

राष्ट्रिय सभाको १९ सदस्यको लागि आज निर्वाचन, बिहान ९ बजेदेखि मतदान हुँदै

सामाजिक फीड-जनकपुरधाम, माघ ११ गते । राष्ट्रिय सभाको १९ सिटका लागि आज निर्वाचन हुँदै छ । सातवटै प्रदेशमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ । मतदान सकिएलगत्तै मत गणना सुरु हुने र आजै नतिजा सार्वजनिक गर्ने प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिए । उनका अनुसार निर्वाचनको नतिजा […]

राम मन्दिरको प्राण प्रतिष्ठामा बटेश्वरमा १००१ साधुशन्तको भण्डारा सम्पन्न

सामाजिक फीड-जनकपुरधाम, माघ १० गते । अयोध्यमा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठामा बटेश्वर गाउँपालिकामा एक हजार एक साधुशन्तको भण्डारा सम्पन्न भएको छ । नेपाल सनातन धर्म संरक्षण समिति बटेश्वर गाउँपालिकाले एक हजार एक साधुशन्तको भण्डारा मंगलबार सम्पन्न गरेको हो । सोमबार राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा बटेश्वर गाउँपालिका ४ बटेश्वर बजार स्थित सीताराम नामको २४ […]

सिरहामा बञ्चरो प्रहार गरी देवरले गरे भाउजूको हत्या

सामाजिक फीड-जनकपुरधाम, माघ १० गते । सिराहामा लागूऔषध सेवकर्ता देवरले बञ्चरो प्रहार गरी आफ्नै भाउजूको हत्या गरेका छन् । सखुवानन्कारकट्टी गाउँपालिका– ४ सखुवाकी ३२ वर्षीया तञ्जिला खातुनको हत्या भएको हो । २५ वर्षीय मो. जियाउल राइनले जेठी भाउजू तञ्जिलामाथि सोमबार बिहान १० बजेतिर घरको आँगनमा बञ्चरो प्रहार गरेका थिए । स्थानीयका अनुसार हातेकलबाट पानी थापेर […]

नापी सर्वेक्षक यादवसहित तीनजना अढाई लाख रुपैयाँ घुससहित पक्राउ

सामाजिक फीड-जनकपुरधाम, माघ १० गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादवसहित तीन जनालाई अढाई लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ । मंगलबार स्टिङ अपरेसनमा कार्यालयका नापी सर्वेक्षक रामवीर यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई २ लाख ५० हजार घुससहित पक्राउ गरेको अख्तियारले जनाएको छ । नापी कार्यालय […]

धनुषाको एक सुकुम्बासी बस्तीका १० जनालाई एकैसाथ नागरिकता

सामाजिक फीड- जनकपुरधाम, माघ ९ गते । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ३ पकडियाका सुम्बबासी मुसहर बस्तीका १० जनालाई एकसाथ नागरिकता प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले आइतबार बस्तीका १० जनलाई नागरिकता प्रदान गरेको हो । विपन्नता र अशिक्षाको कारण लामो समयदेखि उनीहरु नागरिकताबाट बञ्चित थिए । बस्तीकै मोतिलाल सदा ४८ वर्षमा नागरिकता पाएका हुन् […]

आज राजविराजमा मधेश कृषि विश्व विद्यालयको भवन शिलान्यास, मुठभेडको सम्भवाना

सामाजिक फीड-जनकुपरधाम, माघ ८ गते । जनमतकोको विरोधकाबीच आज सप्तरीको राजविराजमा कृषि विश्व विद्यालयको शिलान्यास हुँदै छ । राजविराज नगरपालिका १३ स्थित रहेको करिब १२ विघा जग्गामा विश्वविद्यालयको आफ्नै भवन निर्माणको लागि जसपा अध्यक्ष उपेन्द्र यादवले शिलान्यास गर्न लागेका हुन् । मुख्यमन्त्री सरोजकुमार यादवले आजैको मितिमा १२ बजेर ४० मिनेटमा शिलान्यास गर्ने निर्णय गरेकाले शिलान्यास […]