Samajik Feed – News Portal from Nepal

महोतरीमा ६ प्रजातन्त्र सेनानीलाई सम्मान

साजिक फीड-जलेश्वर, चैत ३ गते । नेपाल प्रजातन्त्र सेनानी संघले महोतरीले ६ प्रजातन्त्र सेनानीलाई सम्मान गरेको छ । प्रजातन्त्र प्राप्तिकालागि योगदान दिएका योद्धाहरुलाई शनिबार जलेश्वरमा एक समारोहबीच सम्मान गरिएको हो । जलेश्वर स्थित नेपाली काग्रेसको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवले प्रजातन्त्र प्राप्तिकालागि योगदान दिएका योद्धाहरुलाई सम्मान गरेका हुन् । महामन्त्री यादवले […]

सिक्सलेन सडकको सपहीमा चक्काजाम

सामाजिक फीडजनकपुरधाम, चैत ३ गते । जनकपुर ढल्केवर सिक्सलेन सडक खण्डको सपहीमा स्थानीयले सडक अवरुद्ध गरेका छन् । सिक्सेलनमा वर्षैदेखि निर्माणधीन पुलले पूर्णता नपाएको भन्दै स्थानीयले आज बिहान ९ बजेदेखि मध्याहन्न १२ बजेसम्मका लागि सडक अवरुद्ध गरेका हुन् । पुलले पूर्णता नपाउँदा आवतजावतमा कठिनाइको साथै धुलो उडेर हैरान पारेको स्थानीयको गुनासो छ ।यथाशीघ्र पुल निर्माणले […]

पेट्रोल र डिजेलको मूल्य घट्यो

सामाजिक फीड-जनकपुरधाम, चैत २ गते । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको हो । निगमले आजै मध्यरातदेखि लागू हुनेगरी पेट्रोलको १ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय गरेको हो। जसअनुसार काठमाडौँमा आइतबारदेखि पेट्रोलको मूल्य प्रतिलिटर १७१ र […]

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. अंकुर साह नियुक्त

सामाजिक फीड-जनकपुरधाम, चैत १ गते । धेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. अंकुर साह नियुक्त भएका छन् । मुख्यमन्त्री सरोजकुमार यादवले बिहीबार डा. साहलाई उपकुलपति नियुक्त गरेका हुन् । उपकुलपति नियुक्त भएका डा. साह प्रतिष्ठानका निमित उपकुलपति तथा शिक्षाध्यक्ष समेत हुन् । २५ जेठमा प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन भएपछि प्रतिष्ठान उपकुलपति बिहीन थियो […]

सिरहामा खुकुरी प्रहार गरी फेरि श्रीमतीको हत्या, श्रीमान पक्राउ

सामाजिक फीड-जनकपुरधाम, चैत १ गते । सिरहामा श्रीमानले खुकुरी प्रहार गरी फेरी श्रीमतीको हत्या गरेका छन् । लक्ष्मीपुर पतारी गाउँपालिका ६ सितापुरकी अन्दाजी ४० वर्षीया कुनिया देवीको हत्या भएको हो । आज दिउँसो साढे ३ बजेतिर श्रीमान श्रीदेव दासले श्रीमतीको घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्र राज पाण्डेले बताए । […]

मधेशमा काँग्रेसका मन्त्रीहरुलाई हटाउने मुख्यमन्त्री यादवको तयारी

सामाजिक फीड-जनकपुरधाम, चैत १ गते । मधेशका मुख्यमन्त्री सरोजकुमार यादव नेपाली काँग्रेसका मन्त्रीहरुलाई सरकारबाट हटाउने तयारी गरेका छन् । काँग्रेसलाई सरकारबाट हटाएर नेकपा एमालेलाई सरकारमा लैजाने मुख्यमन्त्रीको तयारी छ । जसको लागि मुख्यमन्त्री यादवले काँग्रेसका मन्त्रीहरुलाई राजिनामा गर्न लगाउने मुख्यमन्त्री सचिवालयय स्रोतले जनाएको छ । स्रोतका अनुसार काँग्रेसलाई हटाएपनि केन्द्रमा गठबन्धनमा नरहेका लोकतान्त्रिक समाजवादी पार्टी […]

दिलीप महतोलाई पर्यावरण सहिद घोषणा गर्न माग गर्दै परिवारले बुझाए ज्ञापन, रवि सकरात्मक

सामाजिक फीड-जनकपुरधाम, फागुन ३० गते । क्रसर माफियाबाट मारिएका धनुषाका युवक दिलीप महतोलाई पहिलो पर्यावरण सहिद घोषणा गर्नुपर्ने लगायतको ६ सुत्रिय मागसहित परिवारले उपप्रधान तथा गृहमन्त्रलिाई ज्ञापन पत्र बुझाएको छ । बुधबार साँझ गृह मन्त्रालयमा उपप्रधानमन्त्री लामिछानेलाई भेटेर परिवारजनले सहिद घोषणा, उच्चस्तरीय छानबिन गठन गरी छानबिन लगायको ६ सुत्रिय मागसहित ज्ञापन पत्र बुझाएका हुन् । […]

ढल्केवरमा ईमर्जेन्सी स्वास्थ्य सेवा संचालन, मेयर महतोद्वारा उदघाटन

सामाजिक फीडजनकपुरधाम, फागुन ३० गते । धनुषाको ढल्केवरमा नगर (ईमर्जेन्सी) आकस्मिक स्वास्थ्य सेवा संचालनमा आएको छ । नागरिकलाई चौबिसै घण्टा आकस्मिक उपचार सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा ल्याइएको नगर आकस्मिक स्वास्थ्य सेवाको बुधबार मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतो र उपप्रमुख सुनिता सिंह बुढाथोकीले उदघाटन गरेका हुन । नगरपालिकाले ढल्केबरमा अवस्थित स्वास्थ्य चौकी परिसरभित्र रहेका भवनलाई […]

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त

सामाजिक फीड-काठमाडौँ, फागुन ३० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सदनबाट विश्वासको मत प्राप्त भएको छ । प्रतिनिधिसभामा आज भएको मतविभाजनमा जम्मा २६८ मध्ये विश्वासको पक्षमा १५७ मत उनले प्राप्त गरेका हुन् । विपक्षमा ११० मत परेको छ भने मत दिन्न भन्नेमा एक मत परेको छ । नेकपा (एमाले), नेकपा(माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), जनता […]

महोत्तरीमा पक्राउ परेका कुख्यात डाका जेल चलान

सामाजिक फीड-जनकपुरधाम, फागुन ३० गते । महोत्तरीबाट विभिन्न डाँका घटनामा संलग्न आरोपमा एक कुख्यात डाँका पुर्पक्षका लागि जेल चलान भएका छन् । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ०२ (डि)– टोल बस्ने कर्मेश्वर पासवानलाई महोत्तरी जिल्ला अदालतको आदेशमा मंगलबार जेल चलान गरिएको हो । विभिन्न डाँका घटनामा संलग्न रहेका उनलाई केहीदिन अघि मधेश प्रदेश प्रहरी कार्यालय […]