सामाजिक फीड-
जनकपुरधाम, फागुन ३० गते ।
क्रसर माफियाबाट मारिएका धनुषाका युवक दिलीप महतोलाई पहिलो पर्यावरण सहिद घोषणा गर्नुपर्ने लगायतको ६ सुत्रिय मागसहित परिवारले उपप्रधान तथा गृहमन्त्रलिाई ज्ञापन पत्र बुझाएको छ । बुधबार साँझ गृह मन्त्रालयमा उपप्रधानमन्त्री लामिछानेलाई भेटेर परिवारजनले सहिद घोषणा, उच्चस्तरीय छानबिन गठन गरी छानबिन लगायको ६ सुत्रिय मागसहित ज्ञापन पत्र बुझाएका हुन् ।
हत्या घटनाको अनुसन्धानमा त्रुटि भई हालसम्म मुख्य योजनाकारहरु अझै कारबाहीको दायरामा नआएकाले उच्च स्तरिय छानबिन समिति गठन गरि कारबाहीको दायरामा ल्याउनु पर्ने, वातावरणसहित समाजलाई हानी पुर्याउनले घटनास्थल तथा देश भरका सम्पुर्ण अवैधानिक क्रसर उद्योगहरु तत्काल रोक्नु बन्द गर्नुपर्ने, देशको प्रमुख भुभाग तथा लाखौं जीवनको आधार चुरेक्षेत्र संरक्षणका लागि तत्काल चुरे संरक्षण एनको कार्य थालनी गरिनु पने, मृतक परिवारलाई उचित क्षतिपुर्तिको व्यवस्था गरिनु पर्ने र परिवारको कम्तिमा १ जना सदस्यलाई रोजगारीको ब्यबस्था गरिनु पर्ने ज्ञापन पत्रमा माग गरिएको छ ।
ज्ञापन पत्र बुझ्दै उपप्रधानमन्त्री लामिछानेले मागहरुप्रति आफू सकरात्मक रहेको मृतक दिलीपकी बहिनी लक्ष्मी कुमारी महतोले बताइन् । ‘उहाँले भन्दै हुनुहुन्थ्यो हामी तपाईहरुलाई बोलाउनेबला नै थियौं । तपाइहरु आइपुग्नु भयो । मागहरुपति म सकरात्मक छु । केहीदिनपछि छलफलको लागि बोलाउँछौं’ उपप्रधानमन्त्री लामिछानेले भनेको कुरा सुनाउँदै बिहिनी लक्ष्मीले भनिन् । आफू संचारकर्मी हुँदा समेत दिलीपको विषयमा कुरा मिडियामा उठाएकाले पनि यो विषयमा उठान गरेकाले राम्ररी जानकार रहेको उपप्रधानमन्त्री लामिछानेको भनाई थियो ।
ज्ञापन पत्र बुझाउन दिलीपका ८८ वर्षीय हजुर बुबा रामपृत महतो कोईरी, बुबा रामजीवन महतो, आमा चन्द्रकला देवी, दिदी बहिनीहरु संगिता, लक्ष्मी, सृजना, भाई ख्वाइस, र भान्जा शुभमसहित आठजना पुगेका थिए ।
घर नजिकको औरही खोलामा अवैध उत्खननको बिरोग गर्दा धनुषाको मिथिला नगरपालिका ५ ओम प्रकाश महतो दिलिपलाई २०७६ पुस २५ गते चुरियामाई वालुवा प्रशोधन केन्द्र क्रसरमा टिपरले किचेर निर्मम हत्या भएको थियो । हत्या मुद्दामा जिल्ला अदालत धनुषाको आदेशमा ७ जना मध्ये ३ जनालाई दोषी र ४ जनालाई निर्दोष ठहर गरेको थियो ।