Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, माघ १० गते ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादवसहित तीन जनालाई अढाई लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ ।

मंगलबार स्टिङ अपरेसनमा कार्यालयका नापी सर्वेक्षक रामवीर यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई २ लाख ५० हजार घुससहित पक्राउ गरेको अख्तियारले जनाएको छ ।

नापी कार्यालय परिसरबाट घुस रकमसहित तीनैजनालाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उनीहरूले घुस मागिरहेको सूचनाका आधारमा अख्तियारले स्टिङ अपरेसन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *