सामाजिक फीड-
जनकुपरधाम, माघ ८ गते ।
जनमतकोको विरोधकाबीच आज सप्तरीको राजविराजमा कृषि विश्व विद्यालयको शिलान्यास हुँदै छ । राजविराज नगरपालिका १३ स्थित रहेको करिब १२ विघा जग्गामा विश्वविद्यालयको आफ्नै भवन निर्माणको लागि जसपा अध्यक्ष उपेन्द्र यादवले शिलान्यास गर्न लागेका हुन् ।
मुख्यमन्त्री सरोजकुमार यादवले आजैको मितिमा १२ बजेर ४० मिनेटमा शिलान्यास गर्ने निर्णय गरेकाले शिलान्यास हुने बताए । आफ्नै सरकारको शिक्षा तथा संस्कृति मन्त्री महेश प्रसाद यादवले के कारणले रोक्न वक्तव्य जारी गरेको विषयमा आफूलाई थाहा नभएको तर्क गरे । गौरबका योजना रहेकाले शान्तिपूर्ण रुपमा शिलान्यस हुन दिन मुख्यमन्त्र यादवले आग्रह गरेका छन् ।
विश्व विद्यालयका राजिष्टार भगवान ठाकुले आज जसपा अध्यक्ष उपेन्द्र यादव, मुख्यमन्त्री सरोजकुमार यादव र शिक्षा तथा संस्कृति मन्त्रीले संयुक्त रुपमा भवनको शिलान्यास गर्ने बताए ।
शिलान्यासका लागि जसपाका नेता कार्यकर्ता, मधेशका मुख्यमन्त्रीसहित जसपाका मन्त्रीहरु राजविराज पुगेका छन् । शिलान्यासमा पार्टीकरण गरेको भन्दै जनमतले विरोध जारी राखेका छन् ।
छलफल समन्वय नै नगरी विश्व विद्यालयले उपेन्द्रको हातबाट शिलान्यास गराउने तयारी गरेको भन्दै जनमत पार्टीका नेताकार्यकर्ता हिजो विश्व विद्यायमा तालाबन्दी गरेका छन् ।
जनमतका शिक्षा मन्त्री महेश प्रसाद यादवले हिजो पत्र लेख्दै कार्यक्रम स्थगन गर्न वक्तव्य जारी गरेका छन् ।
‘कार्यक्रम नरोकेमा कुनै किसिमको अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी मन्त्रालय नहुने विश्वविद्यालयको भिसी, रजिष्ट्रार हुने जानकारी समेत गराउन चाहन्छु’, मन्त्री यादवले जारी गरेको बक्तव्यमा उल्लेख छ ।
जनमतका अध्यक्ष डा. सिके राउतले आइतबार साँझ गृह मन्त्रालयलाई पत्र लेख्दै जिल्लाको शान्ति सुरक्षा कायम राख्न शिलान्यास कार्यक्रम स्थगित गर्न माग गरेका हुन् । यधपी आज शुभदिन रहेकाले र सबैलाई आमन्त्रण गरिसकेकाले कार्यक्रम यथावत रहेको राजिष्टार ठाकुरले बताए ।
यता शिक्षा मन्त्री यादवले रोक्न भनेको कार्यक्रम अझै नरोकिएकाले आफूहरु विरोध गर्ने बताए । ‘शिलान्यास कायक्रमको हामी विरोध गर्छौ । बहिस्कार गर्छौ’ मन्त्री यादवले भने ।
जनमतको विरोधका बाबजुद हुन लागेको शिलान्यास कार्यक्रममा मुठभेडको सम्भावना बढेको छ ।