सामाजिक फीड-
जनकपुरधाम, माघ ११ गते ।
जनकपुरधामबाट प्रभु साह नेतृत्वको आम जनता पार्टीका ६६ नेताकार्यकर्ता पक्राउ परेका छन् । आज आह्वान गरेको बन्द सफल पार्न बन्द गराउँदै हिड्ने ६६ जनालाई पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।
डिएसपी अवाका अनुसार उनीहरुलाई जनकपुरको रामानन्दचोकबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।
आज बिहान आजपाका नेता कार्यकर्ताले प्रदर्शन गर्दै यातायात बन्द गराउँदै हिँडेपछि उनीहरुलाई पक्राउ गरेको डिएसपी अवाले बताए ।
राष्टिय सभा निर्वाचनलाई लक्षित गरी आजपाले आज मधेश बन्द आह्वान गरेको छ। बैंकहरुले लिएको मनोमानी ब्याज फिर्ता हुनुपर्ने, लघुवित्त र सहकारीबाट लिएको कर्जा माफी हुनुपर्ने र सर्वसाधारणलाई सहज कर्जा प्रवाह हुनुपर्ने लगायतका माग गर्दै आजपाले आज एक दिन मधेश बन्द घोषणा गरेको हो ।
यधपी आजपको बन्दको आंशिक प्रभाव मात्र परेको छ ।